प्रतिष्ठानको उपकुलपतिमा राजनीतिक नियुक्ति नभई स्वच्छ, इमान्दार र योग्य व्यक्तिलाई नियुक्ति गर्न धरानेहरुको आग्रह

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वस्थ्य सेवासँगै शिक्षण संस्थाको अवधारणा अनुरुप ३२ बर्ष अगाडि धरानम स्थापना भएको हो । अर्थात २०५० सालमा स्थापना भएको यो प्रतिष्ठानमा सेवा सुविधा भन्दा पनि राजनीतिक चलखेलको अखडा बनेको सर्वत्र चर्चा चलेको बेला धरानका स्थानीयहरुले उपकुलपति नियुक्तिको विषयलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित,स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो । वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान १९९३ मा स्थापना भई सन् १९९८ स्वास्थ्य विश्वविद्यालयको रूपमा परिणत भएको हो । मुलुकका लागि आवश्यक जनशक्तिको उत्पादन गर्दै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने उद्देश्यले सञ्चालन गरेको प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा राजनीतिक दलका आफन्त, दलहरुले मोटो रकम लिएर नियुक्ति गर्ने लगायतका कामहरु गर्दा प्रतिष्ठान झन झन लथालिंग बन्दै गएको भन्दै स्वस्थ प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति हुनुपर्ने धारणा व्यक्त गरेका छन् । यति ठूलो प्रतिष्ठान धरानमा हुदाहुदै पनि सानो उपचारका लागि धरानबाहिर जानुपर्ने लगायतका समस्या निम्तिनुमा प्रतिष्ठानका पदाधिकारीहरुको गैरजिम्मैवारी पन भएको पिण्डेश्वर क्याम्पस धरान १४ का क्याम्पस प्रमुख काशीनाथ पौडेलले बताउनुभयो । उहाँले पदाधिकारी चैन गर्दा दलका आफन्त, मोटो रकम लिएर नियुक्ति गर्ने प्रचलनको अन्त्य हुनुपर्ने बताउनुभयो ।


अहिले प्रतिष्ठानमा उपकुलपतिको पद रिक्त रहेको छ । उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले कामचलाउको रुपमा निमित्त उपकुलपतिको काम कारबाही चलाउनु भएको छ । अहिले प्रतिष्ठानको उपकुलपतिमा प्रतिष्ठानकै चिकित्सक प्रा.डा प्रहलाद कटुवाल, प्रा.डा संगीता भण्डारी, प्रा.डा विक्रम श्रेष्ठ लगायत स्वास्थ्य मन्त्रालयका पूर्व सचिवको नाम अगाडि आएको छ । तर धरानेहरुले भने स्वच्छ प्रतिष्पर्धा गराएर प्रतिष्ठानको हित गर्ने व्यक्ति चयन हुनुपर्ने धारणा राखेका छन् । प्रतिष्ठान उपचारका लागि मात्र हैन शैक्षिक हवको रुपमा समेत दक्षित एसियामै सावित भइसकेको छ । प्रतिष्ठानमा हाल एम.एम.बी.बी.एस. लगायत बी.डीं.एस., बी.एस्सी. नर्सिङ, प्रमाणपत्रतह नर्सिङ, व्याचलर अफ नर्सिंङ, बी.एम.एल.टी, बी.एस्सी.एम.आई.टी. लगायत एम.डी.एम.एस., एम.डी.एस., एम.एस्सी. नर्सिंङ, एम.पी.एच, डीएम÷एमसीएच, फेलोसिप इन इमर्जेन्सी मेडिसिन, एम.डी.एच. कार्यक्रमहरूमा पठनपाठनका लागि नेपाल लगयत भारतबाट समेत अध्ययनका लागि आउने गर्छन् । नेपाल भ्रमणमा आउनु भएका तत्कालिन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले नेपाल भारतको मैत्रीको प्रतिकका रुपमा २०४७ साल फागुन ३ गते धरानमा स्थापना गर्ने प्रतिबछता जनाउनु भएको थियो । नेपालका तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको २०४९ सालमा भारत भ्रमणका अवसरमा भारत नेपाल उच्चस्तरीय कार्य दलले नेपालमा भूतपूर्व प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाका नाममा एक मेडिकल कलेज स्थापना गर्न सहमति जनापछि धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान स्थापना भएको हो । शुरुका दिनमा प्रतिष्ठान राजनीतिबाट टाढा रहे पनि अहिले राजनीतिक अखडाको रुपमा विकास भएपनि धरानेहरुले चिन्ता व्यक्त गरेका हुन् । पछिल्लो समय उपकुलति लगायत पदाधिकारी नियुक्तिमा राजनीतिक दबाब, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा समस्या लगायतका समस्या आएपछि यस कुरामा धरानेहरु सचेत हुनुपर्नेमा जोड दिएका हुन् । प्रतिष्ठानका हरेक विभागमा राजनीतिक प्रभाव परेकै कारण पछिल्लो समय यहाँका चिकित्सक, शिक्षक, कर्मचारीहरुले उपकुलपति नियुक्तिमा राजीतिकीकरणको विषयमा आन्दोलन गर्नेमात्र हैन उपकुलपतिले गर्ने गरेको काम कारबाहीमा समेत खोट देखाउदै विरोध जनाउने नियमित पक्रिया जस्तै भएको छ । राजनीतिक रंगकै कारण प्रतिष्ठानरुका पदाधिकारीहरुको बेमेल हुने प्रतिष्ठानको पुरानो रोग भएका कारण प्रतिष्ठानले सोचेजस्तो प्रगति गर्न नसकेको भन्दै धरानेहरु सचेत भएर उपकुलपति नियुक्तिमा स्वच्छ, इमान्दार र योग्य व्यक्तिलाई नियुक्ति गर्नृ सरकारलाई दबाब दिनुपर्ने निष्कर्ष उनीहरुले छलफलमार्फत निकालेका थिए । छलफल कार्यक्रम सुधार नेपालका अध्यक्ष निनाचन्द राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी वीरेन्द्र थापा भाषा विद् प्रा.डा. टंक न्यौपानेलगायतले उपकुलपति पदका लागि प्रतिष्पर्धात्मक ढंगबाट गरेर योग्य व्यक्तिलाई नियुक्ति दिनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया