दिल्ली । भारत–नेपाल सुरक्षा मुद्धाहरुमा द्विपक्षीय परामर्श समूह (INBCGSI) को सोही वैठक भारतको पूर्णेमा सम्पन्न भएको छ । असार ९ र १० गते दुई दिन सञ्चालन भएको उक्त वैठकमा भारतीय पक्षको प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) हेर्नु हुने मनु महावरले गर्नुभएको थियो भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व नेपाल सरकारका परराष्ट्र मन्त्रालयका सह–सचिव (दक्षिण हेर्ने) गहेन्द्र राज भण्डारीले गर्नुभएको थियो । प्रतिनिधि मण्डलमा दुवै पक्षबाट सम्बन्धित देशका विदेश र रक्षा मन्त्रालयका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागिता रहेको थियो ।



वैठकमा दुवै पक्षले उपकरण आपूर्ति, तालिम, संयुक्त शैन्य अभ्यास, विपद राहत कार्य र सैन्य आदानप्रदान जस्ता सुरक्षा र रक्षा सहयोगसँग सम्बन्धित मुद्धाहरुमा गहन छलफल भएको थियो । यसका साथै प्रतिनिधि मण्डलहरुले पारस्परिक रुपमा लाभदायक सहकार्यको सम्भावनाहरु अन्वेषण गर्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्र निर्माण सुविधाहरुको पनि भ्रमण गर्नुभएको थियो । सन् २००३ मा स्थापति INBCGSI भारत नेपाल बीचको छाता संस्थागत संयन्त्र हो जसले द्विपक्षीय रक्षा र सुरक्षाको सहयोगको समन्वय गर्दछ ।
