धरान/सीमांकन सहित लिम्बुवान राज्यको माग गर्दै आएको संघीय लिम्बुवान पार्टीले विहीबार गरेको बन्दले अरुण पूर्वका नौ जिल्लाको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ ।
ऐतिहासिक दस्तावेजका आधारमा अरुण पूर्वका नौ जिल्ला लिम्बुवानी भूमि भएकोले अब बन्ने संविधानमा लिम्बुवान प्रदेश उल्लेख गर्नुपर्ने माग उनीहरुले विगतदेखि नै उठाउादै अएका छन् । चार राजनैतिक दलले हाल सार्वजनिक गरेको प्रदेश नं. १ मा ओखलढुंगा, सोलुखुम्बु, भोजपुर लगायतका जिल्लालाई समेत समावेश गरिएकोमा आफूहरुलाई लिम्बुवान प्रदेशबाट विमुख गराउन खोजेको संघीय लिम्बुवान पार्टीका नेताहरुको आरोप छ ।
बन्दका कारण सुनसरी, मोरङ्ग, झापा, धनकुटा, तेह्रथुम, इलाम, पााचथर, ताप्लेजुङ्ग, संखुवासभामा कुनैपनि सवारी साधन सञ्चालन हुन सकेनन् भने ती जिल्लामा रहेका शिक्षण संस्था, कलकारखाना, बजार पसल सबै बन्द भएका थिए । बन्दका समय लिम्बुवानका कार्यकर्ताहरु विहानै हातमा झण्डा बोकेर सडकमा निस्किएका थिए । सरकारसाग विगतमा भएका सम्झौता पूर्णरुपले कार्यान्वयन हुनुपर्छ भन्दै संघीय लिम्बुवान पार्टीले आफ्ना आन्दोलनका कार्यक्रमलाई चरणवद्ध रुपमा अगाडि बढाएको छ । उक्त पार्टीे भोलि साउन ३१ गते समेत अरुण पूर्वका नौ जिल्ला बन्दको आवहान गरेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य गजेन्द्र चोङवाङका अनुसार शनिवार सााझ पूर्वका ९ वटै जिल्लामा मसाल जुलुस प्रदर्शन गरिने भएको छ ।
