शन्तिको कामनासहित धरानमा पनि २५६९ औ बुद्ध जयन्ति मनाइयो

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९ औ बुद्ध जयन्ति आज देशभर मनाइएको छ । यसै क्रममा बौद्ध धर्मालम्बीहरुले धरानमा समेत बुद्ध जयन्ति मनाइएको छ । शान्तिका अग्रदुत सिद्धार्थ गौतम (गौतम बुद्ध)को २५६९औँ जयन्ती बौद्ध धर्मालम्बीहरुले भव्यताका साथ मनाएका छन् । विश्व महत्व दिँदै आएको बुद्ध जयन्तिलाई बुद्ध जन्मेको देश नेपालले पनि विगतदेखि नै महत्वका साथ लिने गर्दछ । यसैले गर्दा नेपाल सरकारले आजको दिनलाई सार्वजनिक विदा समेत दिएको छ । बौद्धधर्मालम्बीहरुलैश आ आफ्नो व्यानरमा विहान धरानको भानुचौकबाट विश्वको शान्तिको कामना सहित शान्ति ¥याली निकालेका थिए । बौद्ध धर्मामा आस्था राख्ने विभिन्न जातजाति, संघ संस्था, बौद्ध गुम्बा लगायतको सामुहिक आयोजनामा निकालेको सो ¥याली भानुचौकबाट छाताचौक, सिंहदेवी चौक हुदै माछा भौडी भएर पुन ः भानुचौकमै आएर टुंगिएको थियो । आ–आफ्नो व्यानरमा उनीहरुले विभिन्न जातजातिका साँस्कृतिक बाजा, झाँकीहरु समेत ¥यालीमा प्रस्तुत गरेका थिए । सबै जातजाति, समुदायका बृद्धबृद्धामात्र हैन युवा पुस्ता समेत बुद्धको जन्मजयन्ति मनाउन उत्साहित देखिएका थिए ।
¥याली सम्पन्न पनि उनीहरुले आ आmप्नौ बौद्ध गुम्बामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका थिए । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप मनाउने गरिएकौ हो । शान्ति ¥यालीमा स्वर्णिम चैत्य महाविहारका आवद्ध एवम धरान उपमहनगरपालिका ३ नंं वडा समितिका वडाध्यक्ष विद्या शाक्यले अहिलेको विषयम परिस्थितिमा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको उपदेशलाई राज्य सत्ता सञ्चालन गर्नेहरुले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धरानमा समेत वैसाख शुक्ल पूर्णिमा दिन सबैलै संयुक्त रुपमा बुद्ध जयन्ति मनाउदै आएको बताउनुभयो ।


बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले बौद्ध धर्ममा आस्था राख्ने, बौद्धको उपदेशको अनुशरण गर्दै शान्ति स्थापनामा अहम् भूमिका खेल्ने, धरानमा रहेका बौद्ध गुम्बामा अवद्धहरु एकै ठाउँमा उभिएर धेरै बर्षदेखि शान्तिको कामनासहित बुद्ध जयन्ति मनाउनै गरिएको स्वर्णिम चैत्य महाविहारका उपाध्यक्ष पूर्णकाजी शाक्यले बताउनुभयो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि समेत आजकै दिन गरिने गरिएको छ । यसैबीच नेपाल सरकारले सबै नेपालीलाई साँझ दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान समेत गरेको छ । बुद्धको उपदेशलाई विश्वमै आत्मसात गरिदै आएको छ । यो दिन नेपालमा मात्र हैन विश्वमै शान्तिका अग्रदुत गौतम बुद्धलाई सम्झिने गरिएको छ ।

तपाईको प्रतिक्रिया