लुटेराहरुको शासन : आफ्नो तलब अब आफै तोक्ने

जब राज्य सत्ता सञ्चालनमा विभिन्न नामका लुटेराहरु हाबी हुन्छन् त्यो देशको अद्योगतिसँगै पतन शुरु भएको मानिन्छ । यतिबेला नेपालको सन्दर्भमा यही कुरा हावी भएको छ । विगत ३७ बर्षदेखि अलग अलग ब्राण्डका तर चरित्र एउटै भएका लुटेराहरुले शासन गरिरहेका छन् । यतिबेला आएर लुटेरा शासकहरुले आफ्नो तलब आफै तोक्ने भएका छन् । प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसदहरुले अब आफ्नो तलब आफै तोकेर दुनियाँलाई आठौ आश्चर्यमा पार्ने भएका छन् । हुन त नागरिकको सास र लासबाट सैयौ थरिका कर असुल्दै आएका वर्तमान नेपालका लुटेरा शासकहरुले नागरिकका सामान्य आधारभूत आवश्यकता समेत पूरा गर्न सकेका छैनन् । ३७ बर्ष अगाडि सडकमा उत्रिएर अर्काको घरमा ढुंगहा हान्ने, महिनौसम्म यातायातका साधन अवरुद्ध गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने,रेलिङ्ग भाँच्ने, आगजनी गर्नहरु यतिबेला घोर पश्चाताप गरिरहेका छन् । एउटा निश्चित व्यक्तिको परिवारको सुख सयल र समृद्धिको लागि त्यो हर्कत गरिएकोमा उनीहरुले आत्मग्लानी गरिरहेका छन् । ३७ बर्ष दौरानमा मुलुकले जे जति गुमायो त्यसको भर्पाई गर्न कयैौ बर्ष लाग्ने छ । आफ्ना नागरिकहरुले कुनै पनि विदेशीको माटोमा गएर जीविकोपार्जनका लागि पसिना बगााउनु नपरोस्, मुलुककै समृद्धिका लागि आफ्नै माटो कोट्याउन पाओस् । निर्यातमा उल्लेखनीय फड्को मार्दै वैदेशिक मुद्रा आर्जन गर्न सकियोस् भन्ने उद्देश्यले राजसंस्थाले ६ दर्जन भन्दा बढी उद्योगहरु स्थापना ग¥यो । युवाहरुले रोजगारी पाएका थिए, मुलुकको अर्थतन्त्र समृद्धि उन्मुख थियो, सार्वभौम सत्ता बन्दकीमा राखेर विदेशीहरुसँग ऋण लिनु परेको थिएन । चरम विकासित राष्ट्र बेलायतलाई ऋण उपलब्ध गराउँथ्यो । खाद्यान्नमा आत्मनिर्भर थियो । भारत, बंगलादेश, भुटान लगायतका देशमा धान चामल निर्यात हुन्थ्यो । तर आज मुलुक युवा निर्यातको प्रमुख देश बनेको छ । खाद्यान्न लगायत सम्पूर्ण कुरामा आयातमुखी भएको छ । सम्पूर्ण उद्योगहरु वर्तमान शासकको आगमनसँगै धाराशायी बनाइए, नीजिकरणका नाममा कौडीको भाउमा बेचियो, शासकहरुले कुस्त कमिशन लुँडयाए । मुलुक दोहनमा शासकहरुले किर्तिमान नै कायम गरेका छन् । गुण्डागर्दीलाई राजनीतिको जामा लगाएर मुलुकको शासन सत्तामा आफ्नो सिण्डिकेट कायम गरेका छन् । व्यक्तिगत समृद्धिलाई उचाईमा पु¥याएका छन् । न तिनका कुनै अकुत पूर्खेउली सम्पत्ति थियो, न तिनको आय आर्जनको कुनै स्रोत थियो, न अर्थोपार्जनका लागि तिनको कुनै व्यवसाय थियो । तर पनि ती रातारात धनाढ्य बनेका छन् भने राज्यलाई सैयौ प्रकारका कर तिर्ने नागरिकमा सुकेनाश लागेको छ । यिनको सम्पत्तिको श्रोतको खोजी हुनुपर्दैन ? संसारले आज सर्वाधिक भ्रष्टाचार मुलुकको पगरी गुथाइदिएका छन् । हुन त एउटा कहावत छ भगवाने घरमे देर है अन्धेर नही , अब त हुँदा हुँदा राज्यका सम्पूर्ण स्रोत, साधन लुटेर पनि अझै सन्तुष्ट नभएका नेपालका वर्तमान शासकहरुले अब आफ्नो तलब आफै निर्धारण गर्ने विकल्प छानेका छन् । आफ्नो हात जगन्नाथट भनेझै मुलुक उद्योगगतितर्फ धकेलेर, नागरिक रुवाएर विना परिश्रम आर्जित सम्पत्ति ढिलो, चाडो राज्यकै मातहतमा आउने निश्चित छ । अति गर्नु अत्याचार नगर्नु भन्ने कुराको हेक्का समयमै राखेको बेश ।

तपाईको प्रतिक्रिया