आज भारतको ६९ औ स्वतन्त्रता दिवस

सार्वभौमसत्ता सम्पन्न, एसियाकै सुन्दर मुलुक नेपालको अत्यन्तै निकट छिमेकी भारत आफ्नो स्वतन्त्रताको आज ६९ औ बर्षगााठ मनाउदै छ ।
दुईसय बर्ष भन्दा अधिक समय अग्रेजहरुको औपनिवेशिकताबाट भारत आजैका दिन अर्थात सन् १९४७ अगस्त १५ तारेकका दिन लामो संघर्ष पश्चात आजाद भएको थियो । भारतीय जनतामाथि अंग्रेजको नारकीय शासनको अन्त्य गराउन दुई सय बर्षको कालखण्डमा धेरै यो्द्धाहरुले एकपछि अर्को विरोध गरे, पासविक यातना सहन गरे, जीवनको प्रवाह नगरी वीरतापूर्वक शहादत प्राप्त गरे ।
आजको दिनलाई सम्पूर्ण भारतीय नागरिकहरु एउटा राष्ट्रिय पर्वको रुपमा मनाउाछन् । ६९ बर्ष अगाडि सम्म आग्रेजहरुले भारतीय नागरिकप्रति गरेको क्रुर अत्याचार, राष्ट्रिय सम्पदाको दोहन गरी साधनस्रोत आफ्नो मुलुक निर्यात गरेकोप्रति घृणा गर्दे आफनो माटोप्रति नतमस्तक हुन्छन् आजको दिनलाई भारतमा बसोबास गर्ने भारतीय नागरिकले मात्र हैन आफ्नो मुलुकभन्दा बाहिर बसेका, विभिन्न पेशा, व्यवसाय गरी बसेकाहरले पनि भावपूर्ण नमन गर्दै विविध कार्यक्रम सहित मनाउने गर्छन् । अझ जुन जुन देशमा भारतीय कुटनीतिक नियोगका कार्यालयहरु रहेका छन् त्यहाा १५ अगस्त घुमधामसाग मनाउने गरिएको छ ।
नेपालस्थित रहेको भारीय राजदुतावासको कार्यालयले हरेक बर्ष आजको दिनलाई विशेष महत्वका साथ मनाउादै आएको छ । कार्यक्रममा भारतीय राजदुतावासले नेपालका सरकार प्रमुख, मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी विभिन्न राजनैतिक पार्टीका नेतृत्व नेपालमा विभिन्न पेशा र व्यवसाय गरी बसोबास गर्दै आएका भारतीय नागरिकहरुलाई १५ अगस्तका दिन आमन्त्रण गर्दै आएको छ यस प्रकारको कार्यक्रम दुतावासको मातहतमा रहेको धरानस्थित पेन्सन वितरण कार्यालय, विराराटनगरस्थित रहेको क्याम्प अफिस, विरगञ्जस्थित रहेको महावाणिज्य दुतावसासको कार्यालय, पोखरास्थित रहेको पेन्सन वितरण कार्यालय, बुटवलस्थित रहेको पेन्सन वितरण कार्यालय आदिले समेत गर्दै आएका छन् ।
आफ्नो मुलुक र आफ्नो माटो भए तापनि लामो समय पराधीन हुनुपरेको पीडाबाट जीत हाासिल गरेको भारतले स्वतन्त्रताको सात दशक अवधि पार गर्न लाग्दा संससारको चौथो शक्ति समपन्न राष्ट्रको रुपमा स्थापित भइसकेको छ । आफूसागै आफना छिमेकी राष्ट्रहरु पनि समृद्ध हुनुपर्छ भन्ने मान्यता भारतको रहेको छ । एक बर्षको अवधिमा दुईपटक नेपालको भ्रमण गरिसक्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आÏनो सम्बोधनमा सदैव यही कुरा दोहोर्‍याउदै आउनु भएको छ । नेपाल शान्त, समृद्ध भएको देख्न चाहन्छन् भारत मोदीको नेपाल सम्बन्धका बारेमा चर्चा हुादा यही कुरा दोहोरिने गरेको छ । यसका लागि भारत सरकार हर सम्भव सहयोग गर्न तयार रहेको समेत नेपाल सरकार, राजनैतिक पार्टीका नेतृत्वलाई उसले भन्ने गरेको छ । भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक, जललिद्युत, सिाचाई आदिमा बर्षेनी नेपाल भारत एड प्रोजेक्ट मार्फत अरबौ लगानी समेत गर्दैै आएका छ ।

तपाईको प्रतिक्रिया