लोडसेडिङका कारण सुनसरीका उद्योगहरु अस्तव्यस्त

विगत दुई महिनादेखि अघोषित रुपमा हुँदै आएको लोड सेडिङका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु नराम्रोसँग प्रभावित मात्र भएका छैनन् अस्तव्यस्त भएका छन् ।
नेपालको मेघा प्रोजेक्टको रुपमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा राजनैतिक चलखेल र लेनदेनका आधारमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरिएपछि अनिश्चित लोड सेडिङ शुरु भएको हो । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सत्ताधारीहरुले छल, बल, कपट गरि हँटाएर शाक्यलाई नियुक्ति गरेका थिए । शाक्यको आगमनसँगै अरबौ मुनाफामा रहेको प्राधिकरण घाटामा देखाएर १० अर्ब ऋणको लागि स्वेतपत्र जारी गरियो । अघोषित रुपमा ग्राहस्थ र औद्योगिक क्षेत्रमा लोड सेडिङ गरियो । कुलमान छउन्ज्याल प्राधिकरणको अनेकौ प्रोजेक्टबाट कमिशन खान र भ्रष्टाचार गर्न नपाएर रन्थनिएका मुलुकका कार्यकारी प्रधानमन्त्री, ऊर्जामन्त्री, परराष्ट्रमन्त्री लगायत स्वार्थ समूहले अन्तत ः मन्त्री परिषरदबाटै्र निर्णय गरेर कुलमानलाई हँटाउने निर्णय गरेका थिए । प्राधिकरणमा आफ्नो स्वार्थ अनुरुप काम गर्ने वातावरण नभएपछि कार्यकारी प्रधानमन्त्री सहित स्वार्थ समूहहरुले पटक पटक विना कारण औचित्यहीन रुपमा स्पष्टीकरण सोध्ने, राजीनामा दिन दबाब दिने कार्य गर्दै आएका थिए । चार बर्षे कार्यकालका लागि नियुक्त भएका घिसिङलाई हँटाएर हदसम्मको कार्य पक्कै पनि प्राधिकरण सुधार्ने नियतले थिएन । कुलमानको बहिर्गमनसँगै आज तालिका बिनाको लोडसेडिङले जनजीवन अस्तव्यस्त भएको छ । खास गरेर ग्राहस्थहरुलाई भन्दा पनि औद्योगिक क्षेत्रमा भएको विजुली ट्रिपिङ (विजुली आउने जाने गर्ने) ले उद्योगी मात्र नभएर कार्यरत मजदुहरुसमेत मारमा परेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरका एक हजार आठसय मजदुर कामविहीन भएका छन् । एकजना मजदुर काम विहीन हुँदा उससँग आश्रित परिवारको विहान बेलुकाको हातमुख जोड्ने बाटो बन्द भएको छ । एकातिर मदुरहरु काम विहीन बन्न पुगेका छन् भने अर्कोतर्फ उद्योगको उत्पादन चक्र समेत अस्तव्यस्त भएको छ । यतिबेला विद्युतकै कारण औद्योगिक करिडोरका उद्योगहरुले उत्पादन कटौति गरेका छन् । अर्कोतर्फ विद्युत ट्रिपिङले उद्योगका मेशिनहरुमा समेत नराम्रो क्षति पुग्ने गरेको छ । प्राधिकरणको मौन लोडसेडिङले करोडौका मेशिनहरु बिग्रन थालेको छ भने आयात गरिएका कच्चा पदार्थहरु समेत काम नलाग्ने अवस्थामा पुगेका छन् । खासगरि कपडा उद्योग, फलफूल प्रशोधन, प्लाष्टिक्स उद्योग, नुडल्सका कच्चा पदार्थमा क्षति पुगेको छ । लोडसेडिङको तालिका समेत प्राधिकरणले सार्वजनिक गर्न सकेको छैन । लोड सेडिङको तालिका सार्वजनिक गरिदिए उद्योगीहरुले सोही अनुरुप उद्योग सञ्चालन गर्ने थिए ।
एकातिर वर्तमान सरकार उत्पादन र निर्यातमा जोड दिनुपर्छ भनेर भाषण गर्दै हिडेको छ तर भएका उद्योगहरु तहस नहस गरेर आयातलाई बढावा दिइरहेको छ । केही हदसम्म भएपनि आÏनै देशमा युवाहरुलाई रोजगारी दिँदै आएका नीजि क्षेत्रका उद्योगहरु सरकार स्वयम् बन्द गराउन उद्यृत देखिएको छ । नेपाल विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक विद्युत ट्रिपिङ लोड सेडिङ नभएको भन्दै बक्दै हिड्छन् । लोडसेडिङ नभएर हावाहुरीले, रुखका हाँगाहरु भाँचिएर अवरोध गरेको बचकना तर्क गर्छन् । सरकारले त रोजगारीका अवसर सिर्जना गरेन गरेन नीजि क्षेत्रले दिएका अवसरहरुलाई समेत बन्द गर्ने दुश्साहस गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया