घण्टाघरबाट हेर्दा

जे छ खप्रओकै छ
यो मुलुकमा खप्रओको जस्तो मस्ती कस्लाई होला ? खप्रओको शान देखेर जल्नेहरु जलिरहेका छन् । भारतको तेलग्गु फिल्मका कटप्पा जस्तै खप्रओले टेडो चोरी औँला देखाएसी’ शवका मुख मात्र होइन अपानावायु समेत बन्द हुन्छ । जबसम्म लाउरेसका स्यालबहादुरको खप्रओकोे थाप्लोमा हात रहन्छ त्यतिबेलासम्म कसैले केही लछारापाटो लगाउन सक्दैनन् । अस्तिका दिन हाम्रा खप्रओको शान देखेर घण्टाघरलाई समेत उद्युम जलन भयो । बात के भने खप्रओ कहीँ कतै निस्केका छैनन् । उनी निस्केपछि प्रहरी, शसस्त्र प्रहरी, सेनाले तनक्क तन्केर सलामी बजाउछन् । त्यसै मध्येको एउटाले सवारीको ढोका खोलेर फेरि तनक्क तन्केर सलाम बजाएछन् । लौ यतिसम्म त गणतन्त्रका महाराजाहरुको रवाफ देखिदै आइएको थियो । तर
विरामी बोकेर हस्पिटल हिड्या एम्बुलेन्स समेतलाई रोकेर खप्रओको सवारी अगाडि बढाएछन् । झण्डै आधा घण्टासम्म सलामी ठोकुवाहरु, नन्दीभृंगीहरुको, ठग तस्करहरुको, बलात्कारी हत्यारहरुको सवारी हुँइँ कि हुँई चलिरहयो । विचरा एम्बलेन्सको विरामीको हालत के भयो होला ? जे छ मुलुकाँ खप्रओकै शान छ ।
नदिने भए असतीहरुले
नेपालका राजनीति दैवले पनि बुझ्न सक्दैनन् भन्थे हो कि क्या हो ? अठार–अठार महिना सिंहदरबारको कुर्सीमा नाच्ने र बाल्वाटारमा लम्पसार पर्ने बुढानिलकण्ठे मुखियाँ र खप्रओ बीचमा सहमति भा’थ्यो । तर अशतिहरुले अहिल्यै देखि भाँजो हाल्ने काम तिब्र रुपमा अगाडि बढाएका छन् । असतिका दिन त भूपू लाउरेसका कार्जेकर्र्ता माने सासद डा. अमरेन्द्रकुमार सिंहले त भविष्येवाणी नै गर्दिए । ढुक्क हुनुहोस ओलीपछिको प्रधानमन्तरी बुढानिलकण्ठे काजी नभएर शेखराउ हुन्छन् रे । सिंहले् यति कुरा के भन्दिया थे बुढानिलकण्ठमा नौ रेक्टरको स्कुलेको भुइचालो गा’छ रे । सिंहले त्यसो भन्दिनु हुन्थेन । अब आठ महिना पछि त सिंहदरबार छिरमला, बाल्वाटारमा सुतौला भनेर मुखियाले कत्रो सपना देख्या छन् । बीच बीचमा भाँजो हाल्नेहरु कता कताबाट उदाउँछन् उदाउँछन् ? बल्ल त एक बर्ष वित्या छ । यो एक बर्षमा मुखियाले कत्रो सपना देख्या होलान् ? बल्ल छोराले एउटा जाबो हिल्टन हान्दिया छ । छोराको लागि अरु हिल्टनको व्यवस्था गर्दिनु प¥या छ, श्रीमतिलाई परराष्ट्रमन्त्री बनाएर घुमाएको घुमाइ गर्नुभन्दा गतिलो मन्त्रालयको व्यवस्था गर्दिनु प¥या छ, पार्टी नेतृत्व आफ्ना बैरीहरुको हातमा नपुगोस् भनेर सफाया अभियान चलाउनु प¥या छ । अशतिहरुल खै कुरा बुझ्या ?
मन्त्रीको सपना चकनाचुर

खानेपानी मन्तरी प्रदीप यादवको सपना यतिखेर चकनाचुर भा’छ । लाखमा नभएर अरबमा कमिशन बजाउने सपना ढुस भएसी विचरा अमावसियको जस्तो अनुहार बनाएर धरानबाट काठमाण्डौ फर्किएका छन् । एडिवीबाट ५६ अर्ब ऋण खानेपानीका लागि व्यवस्था गराएर हात चाट्न धरान आ’थे तर धरानका हर्कुसँग टिक्नै सकेनन् । मन्तरी पद आज हो कि भोलि हो जस्तो भा’छ । जाने बेलामा दह«ै कुम्लो बोकम्ला भनेर गद्गद हुँदै आ’थे । लास्टाँ सत्तरीको सात हाता लागि शून्य भयो । हर्कु भन्या हर्कु हुन् । उन्ले ऋण लिएर पानी नल्याउने ओठे जवाफ दिएछन् । हुन त ओेठे जवाफ दिन उन्लाई कस्ले भ्याउने ? ६ अर्बका योजना आएमा राम्रै दाम हातलागी हुने सपना देखेका दलका स्थानीय लाउकेहरु समेत निराश भा’छन् । हर्कुले गर्नु गरे । आफू नखाए नि खाने बानी परेकाहरुको मुखैमा आएको गाँसचाहिँ खोस्नु हुने थिएन । पापै लाग्ने भयो हर्कुलाई ।
आदिवासीलाई हुल्नु प¥यो रे
लाउरेसका आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी हुल्नुप¥यो रे । यो कुरा अस्तीका दिन लाउरेसका बुढानिलकण्ठे काजीले भन्या । हैन हौ मुखियाले आदिवासी जनजातिलाई पार्टीमा बढी भन्दा बढी हुल्नु प¥यो भनेर किन बोल्या हुन् हँ ? सत्तामा बसेर खाने बेलामाचाहिँ पूरा बासीहरु अनि पार्टीमा चाहिँ आदिवासी ? यो कुरा चाहिँ घण्टाघरलाई अलि हजम लागेन । हैन हौ मुखियाले आदिवासीलाई चाहिँ भेडै देखेका रै’छन् कि क्या हो ? तिन्ले भन्दैमा कुनचाहिँ आदिवासी ग्वारग्वार्ती छिर्छन हँ ? भएकालाई अपमान ग¥या छ, निष्काशान ग¥या छ । अनि आदिवासी हुल्नु प¥यो रे । हुँदा खाने जस्तो कुरा गर्नु नि । ताइ न तुइका गफ ग¥यो । फेरि लाउरेसमा छिरेर आदिवासीहरु बिटुलो हुनु छ र ? चुनावका बेलामा हँसिाया हतौडामा हाल नत्र भनेर धम्की खान को जान्छ ? फेरि आदिवासीलाई कस्ले छिराउने ? पूरा बासी नै आजित भैसक्या छन् । पूराबासीलाई ढ्याउ डकार नआउन्ज्याल आदिबासीले कही ँसुँघ्न पनि पाउदैनन् ।
बाउदेउ माकुनेकोमा प्रवेश
भेडा भेडाकै बथानमा, बाख्रा बाख्राकै बथानमा रमाउँछ भन्थे हो रै’छ । अब हेरम न एकताका झोलमालेबाट घरेलु मन्तरी हुँदा सुन ओसारेर किर्तिमान ्रराखेका बाउदेव गौतम अन्तत ः माकुनेको घर प्रेश गरेछन् । झालमालेले कानमा अँठ्याएर निकालेसी’ बाउदेउको राजनीति खेति बन्द भा’थ्यो । मिल्न पनि क्या मिलेको एउटाले सरकारी जग्गा देख्नै नहुने अनि अर्कालाईचाहिँ सुन देख्या कि आँखा बल्ने । माने माुकने यतिबेला पतञ्जली जग्गा काण्ड, रिजाल टाँसी जग्गा काण्ड, ललिता निवास जग्गा काण्डमा अदालतले डामेका व्यक्ति हुन् । बाउदेउ यिन्कै घर भित्र बडो फूर्तिका साथ छिरेका छन् । हुन त विचराले के गर्नु ? पुरानो घर फर्कन धेरैवटा जस्केला चहारे । जुन जस्केलाबाट छिर्न खोजे पनि खप्रओले छिर्के हान्दिहाल्ने । लाउरेसले बाउदेउलाई लिने कुरा पनि भएन । माउवादीले पत्याइदिएन । जेजस्तो भनि माकुनलेचाहिँ पत्याइदिएछन् । अबचाहिँ बाउदेउललाई अलिकति प्राण आएको होला । त्यसै घर बस्दा डब्लु डि माने वाक्कदिक्क भा’थे । त्यसमाथि श्रीमतिको काइकाइ । अलि लामा हात परेको हुँदा माकुनेको घरमा पनि कतिदिन टिक्लान् र खै ।
खप्रओलाई त्रास
पर्धानमन्तनरी माने खप्रओलाई यतिबेला एउटा त्रासले गाँजेको छ । दुई दुई पटक राष्ट्रपति बनाएर सधाका लागि पन्छाएँ भनेर ढुक्क भा’का खप्रओ हिजोआज राम्ररी निदाउन पनि सक्या छैनन् । जता गए पनि विद्या भण्डारीकै अनुहार झल्झल्ती आँखामा आइपुग्छ । आँखा चिम्म गर्दा नि त्यही अनुहार, आँखा खोल्दा पनि त्यही अनुहार,जोरीपारिहरुबाट पनि त्यही अनुहारको बखान । विद्याले फेरि राजनीतिमा फर्किएको घोषणा गरेसी खप्रओलाई ठूलो चिन्ताले गाँजेको छ । यतिबेला विद्याका प्रशंसकहरुलाई धमाधम पाखा लगाउन थाल्या छन् । पार्टीको विधान जिङपिङ्ग शैलीमा परिवर्तन ग¥या छन्, कसैको पदै उडाइदिया छन् । यति गर्दा पनि विद्याको हाउगुजीले उन्लाई छोड्या छैन । अस्ति त खप्रओले आफैले बनाएको विधानबाट ७० बर्षीय उमेर हद हँटाएछन्, दुई कार्यकाललाई अन्तत हालसम्म बनाएछन् । हुन त एकपटक स्वाद पाइसकेपछि कसले किन छोड्थ्यो ? पार्टी अध्येक्षे, पर्धानमन्तरीको स्वाद उनले लिइसकेका छन् । अब पाँचौ किड्नी नफेरुन्ज्याल उनले नेतृत्व छोड्लान जस्तो छैन ।
गठ्ठे आइकाजीको भ्रम
पासा गठ्ठे आइकाजीले पनि हँसायो वा † निगाहमा सहरी विकास मन्तरी भएका पासा प्रकाशमान सिंहले अस्तिका दिन भन्या साथीहरुले मलाई आगामी पार्टी सभापतिको रुपमा हेर्न चाहेका छन् रे । घण्टाघरलाई त वान्ता हुने गरी हाँस उठ्या छ भने अरुको हालत के होला ? कुनचाहिँ साथीले यिन्लाई सभापतिको रुपमा हेर्न चाहेछन् कुन्नि ? कसले तपाई भनोस कि नभनोस आफै मपाई भन्या यही हो । संगठनको नाममा भुत्लोभाङ्ग केही गर्नुछैन, बाबुको विरासत भँजाएर खाको छ, घर परिवारभन्दा बाहिरकाले चिन्नुछैन, राजधानी छोडेर बाहिर निस्केको होइन । अनि गफचाहिँ सभापतिमा हेर्न चाहेका छन् रे । पहिला पनि हेर्न चाहेकै थिए । सभापतिमा उठ्दा पुछारबाट पहिलो भएको पासाले बिर्सेछन् । हैन हौ गठ्ठे पासालाई कस्ले भोट देला ? राजधानीका दुई चार जना आइहरुले भोट दिलर सभापतिमा जितिदैन भन्ने कुरा यिन्लाई कस्ले सम्झाउने ?
अन्तेमा
जहोस हाम्रो देशका परराष्ट्र मन्त्रीलाई चाहिँ मान्नैपर्छ । उन्ले भ्रमणमा विश्व रेकर्ड नै कायम गरिछन् । अब हेरम न अरुले विदेश भ्रमण गर्ने एक पटक चान्स नपाउँदा कजिनीले १८ पटक भ्याइदिछन् । हुन त कजिनीले जहिल्यै नि रेकर्ड कायम नै गरेकी छन् । जस्केलाबाट छिरेर सांसद बनिन, त्यो पनि किसानको कोटाबाट । विदेश मन्तरी भएको साढे १० महिनामा १३ देशको १८ पटक भ्रमण गरिछन् । १४४ दिन अर्थात ३ महिना विदेशमै बसिछन् । भाग्यमा भए डोकोमा दूध दुहुँदा पनि अडिन्छ भन्थे हो रै’छ । हुन त आफका धन न बाफका धन भन्छन् । आफ्नो खल्तिको रकम जाने होइन । साँस र लासबाट असुल गरेको रकम छँदैछ । आफूले खर्च ग¥या भए पो ? जे होस् उपिन्द्र यादवपछि सबैभन्दा बढी विदेश भ्रमण गर्नमा कजिी नै पहिलो होलिन् ।

तपाईको प्रतिक्रिया