कुकुरको बजेट माग्दा लफडा

विराटनगर । शहरी भुस्याहा (सामुदायिक) कुकुर संरक्षणका लागि विराटनगर उपमहानगरपालिकासँग बजेट माग्न पुगेका समूह र नगरप्रमुख बीचमा सोमबार चर्काचर्की मात्र परेको छैन हात हालाहालको स्थिति समेत उत्पन्न भएको छ । सहरिया भुस्याहा (सामुदायिक) कुकुरको संरक्षणमा विगत केही बर्षदेखि काम गर्दै आएका विराटगरका साहिल प्रसाई, एलिना प्रसाई र नगरप्रमुख नागेश कोइराला बीच चर्काे भनाभनसँगै हात हालाहालको स्थिति उत्पन्न भएको हो ।

नगर प्रमुख कोइरालाले सामुदायिक कुकुर संरक्षणका लागि विगतमा समेत कुनै प्रकारको बजेट विनियोजन नभएको र आगामी दिनमा समेत त्यसो हुन नसक्ने जवाफ दिएपछि साहिल प्रसाइ आवेगमा आई मेयर कोइरालालाई अपशब्द बोलेका थिए । प्रसाईद्वयले विगत केही बर्षदेखि उत्पन्न सामाजिक संघ संस्था, व्यक्ति तथा दातृ निकायहरुसँग सामुदायिक कुकुरको संरक्षणका नाममा रकम संकलन गर्दै आएको बताइएको छ । उनीहरुले देखावटी रुपमै भएपनि विराटनगर महानगरपालिका वडा नं. २० रानीमा एलिना एनिमल्स प्रिजर्भेसन सेल्टर समेत खोलेका छन् ।

तपाईको प्रतिक्रिया