भारतका तीन मुर्घन्य साहित्कारको स्मरणमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । संसारमा साहित्यलाई कुनै पनि देशको सीमाले बन्देज गर्न सक्दैन । साहित्यकारहरु विश्वव्यापी अजय हुन्छन् । यही मूल्य र मान्यतालाई आत्मसात गर्दै भारतीय राजदुतावासले एक वृहत हिन्दी साहित्य उत्सव काठमाण्डौमा सम्पन्न गरेको छ ।


भारतका विख्यात एवम् मुर्धन्य साहित्यकारहरु आचार्य महावीर प्रसाद द्विवेदी, कैफी आजमी र सुमित्रा नन्दन पन्तको स्मरणमा दुतावासद्वारा स्मरणीय कार्यशाला गोष्ठीमा नेपालका विद्वान साहित्यकार, कवि लेखक, सञ्चारकर्मी एवम् साहित्यको क्षेत्रमा समर्पित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यशाला गोष्ठीमा उहाँहरुले द्विवेदी, आजमी र पन्तका बारेमा विविध कोणबाट आफ्ना धारणा राख्नु भएको थियो । सो अवसरमा काठमाण्डौका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले तीनैजना साहित्यकारका कृतिहरुको प्रशंसा गर्दै केही हरफहरु बाचन गरेका थिए । कार्यशाला गोष्ठीमा नेपाल स्थित भारतीय दुतावासका प्रथम सचिव बशिष्ठ नन्दनले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख डा. स्वेता दिप्तीलाई हिन्दी साहित्यका पुस्तकहरु हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया