विराटनगर । विराटनगर विमान स्थलमा मुस्लिम समुदायका लागि छुट्टै नमाज कक्ष उपलब्ध गराउन लागिएकोप्रति विश्वहिन्दु महासंघ नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ ।
साउन १८ गते आइतबार महासंघले एक विज्ञप्ती प्रकाशित गरी विमान स्थल जस्तो स्थानमा नमाजका लागि छुट्टै कक्ष उपलब्ध गराउने तयारीप्रति विश्व हिन्दु महासंघ नेपाल गम्भीर आपत्ति र आक्रोस व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ, विमान स्थलमा हिन्दु धर्मालम्बीहरुका लागि पूजापाठ, आरती वा धार्मिक क्रियाकलापका लागि कुनै स्थान वा सुविधा नदिनु नेपालमा धर्मनिरपेक्षताको नाममा भइरहेको एक पक्षीय तुष्टीकरणको नांगो उदाहरण हो ।

विज्ञप्तीमा भनिएको छ हामी यस्ता पक्षपातपूर्ण कार्यहरुको घोर भत्र्सना गर्दछांंै । यस्ता कार्यहरु भविष्यमा दोहोरिन नदिन सम्बन्धित निकायहरुलाई कडाइका साथ आग्रह गर्दछौं । विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहद्वारा जारी विज्ञप्तीमा सम्बन्धित निकाय समक्ष कही मागहरु समेत अगाडि सारिएको छ । जसमा भनिएको छ नेपाल एक हिन्दु वहुल राष्ट्र हो त्यसैले यहाँको धार्मिक तथा साँस्कृतिक भावना अनसार व्यवहार गरियोस् । धर्म निरपेक्षताको आडमा लिइने एक पक्षीय निर्णयहरु तुरुन्त रोकियोस्, विमान स्थल जस्तो संवदनशील क्षेत्रमा सम्भावित खतरा उत्पन्न गराउने कुनै पनि तत्वप्रति निगरानी गरियोस्, हिन्दु समुदाय विरुद्ध सक्रिय रहेको वैश्चिक शक्तिहरुलाई रोक्न राज्यद्वारा गम्भीर पहल गरियोस् ।
