घण्टाघरबाट हेर्दा

झोले हुनु गर्व रे
नेकपा एमालेले यतिबेला पार्टीको नाम परिवर्तन ग¥या छ । अब उसको नाम नेक्पा झोले पार्टी भा’छ । रातारात पार्टीको नामै परिवर्तन गर्नुपर्ने के आपत्त आइलागेछ त्यसलाई ? खैर त्यो उसको आन्तरिक मामिला हो । जेहोस् अब देशा’ नेक्पा एमाले रहेन । त्यस पार्टीसँग आवद्ध भएकाहरुले यतिबेला सामाजिक सञ्जालमा निर्लज्तापूर्वक झोले भएकोमा गर्व गर्न थाल्या छन् । हुन त तिनका मुखिया बालकोटे ठेउकेले गुहुँलाई अपुंगो भने पनि झोले हुन गर्व गर्नेले मीठो मानेर बजाउँछन् । मुखियाले ढ्वाँस्स अपानबायु छाडे पनि आहाँ क्या मीठो वास्ना भनेर स्वाँक्क सुंघ्छन् । नामै झोले । झोले भन्या अर्काको झोला बाक्ने भरिया । झोलेको काम मुखियाले जे गरे नि ताली ठोकेर मासुभात बजाउने हो । झोलेको प्रिय आहारा नै मासु भात । मुखिया बा’ले जेसुकै गरुन ? झोलेहरुलाई बोल्ने छुट छैन । झन विरोधमा त बोल्नै हुँदैन । बा’ले अरबौ रकम कम्बोडियामा पु¥याउन् कि, भिजिट भिषा काण्ड मच्चाउन कि, यति, ओम्नी काण्ड घटाउन कि झोलेहरुले मुख खोल्नै हुन्न । अनि झोले हुनुमा गर्व गर्नु परेन त ?

अन्याय भयो रे
अराष्ट्रिय पार्टीका जति मल्खु उतै ढल्कु अध्येक्षे माकुनेले यसपालि साह«ै चित्त दुखाएछन् । आफ्नो राजनीति तु¥याउन आफूमाथि षड्यन्त्र भयो रे । घिच्ने बेलामा अपच हुन्ज्याल घिच्ने अनि ओकल्नु पर्दा अन्याय भयो भनेर कोकोहोलो मच्चाउनु त भएन नि । यो देशाँ बंगलादेश, श्रीलंका जस्ता नेता चुट्ने दिन आयो भने, लखेट्ने दिन आयो भने नेपाली जनताले सबैभन्दा बढी कस्लाई बजाउँछन् होला ? घण्टाघरलाई त लाग्छ ३५ बर्षदखि सिण्डिकेट चलाएर खाइ आएकाहरु कोही अछुतो नहरहलान् । जे होस् माकुने जनताबाट नभएर अख्तियारबाट डामिन पुगेका छन् । अख्तियारबाट डामिदा सुरक्षित भा’छन् । त्यो ललिता निवास, त्यो पतञ्जली जग्गा काण्ड, एनसलबाट भागबण्डा पाउँदा कसैको सुनेको थिएनन् । बडो मच्चिइ मच्चिई बजाएका थिए । आज अख्तियारले छदाउन खोज्दा षड्यन्त्र भयो, अपमान भयो, राजनीति सिध्याउन खोजियो भनेर डंका पिट्नुका कुनै तुक छैन । जसको कुनै मानै छैन उसको क अपमान हुनु ? जसको राजनीति सिद्धिइसकेको छ उसको के सिध्याउनु ? बात करता है ।
सरुवा रोगको भय

विना ढेउवा, बिना भिषाका सुत्रपात माकुनेलाई अख्तियारले डामेपछि यतिबेला माउवादीका अध्यक्षे प्रचण्डाउ सबैभन्दा बढी त्रसित भा’छन् । क्यान्टोमेन्ट प्रकरणमा अरबौ भ्याईदिएका प्रचण्डाउ आत्तिनु स्वभाविक हो । नक्कली लडाकु देखाएर राज्यको ढुकुटीबाट ल्याम ल्याम रकम बजाउँदा त्यसबेला कम्ता आनन्द आथ्यो ? यतिबेला अख्तियारले अलिकति फूर्तिफार्ति गर्न थाल्या छ । सडकदेखि सदनसम्म साथ दिएको माकुने जाकिँदा प्रचण्डाउलाई चिसो पस्नु स्वभाविक हो । हिजो आज उनको बर्बराहट निक्कै बढको छ । खप्रओ सत्तामा हुँदा पनि असुरक्षित, भोलि राजा आए भने पनि असुरिक्षत, क्या फसाद † यही चिन्ता केही क्षणको लागि भगाउन हिजोआज टन्न रक्सी धोक्न थाल्या छन् । कहिले रिसोर्टमा धोकेर चर्पीमा पछारिन्छन्, कहिले आफ्ना छाउहरुको धमास दिन्छन् । ढिलो चाडो हो आखिरी जान त जेलै हो भन्ने कुरा प्रचण्डाउले भलिभाँति बुझ्या छन् । आँ गर्दा अलंकार बुझ्ने चतुरले यति कुरा नबुझ्ने कुरै भएन ।
पसल चल्दैन रे
राजनीति भन्या त पसल पो रै’छ । अस्तिका दिन नेक्पा झोले पार्टीका एक बरिष्ठ झोले प्रदीप ज्ञवालीले भन्या । राजनीतिले देश बनाउला, जनताको हितमा काम गर्ला भन्या त फुइøयाँ हुनु ? राजनीति र व्यापार दोकान पो रै’छ । हुन त दोकान नभए त्यस्ताको कमाई गरेर खरबपति बन्ने कुरै हुँदैन थियो । यतिबेला झोले पार्टी र लाउरेसको व्यापार दिन दुगुना रात चौगुना चल्या छ । यिनीहरुले होलसेलको व्यापार गरिरा’छन् । अरुको व्यापार भने सुक्दै गएको छ । रास्वपाको व्यापार चौपट्ट भा’छ, जसपाले हातमुख मात्र जोड्न सक्या छ, लोसपाले नाफा नभएपनि घाटा खानु परेको छैन, जनमत नाफैमा चलेको छ, समावादी चुर्लुम्मै भयो । अरु इनिगिने दिन फर्केला कि भनेर झिँगा धपाएर बस्या छन् । सिंहदरबार नछिरुन्ज्याल
राजनीतिक व्यापार फस्टाउने कुरै हुँदैन । त्यसैले लाउरेस झोले पसलेसँग अपमान सहेर पछि पछि दौडिएको छ । उसले राम्रै मुनाफा आर्जन ग¥या छ । त्यसै भाउजुले छोरालाई हिलटन हान्ने जोहो गर्दिएकी हुन् त ? जसको व्यापार सुक्दै गा’छ उसले लाउरेस र झोलेको व्यापार देखेर रिस गर्नु बेकार हो । यी दुवै कहिले एउटासँग टाँसिन्छन्, कहिले अर्कोसँग टाँसिन्छन् । त्यसै व्यापार हुन्छ ? पोलेसी जान्नु परेन ? वात करता है ।
अब कस्को पछि लाग्ने ?
यो देशका राजनीतिक पार्टीहरु पनि विचित्रका छन् । नाम राजनीतिक धन्दा बर्बादी । अब हेरम यो देशमा तीन वटा दल साह«ै सरम छाडा भए । झालेमालेका छौडाहरु गर्वका साथ भन्छन् हामी झोले हौ, लाउरेसका छौडाहरु भन्छन् हामी भ्रष्टाचारी हौ, माउवादीका छौडाहरु भन्छन् हामी आतंककारी हौ । माओवादीका छौडाहरु भन्छन् हामी आतंककारी हौ । माने दाशहरुले गर्व गर्र्नु स्वभाविक हो, लाउरेसकाले पनि हाक्काहाक्की भ्रष्टाचारी हो भन्नु स्वभाविक हो अनि माउवादीले नि आतंककारी भन्नु स्वभाविक हो । घण्टाघरलाई एउटा पुरानो कुराको याद आयो गाउँघरमा एउटा परिवारकी मुलीलाई सबैले पिँध पछाडि बोक्सी भन्दा रै’छन् । यो कुरा तिनकी सानी छोरीले घाँस दाउरा पँधेरा जाँदा सुनिछन् । उनलाई सैह्य भएन । घरमा आएर आमालाई बडो दुःख मान्दै भनिछन् आमा † आमा † तपाईलाई गाउँका सबैले बोक्सी भन्छन् । आमाले उत्तर दिइछन् आ † छोडिदेन छोरी, जस्तो देख्छन् त्यस्तै भन्छन् । नेपाली जनताले लामो समयदेखि यी तिनै दलका मुखियालाई आरोप लगाउँदै आ’थे आज आफैले फलाक्न थाल्या छन् । क्या गजब छ ।
खप्रओको असल काम
झोले पार्टीका अध्यक्ष आच्या पर्धानमन्तरी खप्रओले सदैव नराम्रो काम मात्र गर्छन् भन्नेहरुलाई उनका पछिल्ला गोडादुएक कामले गलत सावित गर्दिएको छ । झोले पार्टीका अध्यक्षको थुतुनोचाहिँ अलि ज्यादा नै चल्ने भएर आलोचकहरु बढी देखिएका हुन् । उनी विगार्ने काम मात्र गर्दैनन् । कहिलेकाँही सपार्ने काम पनि गर्छन् । अब हेरम न उनले पर्धानमन्त्री भएसी’ गरेका दुई वटा कामको जतिसुकै प्रशंसा गरे पनि कमै हुन्छ । सम्भवत ः उनले पर्धानमन्तरी भएर गरेको सबैभन्दा राम्रो काम भनेकै माकुनेको पछिल्तिर अख्तियार लगाउनु, दैनिक ५० लाख मुनाफाको व्यापार गर्द आएका लाउरेसको कोटाबाट घरेलु मन्तरी बनेका राइटर पाण्डेलाई जोगाउनु, रास्वपाका तित्राल अध्येक्षे लामिछानेलाई उम्कनै नदिनु नै हो । यी सबै काम गर्दा झोले पार्टीका अध्येक्षे खप्रओ कसैसँग एक कोडी लिएको गाइगुइँ छैन । बिना ढेउवा निःशुल्क रुपमा यति राम्रो काम गर्न सकिने उदाहरण द्या छ् । अबचाहिँ मुलुकमा केही कुछ हुन्छ कि ?
ल्याप ल्यापे काजीको भविष्यवाणी
छैठौ पटक पर्धानमन्तनरी हुम्ला र पुत्रको माध्यमबाट अरु हिल्टन होटल हानुम्ला भनेर बकुल्लाले माछा रुँगेझैँ रुँगेर बसेका आरजु जोई ल्यापल्यापे काजी पनि झोलेकै कित्ता नाप्न थालेजस्तो छ । अस्तिका दिन तिन्ले भन्या नेपालमा राजतन्त्र आउँदैन त्यसका लागि आन्दोलन गर्नु बेकार हो रे तिनल भविष्यवाणी गरेछन् । पाँच पटक पर्धानमन्तरी बन्दा केही खालो नसारेका काजीले छैठौ पटक पधानमन्तरी बन्ने सपना नदेखेकै बेस । रात रहे अग्राठ पलाए भनेका शायद काजीले सुन्या रै’छन् । बरु छैठौ पटक पर्धानमन्तरी बन्छस् भनेर उल्क्याइदिएका त्यो ज्योतिषीलाई खोजेर व्यवस्था गर्नेतिर लागेको वेश । राजतन्त्र त मुलुकमा आउन कसैले रोक्नै सक्दैन । जनता जागिसक्या छन् । बुढानिलकण्ठबाट बाहिर निस्किने हुति हराइसकेको छ । जता गयो चोरको नारा लाग्न थालिसकेको छ । अझै चेत नखुल्नु त मन्द बुद्धिको पराकाष्ठ हो । बरु समय छँदै नै सो झोली तुम्बा कस्नेतिर लाग्दा फाइदा होला । नत्र भीरबाट लडेको गोरुलाई राम राम मात्र भन्न सकिन्छ काँध त हाल्न सकिदैन । कि कसो हौ ?
अन्तेमा
यतिबेला बजेट हन्टिङ्गको विकास शुरु भएको छ । असार लाग्नासाथ आफ्नो प्रभाव क्षेत्रमा झोले पार्टीका झोले कार्यकर्ता, लाउरेसका चपरचण्डाल, खाउवादीका सेसान्तहरु सल्बलाउन थाल्या छन् । मधेशतिर मधेशवादीका भृंगीहरु बजेट हन्टिङ्गका लागि तानावाना बुन्नमा व्यस्त भएका छन् । नेताहरुसँग खिचेको फोटो पोस्ट्याएर स्थानीय निकायहरुमा आफ्नो पहुँचको दुहाई दिएर आसारे विकासलाई तिनीहरुले तिब्रता यस अघि पनि दिँदै आएका थिए । यसपालि पनि यसैगरि हन्टिङ्ग योजनामा लागेका छन् । यसका लागि काम चोर ठेकदार खोज्ने, इस्टिमेटट बनाउने, ठेक्का दिलाए वापत कमिशनको बार्गेनिङ्ग गर्ने उनीहरुको विगतेखि नै निरन्तर चल्दै आएको धन्दा हो । बर्षमा एक महिना बजेट हन्टिङ्ग विकासबाट उनीहरुले राम्रै आम्दानी गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया