घण्टाघरबाट हेर्दा

मासु–भाते फ्लाँट
अस्तिका दिन खप्रओका मासुभाते छाउराहरु काठमाण्डौका सडकमा उत्तानोचित परेछन् । काठमाण्डौ कब्जा गर्नु भनेर आफ्ना स्वामीले दिएको निर्देशन विचरा छाउराहरुले पालन नगर्न खोज्या त कहाँ हुन् र ? राजसंस्थावादीहरुलाई तर्साउन तरवारै बोकेर गा’थे । मासुभात, पैसा, पट्रोल सम्पू्रर्ण कुरा ठेल्दा पनि अन्तेमा लुते कुकुरले टाङमुनि पुच्छर लुकाएर भागेझैँ टिएपी दिएछन् । राजसंस्थाको पक्षेमा उर्लिएको जनसागरले विचरा छाउराहरुका होस हवासै गुम भएछ । खप्रओले नि छाउराहर नआत्तिउन । कुले नठोकुन भनेर सोमरस समेत धोकाएर पठाका रा’न् । तर के गर्नु आफू भन्दा ठूलो आएसी’ आधााउधि चम्पट ठोकेछन् अनि आधाउधीचाहिँ महासागरमै मिसिएर खप्रओ चोर मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै उफ्रन थालेछन् । कठै † खप्रओ आफ्नै आँखाले त्यस्तो दृश्य देख्नुपर्दा कति तड्पिए होलान् । बरु अझै समय छ बेलैमा झिटीगुन्टा बाँधेर व्यवस्था गर्नतिर लागे बसे होला । हुन त घण्टाघरको सुझाउ मात्र हो माने तिम्रै कल्याण होला नमाने घण्टाघलाई लुतो न कन्याई ।
दह्रो दिएछन्
राजिन्दर लिंगदेन माने राप्रपाका अध्येक्षेले गन्हाउने तन्त्र फाल्न कसैले अवरोध गर्न खोजे आफूहरुको हातमा दही जमाएर नबस्ने चेतावनी दिएपछि गणेराजहरु बहुलाउन थाल्या छन् । टोले गणे, चोके गणे, दलाल गणे, बलात्कारी गणे, हत्यारा गणे, लुटाहा गणे, मान्छे बेच्ने गणे, बैंक ठग्ने गणे, सहकारी ठग गणे, चोर गणे बडो चिन्तामा छन् । के गरम र कसो गरम भन्ने दोधारमा छटपटिएका छन् । मासुभात टन्न खुवाएर पठाएका यस्ता सबै चरित्रका गणेहरुले समेत काठमाण्डौलाई दुई चार घण्टा कब्जा गर्न सकेनन् । अझ पुलिसको आडमा गौडा गौडाबाट भित्र छिर्नेै नदिने योजना पनि खप्रओका लागि विचाराहरुले पूरा गर्न सकेनन् । आफूहरुको आन्दोलनमा खप्रओका भृंगीहरुले अवरोध गर्न खोजेमा हातमा दही जमाएर नबस्न उर्दी जारी भएपछि विचराहरु तिल्मिलाएर लापत्ता भएको खबरले खप्रओ मुर्छितै परे रे । धन्न राधिका आमाले यसो गुहँत पानी छर्केर व्यूँताएर औषधि खुवाइछिन् । आफ्ना बल बुताले काम गर्न नसक्ने भएपछि थपक्क जनताको नासो जनतालाई नै जिम्मा दिनु नि । वित्थामा प्राण जाला जस्तो गरेर किन झुण्डिएर बस्नु ? लौ है राधिका आमा समय छँदै सम्झाउनु प¥यो । बाँकी कुरा मिलाई जुलाई बुझेका राम्रो ।
गाँडतन्त्रको महान उपलब्धी

हिजो आज गाँडतन्त्रको सबैले विरोध गर्छन् । किन ग¥या होलान् ? आफ्नै दाजुभाई सिध्याएर, आफ्नै दिदी बहिनीको सिन्दुर उजाडेर, कलिला बालबालिकालाई बेसहारा र टुहुरा बनाएर, स्कुल कलेज, मन्दिर जलाएर, अरुको सम्पत्ति लुट र कब्जा गरेर, महिनौसम्म यातायात बन्द गराएर, सडकमा टायर बालेर अर्काको घरमा ढुंगा हानेर, सैयौलाई अपांग बनाएर, गाउँबाट विस्थापित गराएर दुःखले आर्जेको गाँडतन्त्रको किन विरोध ग¥या होलान् ? अझ गाँडतन्त्रको महान उपलब्धीको बखान त हजार जिब्रा भएका शेष नागले नि गर्न सक्दैनन् । आलोपालो सिंहदरबार छिर्न पाइने, जिउँदै इँटा भट्टामा दर्जनौलाई पोलेर मार्न पाइने, आफ्नै देशका नागरिकलाई खुइँखुइँ बेचेर दैनिक पचास लाख आर्जन गर्न पाइने, बलात्कारीले ठाडो शीर बनाएर हिड्न पाइने, मिलीजुली सिंहदबार छिर्नेहरुले जति सुन बोक्न पनि पाइने, ज्यानमारालाई आम माफी दिने, उद्योगधन्दा ड्याम ड्याम बेचेर खान पाइने, करोडौ लिएर मालदार ठाउँमा नियुक्ति गर्न पाइने, खुलेआम हातहतियार बोकेर हिड्न पाइने, विदेशबाट आफूखुशी ऋण लिएर भक्कु खान पाइने, पातलो आँची आउँदा विदेशमा उपचार गर्न पाइने । यस्तो महान उपलब्धी भएको गाँडतन्त्रको विरोध गर्ने सबका सब अबुझ हुन्, कि कसो हौ ?
क्या गज्जब भनेछन्
हाम्रो देशका नाकढाडे घरे्लुमन्तरीले अस्तिका दिन साह«ै गज्जब कुरा गरे । मानव बेचविखनबाट मात्र दैनिक ५० लाखको मुनाफा व्यापार गर्दै आएका घरेलु मन्तरीको जोरीपारीहरुलाई कत्रो डाहा हौ । अझ १५–२० वटा फर्मको (दोकान) को मुनाफा थाहा पाए भने त जोरीपारीहरु उत्तानोचित्र हुन्छन् होला । त्यस्तो सफल व्यापार गर्ने नाकढोडे घरेलुमन्तरीले त्यतिविधि कमाउन पाउँदैनस् भनेर विरोध गर्नु त भएन नि । बालकोट र बुढानिलकण्ठ दरबार दाहिना हुन्ज्याल उनको धन्दामा कसैले टाङ अडाउन सक्दैन । आर्जित मुनाफा उनले एक्लैले बजाउने पनि हैनन् । चँुँडचाँड गर्नैप¥यो । जसले दोकान खोलेर ठाउँमा पु¥याउन सहयोग गरे तिनलाई खुशी बनाउनै प¥यो । त्यसै त्यतिविधि कमाउन पाउँदैनस् भनेर बुक बुरुक उफ्रेर राजीनामा दे कसरी भन्न सक्या होलान् ? त्यो पनि नैतिकताको आधारमा रे । अनि नाकढोडे घरेलु मन्तरीको पारो चढ्दैन त ? उनले भदेछन् नैतिकता अरुलाई पढाउने विषय हो, आफूमा लागू गर्ने होइन रे, क्या वात ।
राम राम फेरि ५० लाखे
शितल निवासे बाहुन बाजेका छोराले विलायतमा चार चारवटा घर किने रे भन्ने कुरा अरुले झै घण्टाघरले नि सुन्या थियो । केटाले गतिलै प्रगति ग¥या रैछ भन्ने लाग्या थियो तर केटाले त यताबाट बाउनले ठेल्या मालपानीको पो व्यवस्थापन ग¥या रै’छ । अरुले जिन्दगीभरि विदेशमा करङ्ग घोट्दा पनि आफ्नो देशमा ओत लाग्ने झु्पडी बनाउन धौ धौ पर्छ । बाजेका छोराले खुइँ कि खुइँ बिलायतमा घर किन्यो । किन्ने भयो नि । गणेहरुले शितल निवासे बाहुन बाजेलाई तलब भत्ता बाहेक १ बर्षमा १ अर्ब ७० करोड पाकेट खर्चका लागि छुट्याइँदिँदा रै’छन् । महिनाको १५ करोड अनि दैनिक ५० लाख हात परेसी’ छोराले बिलायतमा घर नकिन्ने कुरै भएन । जे होस् बाउ पिण्ड खाने बेलाका भए पनि छोराहरुका लागि शितल निवास छिरेर राम्रै बन्दोबस्त गर्दिया रै’छन् । बाबु हुन त बाहुन बाजे जस्ता । काम न काज खायो, ढल्कियो, गफ हान्दियो, पिर्क सलामी ठोक्यो अनि दैनिक हातलागी ५० लाख ।
अनुसन्धान अधिकृत चैट
भिजिट भिषामा नेपालीहरुलाई एयरपोर्टबाट टुइँ–टुइँ बेचेवापत दैनिक ५० लाख मुनाफा आर्जन गर्दै आएका राइटर बाजेले फेरि अर्को चमत्कारिक काम गरेछन् । हुन त राइटर बाजेले चमत्कारिक काम गर्नु अनौठो होइन । घरेलु मन्तरी पो हुन त गाँठे । राइटर बाजेले घरेलु मन्तरीको शक्ति देखाएर भिजिट भिषाको व्यापार गर्नेहरुको नालीबेली केलाउन थालेका अख्तियारका डिआइजी हिमायन कुमार श्रेष्ठलाई हुत्याएर रानीपोखरीतिर पु¥याइ दिएछन् । अख्तियारतिर आफ्ना विश्वासपात्र ओमबहादुर रानालाई झोलाबाट निकालेर पठाइदिएछन् ।
राइटर बाजेले आफ्ना बचाउमा राम्रै आइडिया निकालेछन् । यस भन्दा अगाडिकाले पनि यस्तो धन्दा चलाएकै हुन् । तीर आपूmतिर सोझिन लागेपछि भुटानी शरणार्थी छानविन गर्ने अधिकारी, निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारको छानविन गर्ने अधिकारी, सुन तस्करीको छानविन गर्ने अधिकारी, सहकारी अपचलनमा छानविन गर्ने अधिकारीहरु पनि मिल्काइएकै थिए । अनुसन्धान अधिकारीहर पनि कोही कोही त साह«ै ढिट हुन्छन् । तीर सिंहदरबारतिर बस्नेहरुतिर सोझिन लाग्यो भने चुपचाप हात बाँधर बस्दिया भए लन्ठै साफ
हुन्थ्यो । जस्तो आँगन त्यस्तै नाचिदिनु पर्दैन ? धन्न राइटर बाजेको मुरादचाहिँ तत्कालका लागि पूरा नहुने भा’छ । चौतर्फी औलो ठडिएपछि विहान सरुवा गरे पनि बेलुका नाकले टेकेर फिर्ता पठाएछन् ।
पाप धुरीबाट करायो
लाउरेसका मुखिया बढुानिलकण्ठे श्यालबहादुर यतिबेला बडो धर्म संकटमा प¥या छन् । रौतहटको राजपुरमा २२ जना निर्दोष मजदुहरुलाई बेहासीको सुई लगाएर जिउँदै बोरामा हालेर इँटाभट्टामा पोल्ने अफ्ताव आलामलाई छुटाएरै छोड्छु भन्थे । छुटाएरै छाडे । छुटाएको गोडाचारेक दिनपछि आलमको ब्रेन हेमरेज भएछ । ब्रेन हेमरेजपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालको आइसियुमा पु¥याइएछ । आइसियुमा बसेपछि त चुप लाग्नु नि । अरु विरामीहरु आइसियुमा बोल्दैनन् । आलमचाहिँ बर्बराएको बर्बराई गर्छन् रे । पाप धुरीबाट कराउँछ भन्थे बुढापाकाहरु हो रै’छ । आइसियुमा मैले मान्छे मारेकै हो, के गर्न सक्छौ भनेर विचरा नर्सहरुलाई सुनाका सुनाई गर्छन् रे । कतिजना मारे, कसरी मारे भनेर फलाकी रहन्छन् रे । स्यालबहादुरलाई क्या फसाद आइलाग्यो । राइटर बाजेलाई पनि जोगाउनै प¥यो, टेरामक्स काण्डका ज्ञानेन्द्र कार्कीलाई अँचेट्नै प¥यो, भुटानी शरणार्थी काण्डमा आफ्नी जोइलाई पनि जोगाउनै प¥यो ।
अन्तेमा
हिजोआज अर्राष्ट्रिय पार्टीका स्वघोषित अध्येक्षे माकुनेको होस हवास ठेगानमा छैन । कहिले के फलाक्छन्, कहिले के फलाक्छन् । कहिले राजा आए भने आफ्नो खैरियत छैन भन्छन् । झन राजा आउने पक्का भएपछि विचराले ललिता निवास, पतञ्जली जग्गा काण्ड, गोकर्णेश्वर रिसोर्ट काण्ड झल्झल्ती सम्झन थाल्या छन् । विस्तारै विस्तारै राजसंस्था पुनस्र्थापनाको आन्दोलनको लहर देशैभरि फैलिएको छ । काठमाण्डौ त पूरै कब्जा भएको छ । राजसंस्थावादीहरुका विरुद्धमा माकुने चैत्र १५ गते भृकुटीमण्डपमा बडो उफ्रन्थे । अहिले तिनका ओठ तालु सुकेका छन् । पेट्रोल बाँडेर, मासुभात घिचाएर ल्याउँदा पनि त्यतिका भीड जम्मा गर्न नसकेकोमा माकुने खिन्न छ् । दंगदंग्ती गन्हाएका गाँडतन्त्रको विरुद्धमा स्वस्फूर्त रुपमा त्यतिका मानिस सडकमा आएपछि माकुनेमात्र नभएर गाँडतन्त्रको जामा लगाएकाहरुको मस्तिस्कले काम गर्न छाड्या छ । कुन दिन तिनका दिमाग पनि अफ्ताव आलमको झै पड्कन बेर छैन । बरु टेन्सन नलेनेका । जो होगा देखा जाएगा ।

तपाईको प्रतिक्रिया