धरान । भारत सरकारले स्वास्थ्यका उच्च प्रभाव क्षेत्रको पहिचान गरी, स्वास्थ्य क्षेत्रको सुदृढिकरणमा सहयोग पु¥याउने उद्देश्यले शनिवार देशका विभिन्न स्वास्थ्य केन्द्र र स्थानीय निकायहरुलाई एक साथ ४० वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदुतावासद्वारा नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत शनिवार नेपालका सातवटै प्रदेशका ३३ वटा जिल्लाहरुलाई समेट्दै एक साथ त्यस्ता ४० वटा एम्बुलेन्सहरु प्रदान गरेको हो । यसै अनुरुप भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले कोशी प्रदेशका ४ वटा जिल्लाका स्थानीय निकाय तथा हेल्थ पोष्टहरुलाई चार वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । उहाँले संखुवासभा जिल्लाको चिचिला गाउँपालिकाको अस्पताल, तेह्रथुमको म्याग्लुङ नगरपालिकास्थित आमबुङ हेल्थपोष्ट, उदयपुरकोु चौदण्डीगढी नगरपालका र सोलुखुम्बुको महाकुलुङ बेसिक अस्पताललाई कार्यालय परिषरमा आयोजित कार्यक्रममा ती एम्बुलेन्सका चाबी सम्बन्धितहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।


चाबी हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रभारी अधिकारी मेजर कनौजियाले भन्नुभयो नेपाल र भारत बीचको सम्बन्ध ऐतिहासिक, साँस्कृतिक, सामाजिक र आर्थिक पक्षमा अत्यन्तै गहिरो र विशेष मित्रवत रहेको छ । यस मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने क्रममा भारत सरकारले नेपाललाई प्रदान गरेको आर्र्थिक र जिन्सी सहयोग प्रशंसनीय छ । भारत सरकारले के्वल आर्थिक पक्षमा मात्र सीमित नभई नेपाली जनताको जीवनस्तर सुधार, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र आपत्तकालीन राहत जस्तो महत्वपूर्ण क्षेत्रहरुमा योगदान पु¥याउँदै आएको छ । विशेष गरि हालै प्राप्त भएको जिन्सी सहायताले देशकौ विकास र पुन : निर्माणका कार्यहरुमा निक्कै सहायकसिद्ध भएको छ । हाम्रो यो सहयोगको पूर्ण र प्रभावकारीताका साथ सदुपयोग हुने आशा र भरोसा रहेको व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो नेपाल र भारत भिन्न भिन्न राष्ट्र अवस्य हुन् तर यी दुई देशको बीचको सम्बन्ध अत्यन्तै गहिरो, आत्मीय र आपसी सम्मानमा आधारित छ । हामीबीच रोटी बेटीको सम्बन्ध छ र यो केवल राजनैतिक वा भौगोलिक निकटता हैन । यो हामी आम जनमानसबीचको सम्बन्ध हो । पिडियौदेखि चलि आएको आत्मीयता हो ।


उहाँले भन्नुभयो नेपाललाई भारतले सदैव उन्नतितिर लम्केको हेर्न चाहन्छ । यसै अनुरुप भारत सरकारले आफ्नो बार्षिक बजेटमा नेपालको विकासका लागि विनियोजित गरेको बजेट हामीलाई सर्वविदितै छ । आपससी सहयोग र सहकार्यको निरन्तता स्वरुप स्वास्थ्य क्षेत्रमा टेवा पु-याउने उद्देश्यले भारत सरकारले प्रत्येक बर्ष नेपाल सरकारलाई एम्बुलेन्स प्रदान गर्दै आएको छ । आजको यो कार्यक्रम पनि सोको निरन्ततालाई कायम राख्न पाएकोमा मलाई अत्यन्तै खुशी लागेको छ । यो महान न कार्यमा आफू पनि सहभागी हुन पाउँदा मैले आफूलाई धेरै भाग्यमानी ठानेको छु । एम्बुलेन्स आपत्तकालीन स्वास्थ्य सेवा प्रदान गर्ने एक महत्वपूर्ण साधन हो । जसले समयमै उपचार सम्भव बनाउँछ र धेरैजस्तो अवस्थामा कसैको ज्यान बचाउन मद्धत गर्दछ । जस अनूरुप आज दिएको एम्बुलेन्सले स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण सहयोग पु¥याउने मैले विश्वास व्यक्त गरेको छु । यसै अवसरमा म भारत सरकार र भारतीय राजदुतावासको तर्फबाट एम्बुलेन्स पाउनु हुने सम्पूर्ण संस्थालाई बधाई दिन चाहन्छु । साथै यस प्रकारको कार्यक्रमको निरन्तता रहने पनि प्रतिबद्धता व्यक्त गर्दछु ।
यहाँ स्मरणीय कुरा के छ भने एम्बुलेन्स हस्तान्तरण समारोह भारतीय राजदुतावास काठमाण्डौ, वीरगञ्जस्थित भारतको महावाणिज्य दुतावास, पेन्सन वितरण कार्यालय पोखरा र धरानमा एकै साथ गरिएको थियो । जसमा २२ वटा एम्बुलेन्स भारतीय राजदुतावासले हस्तान्तरण गरेको थियो । वीरगञ्ज महावाणिज्य दुतावासले ७ वटा र पेन्सन वितरण कायालय पोखराले ७ वटा हस्तान्तरण गरेको थियो । भारतीय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण सम्बन्धी एक विज्ञप्ती प्रकाशित गरी काठमाण्र्डौमा आयो्जित समारोहमा भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सम्बन्धित संघ संस्थाहरुलाई, स्थानीय निकाय,तथा अस्पताल, स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको थियो । एम्बुलेन्सको चाबी हस्तान्तरण समारोमा बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिकाका अध्यक्षहरु, लाभार्थी संस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु र सजमासेवीहरुको उपस्थिति रहेको थियो ।


सो अवसरमा नियोग उपप्रमुख श्रीवास्तवले भन्नुभयो स्वास्थ्य क्षेत्रमा पूर्वाधार सृदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई बजबुत बनाउन नेपाल भारत विकास साझेदारी अन्तरर्गत उपहार स्वरुप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरुमध्येको एक हो । उहाँले यो पहल भारत र नेपालबीचको निक्कै बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा रहेको जुन विगत सात दशकमा झनै विस्तार भएको, गहिरिएर गएको र विविधिताले भरिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा नियोग उपप्रमुखसँगको अन्तरक्रियाको क्रममा लाभार्र्थीहरुले उनीहरुका जिल्लाहरु र नेपालमा हाल सञ्चालनमा रहेका विभिन्न विकास परियोजाहरुमा भारतको सहयोगप्रति कृतज्ञता गरेका थिए । उनीहरुले नयाँ उपहार स्वरुप प्रदान गरिएका एम्बुलेन्सहरुले आ–आफ्नो क्षेत्रहरुमा स्वास्थ्य सेवाहरुमा पहुँच बढाउन मद्धत गर्ने विश्वास व्यक्त गरेका थिए ।
भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नेपालका विभिन्न भागहरुमा रहेका लाभार्र्थी संंस्थाहरुलाई तीन दशक भन्दा बढी समयदेखि एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । सन् १९९४ यता आज उपहार स्वरुप पद्रान गरिएका एम्बुलेन्ससहित भारत सरकारले नेपालभरि १०४९ एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ । अन्य अवसमा पनि नेपाल सरकारलाई यस्तै खाले सवारी साधन सम्बन्धी जजिष्टिक सहयोग प्रदान गरिएको छ । आजसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरुलाई ३ सय वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ । सन् २०२२ मा निर्वाचन सञ्चालन प्रयोजनका लागि कानुन कार्यान्वयन गर्नै निकायहरु र नेपालको निर्वाचन आयोगलाई २ सय वटा सवारी साधन उपहार स्वरुप प्रदान गरिएको थियो । हालसालै मे २०२५ मा सगरमाथा सम्वादमा पहिलो संंस्करणको आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी साधन उपहार स्वरुप प्रदान गरिएको थियो, जारी विज्ञप्तीमा जनाइएको छ ।



