अमेरिका र पश्चिमा राष्ट्रको आडमा इजरायलले गरेको इरानमाथिको हमला प्रत्युत्पादक सावित

एजेन्सी । ६ दशक अगाडिदेखि प्यालेस्टेनीहरुको भू–भाग कब्जा गरेर विश्व तानाशाह राज्य अमेरिकाले मध्य पूर्वमा आफ्नो वर्चस्व स्थापित गर्न खडा गरिएको इजरायलले तीन दिन अगडि हजारौ बर्षको इतिहास बाकेको राष्ट्र इरानमाथि गरेको आक्रमण यतिबेला उसैका लागि प्रत्युत्पादक सावित भएको छ । अमेरिका र पश्चिमा राष्ट्रहरुको आडमा आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र कहँलाउँदै आएको इजरायल यतिबेला तहस नहस बन्न पुगेको छ । इरानले आफ्नो देशमाथि इजरायलले आक्रमण गरेसँगै जवाफी हमला गरेको थियो । विश्वलाई आइरन ड्रोनको हौवा दिएर थर्काउदै आएको इजरायलको आइरन ड्रौन इरानले ध्वस्त बनाइदिएको छ । बिना सूचना इरानमाथि इजरायलले आक्रमयण गर्दा इरानका केही तेल डिपो, सैन्य
संरचना र केही हातहतियार नष्ट भएका थिए । तर इरानले गरेको प्रत्याक्रमणले इजरायल नराम्रोसँग तहस नहस भएको छ ।
इजरायलको तेल अभिव खण्डहर


प्रत्याक्रमणका क्रममा इजरायलको तेल अभिव शहर ध्वस्त भएको छ । सैयौ वायुयान, अग्ला गगनचुम्बी महलहरुमात्र नभएर आवासीय क्षेत्रहरु खण्डहरमा परिणत भएका छन् ।
बाह्य देशबाट घुम्न गएका पर्यटकहरु सुरक्षाका लागि वंकरमा बसेका छन् । रोजगारीका लागि बाह्य देशबाट इजरायल पुगेका, अध्यापनका लागि गएका र इजरायली नागरिकहरु समेत बंकरमा कष्टकर जीवनयापन गरिरहेका छन् । इरानको आक्रमणको जवाफ दिनु नसक्दा इजरायलका सैनिकहरुको मनोबल गिरेको छ । स्वयम् इजरायली प्रधान मन्त्री वेन्जामिन नेवान्याहुँ बंकरमा गएर बस्न बाध्य भएको समाचार एजेन्सीहरुले जनाएका छन् । इरानले तेल अभिव मात्र नभएर जेरुसेलम लगायतका स्थानहरुमा समेत शाहीन ड्रोन, मिसाइल आक्रमण गरेको छ । उसले इजरायललाई चेतावनी दिँदै भनेको छ एक महिनासम्म दुई सय वटा मिसाइल, ड्रोन आक्रमण गरिनेछ । इरानको त्यस चेतावनी पश्चात इजरायलले इरानमाथि गरेको आक्रमण पछुतोबाहेक केही नहुने चिन्ता जाहेर गरेको छ । उता इजरायलको सहयोगका लागि अमेरिका लगायत बेलायत, फ्रान्स, जर्मनी लगायतका देशहरुबाट ठूलो सैन्य सहयोग समुन्द्री मार्गबाट पठाए पनि इरानका अगाडि ती सैन्य सामाग्री फितलो सावित भएको छ । इजरायल इरान युद्धमा पश्चिमा राष्ट्रहरुले इजरायललाई हरतरहको सहयोग उपलब्ध गराइरहेको छ । तर ती हतियार इरानका हतियारका अगाडि फितलो सावित भएका छन् ।
नेतान्युको रुञ्चे भिडियो सार्वजनिक
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँ आफ्नो जीवन रक्षाका लागि बंकरमा लुक्न बाध्य भएको समाचार एजेन्सीहरुले समाचार प्रकाशित गरेपछि उनले सोमबार आफू बंकरमा नभएको, आफ्नै निवासमा रहेको भन्दै घरको भित्ता देखाइएको भिडियो सार्वजनिक गरेर देखाउन थालेका छन् । तीन दिनमै इरानले ५० औ बर्ष उठ्न नसक्ने गरी इजरायललाई तहसनहस गरेपछि बेन्जिामिन न्याहुँ एकएक हराएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले त्यसलाई महत्वका साथ प्रशारण गरेका थिए । तर उनले आफ्नो स्थिति यथार्थ रुपमा सार्वजनिक गर्नुको सट्टा सामाजिक सञ्जालसँग आबद्ध चार सय भन्दा बढी सञ्चारकर्मीहरुलाई बन्दी बनाएका छन् । यतिको संख्यामा एकसाथ सञ्चारकर्मीहरु बन्दी बनाएको सम्भवत ः यो पहिलो घट्ना हो ।
नेपाली कामदारहरुको बिलौन
इजरायलमा यतिबेला बृद्धाश्रम, कृषि तथा अन्य क्षेत्रमा रोजगारीका लागि झण्डै १० हजार कामदारहरु रहेका छन् । उदयपुरबाट दुई बर्ष अगाडि बृद्धाश्रममा काम गर्न गएकी विपना थापाले टेलिफोन सम्पर्कमा भन्नुभयो स्थिति डरलाग्दो छ । विगतमा पनि लडाईहरु हुन्थे तर ती सीमा क्षेत्रहरुमा मात्र सीमित हुन्थे । यसपालि त इजरायलका मुख्य मुख्य सहर, व्यवसायिक केन्द्र, हवाई अड्डा, शैन्य अखडामा बमबारी भइरहेको छ । यहाँबाट बाँचेर नेपाल आउन पाइन्छ कि पाइदैन उनले सुनाइन् । राति भएपछि इजरायलका सम्पूर्ण सहरमा ब्लाक आउट हुन्छ, नेपालीहरुमात्र हैन इजरायली र बाहिरबाट गएकाहरु पनि युद्ध शुरु भएपछि बंकरमा बस्न बाध्य भएका छौं । युद्ध शुरु भएपनि सबै वेरोजगार भएका छौं । उद्योग धन्दा सबै ठप्प प्राय : छ ।

तपाईको प्रतिक्रिया