सगरमाथा सम्बादलाई सहज बनाउन भारतद्वारा १५ विद्युतीय सवारी साधन प्रदान

धरान । आगामी जेगठ २ गतेदेखि ४ गतेसम्म काठमाण्डौमा हुन लागेको सगरमाथा संवादको पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न भारत सरकरकारले नेपाललाई १५ वटा विद्युतीय सवारी साधन आज उपहार स्वरुप प्रदान गरेको छ । भारतीय राजदुतवासद्वारा एक विज्ञप्ती जारी गरी मित्रता र सद्भावनाको एक महत्वपूर्ण संकेतको रुपमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले दुतावासमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री आरजु राणालाई ती विद्युतीय सवारी साधनहरु हस्तान्तरण गर्नुभएको हो ।


नेपाल सरकारको आग्रहमा हस्तान्तरण गरिएका ती विद्युतीय सवारी साधनहरु संवाद सञ्चालनका लागि लजिष्टिक व्यवस्थालाई थप बढाउनका लाग उपयोगी सावित हुने विज्ञप्तीमा जनाइएको छ । हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै राजदुत श्रीवास्तवले भन्नुभयो हस्तान्तरण गरिएका सवारी साधनले सम्वादको समयमा अतिथि र अधिकारीहरुको आवागमनमा सहज बनाउन मद्धत गर्ने आफूले विश्वास लिएको छु । उहाँले सन् २०२२ मा नेपालमा संघीय प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानुन कार्यान्वयन गर्ने निकायहरु र नेपालको निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै लजिष्टिक सहयोगको स्मरण समेत गर्नुभएको थियो । उहाँले संवादका लागि नेपाल सरकार र नेपाली जनतालाई शुभकामना समेत दिनुभएको थियो । दुई देशबीच पारस्परिक प्रगति र विकासलाई प्रवद्र्धन गर्न नेपालँग साझेदारी गर्ने भारतको निरन्तर प्रतिबद्धतामाथि राजदुत श्रीवास्तवले जोड दिनुभएको थियो । सो अवसरमा नेपाल सरकारको तर्फबाट सवारी साधनहरु ग्रहण गर्दै परराष्ट्रमन्त्री आरजु राणाले संवादको आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भारतको भूमिकालाई नेपालको सबै भन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारीहरुमध्ये एकको रुपमा स्वीकार गर्नुभयो । यहाँ स्मरणीय कुरा के छ भने भारत र नेपालबीच वहुआयामिक र वहु क्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनता जनता बीचको निकटतालाई प्रतिबिम्बित गर्दछ ।

तपाईको प्रतिक्रिया