धरान । स्थानीयको दबाब र धरान उपमहानगरपालिका १६ नंं वडा समितिको पहलमा अन्तत : धरान १६ नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माणको काम सुचारु गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क राजराईले सो स्थानमा अस्थायी प्रहरी चौकी निर्माण गर्न रोक लगाएपछि स्थानीयहरु आक्रोसित बन्दै जसरी पनि बनाउने मनसायमा पुगेपछि अन्तत ः निर्माण सुचारु भएको हो । धरान उपमहानगरपालिका वडा नं. १६ नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माण गर्न नदिने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको अडानपछि स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरु नै आक्रोशित बन्दै जसरी पनि निर्माण गर्ने अडान लिएसँगै प्रहरी चौकी निर्माणले गति लिएको छ । सुरक्षा र भौगोलिक विकटताका दृष्टिले सुरक्षाको संवेदनशील वडाको रुपमा रहेको वडामा अन्य वडामा अस्थायी प्रहरी चौकी बनिसक्दा पनि निर्माणको काम सुचारु हुने वित्तिकै काम रोकिएको थियो ।

अस्थायी प्रहरी चौकी निर्माणमा विवाद चुलिदै जाँदा मेयर राईले निर्माणको काम रोक्नका लागि ताला समेत लगाउनु भएको थियो । ताला लगाएपछि आक्रोसित बनेका स्थानीयहरुले १६ नं. वडा कार्यालयका जनप्रतिनिधिसहित गएर ताला फोडेपछि थप तनाव उत्पन्न भएको थियो । यस विषयमा १६ नं. वडा कार्यालयले पत्रकार सम्मेलन नै गरेर कार्यपालिकाको बैठकबाट निर्णय भएको कुरालाई नरोक्ने अडान लिएपछि त्यसमा स्थानीय बासिन्दाहरुले साथ लिएका थिए । सुरक्षाको संवेदनशील क्षेत्र धरान १६ नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माण शुरु भएसँगै स्थानीयहरु हर्षित बनेका छन् । उनीहरुले आफ्नो वडा, टोलमा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरेका छन् । वडाध्यक्ष मुरारीप्रसाद भट्राईल कार्यपालिका दुई बर्ष अगाडि कार्यपालिकाको बैठकले निर्णय गरेको कुरा अहिले आएर मेयर आफैले लत्याउने काम गरेर जनताको चाहनाविपरीत अगाडि बढेपछि मेयर राईले मौन स्वीकृति दिएपछि निर्माणको काम शुरु भएको बताउनुभयो । प्रहरी चौकी स्थानीयको माग अनुरुप २०८० जेष्ठ १८ गते बसेको कार्यपालिका बैठक धरान १६ नँौलो बस्तीमा बनाउने निर्णय भएको थियो । निर्णयपश्चात दुई बर्ष अगाडि उपमहानगरपालिकको ९ लाख बजेटबाट काम भए पनि बजेट अभावले काम रोकिएको थियो । पछिल्लो समय प्रदेश सांसद ममता योञ्जनको पहलमा प्रदेश सरकारबाट आएको ९ लाख बजेटबाट पुन ः निर्माण शुरु भएको हो ।
