मन्त्रीलाई मेयर राईले भेट नै दिएनन्

धरान । धरानको खानेपानी समस्या बर्षौदेखिको हो । यहाँ दीर्घकालीन समस्या समाधान नहुदा बर्षेनी हिउदका समयमा धरानेहरुले पानीको अभाव झेल्नुपर्ने अवस्था छ । धरानको दीर्घकालीन समस्या समाधानका लागि धेरै प्रयासहरु भए तर ती सबै प्रयास निस्प्रभाव सावित भएका छन् । विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानेहरुलाई खानेपानी आपूर्ति गथ्र्यो । बर्षेनी हुने समस्यालाई मध्यनजर गरी एकीकृत सहरी विकास आयोजना अन्तर्गत खानेपानी परियोजना सम्पन्न भएर धरान खानेपानी बोर्डको स्थापना भएपनि अहिले पनि धरानेहरुले हिउदको समयमा खानेपानी पर्याप्त पिउन पाएका छन् । एडिवीको ऋण तथा अनुदानमा बोरिङमार्फत बोर्डले खानेपानी आपूर्ति गर्दै आए पनि सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोशीबाट पानी ल्याउने चर्चा चुलिदै गएको बेला यो विषयमा संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादव धरान आएर मेयर हर्कराज राईलाई भेट्ने प्रयास गरे पनि मेयर राईले मन्त्रीलाई भेटै दिएनन । यसले धरानको दीर्घकालीन समस्या समाधानमा स्थानीय सरकार नै गम्भीर नभएको आशंका उब्जाएको छ ।

मन्त्री यादवले मेयर राईसँग फोन सम्पर्क गर्दा पनि फोन नउठाएकोप्रति गम्भीर आपत्ति प्रकट गर्नुभयो । सुनसरी उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा सहभागी कार्यक्रममा उहाँले मेयर राई नै कोशीबाट पानी ल्याउने बारेमा गम्भीर नदेखिएको भन्दै रुष्ट प्रकट गर्नुभयो । उहाँले दीर्घकालीन खानेपानी समस्या समाधानका लागि संघीय सरकारका मन्त्रालयमा खाली गाग्रो देखाएर आन्दोलन गर्ने मेयर राईलाई खाली गाग्री देखाउदैमा धरानको खानेपानीको आवश्यकता पूरा नहुने बताउदै कोशीबाट पानी ल्याउने प्रोजेक्टलाई वेवस्ता गरेको खण्डमा अर्थात साउन २५ देखि भदौ ७ गतेभित्रमा प्रोजेक्टको टेण्डरको काम नसकिएन भने धरानेहरुको खानेपानीको समस्या समाधानमा बाध पुग्ने बताउनुभयो । यता उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले समेत धरानको पर्यटन प्रवद्र्धनको बाधक खानेपानी समस्या भएको बताउदै दीर्घकालीन समस्या समाधानमा गम्भीर हुनुपर्ने निकाय नै बेखबर हुनुमा आश्चर्य पकट गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहनकाजी शाक्यले सहरी विकास आयोजना अन्तर्गतको खानेपानी परियोजनाबाट सम्पन्न खानेपानी परियोजनाले नै धरानेहरुले ऋणको भारी बोकेको बताउनुभयो । खानेपानी मन्त्रालयका सहसचिव, महानिर्देशकसहितको छलफलको टोलीम धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुको उल्लेख्य उपस्थिति भए पनि स्वयम् नगरप्रमुख यत्रो प्रोजेक्टको विषयमा गम्भीर भएर मेयरलाई भेट्न आउदा समेत उहा उपस्थिति नहुनु लाजमर्दो कुरा भएको उपमेयर अइन्द्र विक्रम बेघाले बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया