घण्टाघरबाट हेर्दा

घिचेन्द्रदेवको चमत्कार
नेपाल विद्युत प्राधिकरणमा यतिबेला चमत्कारै भा’छ । पर्धानमन्तरी खप्रओले अनेकौ तारतम्य र तिकडम गरेर आफ्नै सालालाई प्राधिकरणको बाबु साहेव बनाइएका हितेन्द्रदेव भन्या त घिचेन्द्रदेव पो परेछन् । फागुन मसान्तमा ९ अर्ब ४८ करोड भन्डारण गरिएको दाम घिचेन्द्र देवले एक महिनामै चिलिम फर्काएछन् । अहिले उल्टै १० अर्ब ऋण चाहियो भनेर स्वेतपत्र जारी गरेछन् । पाँच अर्ब घाटामा पु¥याएछन् । प्रगति भन्या त यस्तो हुनुपर्छ त । संसारमा नाम अनुसारको काम त कहीँ कतै हुँदै हुँदैन । एउटा खुट्टा Ïयाल्च्याङ्ग गरेर हिड्नेको नाम बीरबहादुर, डेक्ची जस्तो कुच्चिएको अनुहार भएकाको सुरक्षा, एउटा आँखो फुटेकाको नेत्रबहादुर, हात नभाकाको हस्त बहादुर, मान्छेको स्वभावै नभएको नरबहादुर, कानै नसुन्ने बहिराको कर्णबहादुर, सबैले छिछि र दुरदुर गर्नेको लोकबहादुर, टनकटाँकको धनबहादुर, परिआएको बेलामा कुकुरले टाङमुनि पुच्छर लुकाउदै टाप कस्नेको जीतबहादुर भनेझै हितेन्द्र देव भनेर भएन । घिचेन्द्रदेवले एक महिनामा गतिलै छलाङ्ग मारेछन् । अब नेपालका बजारमा इन्भर्टर व्यार्टी, सोलार प्यानलको माग बढ्ने निश्चित छ । ती व्यापारीबाट पनि गतिलै कमिशनको जोहो हुने निश्चित छ । आखिरी घिचेन्द्रदेव करप्सनका पिता (केपी) का साला न परे ।
अरबमै बजाउन थालेछन्

गाँडतन्त्रका शासकहरु बजाउने मामलामा अब पूर्ण पोख्त भएछन् । बजाउने कुरामा यिन्ले यतिबेला विश्व रेकर्ड नै कायम गरेका छन् । ऋण लिएर पनि बजाएकै छन्, जनताले तिरेको कर पनि बजाएकै छन्, नागरिक बेचेर पनि बजाएकै छन्, सुन ओसारेर पनि बजाएकै छन् । जसरी हुन्छ, जताबाट हुन्छ बजाउनैका लागि गाँडतन्त्र ल्याएको प्रष्ट बुझेका छन् । शुरु शुरुमा लाख हुँदै करोडतिर जम्प गरेका गाँडेहरु यतिबेला अरब भन्दा तल्लो कलममा आँखै गाड्दैनन् । अब हेरम पोखरा विमान स्थल, भैरहवा, विमान स्थल बनाउने कामै थिएन । अरु बेला कुकरले सिनो लुछेझै ङ्यार्र ङ्यार्र गर्ने गणेहरु खाने बेलामा एकै ठाउँमा गर्दन जोड्छन् । पोखराबाट १४ अर्ब, भैरहवाबाट १३ अर्ब बजाएछन् । यो त देखिएको मात्र हो । यस्ता माल त कति बजाए बजाए । अनि फुइøयाँको देश उँभो लाग्छ ?
ठूलो आन्दोलनमा जाने रे
सत्ताबाट सकडमा आएका धुन्धुकारी एकजना गाँडे यतिबेला छाती पिट्दै्र कहिले तराईतिर, कहिले पहाडतिर दौडिन थाल्या छन् । प्रचण्ड नामका ती गँणेलाई सडकमा मिल्किनु पर्दा हुन सक्मको पीडा भा’ रैछ । कहिले बुढानिलकण्ठे स्यालबहादुरलाई फकाएर सिढी चढ्न खोज्छन्, कहिले झालेमालेका दोस्रो दर्जाकालाई भेटेर कानेखुशी गर्छन्, कहिले भ्यागुताको धार्नी पु¥याउन सकिन्छ कि भनेर भए भरका फोहोरका थुप्रा बटुलेर समाजवादी मोर्चा खोलेका नाटक गर्छन् । जतिसुकै उफ्रे पनि भ्यागुतो कान्ला मुनिको कान्ला मुनि । अब कुनै गञ्जायस नदेखेसी’ छिट्टै ठूलो आन्दोलनमा जाने भनेर थर्काउन थाल्या छन् । एउटासँग विवाह गरेर अर्कोसँग सुहागरात मनाउन थालेसी’ विचरा यतिबेला घर न घाटका भा’छन् ।
सत्तासीन गणेहरुको तानाशाह
यतिबेला सत्तासीन गणेहरुको निन्द्रा हराम भएको छ । चौतर्फी झुटको खेति गरेर विगत ३५ बर्षदेखि लुट मच्चाउदै आएकाहरु शान्तिपूर्ण आन्दोलनमा सामेल भएकाहरुलाई समेत महान शत्रु देख्न थाल्या छन् । हुन त सिद्धिने वा निभ्ने बेलामा बत्ती पनि निक्क जोडले बल्छ । छिचिमिराको प्वाँख झर्छन् । सत्तासीन गणेहरुको तनाशाही चरित्र यतिबेला उत्कर्षमा पुग्या छ । पञ्चायतको समयमा राज्य विरुद्धको अपराध गरेका, ज्यान मारेकालाई समेत जेलमा हत्कडी लगाइदैनथ्यो । प्रहरीको अरोपित पहिलोँ वस्त्र धारण गराइदैन थियो । अहिले त बोल्दा, लेख्दा, नारा लगाउँदा पनि जेल हालिन्छ, हत्कडी लगाइन्छ । अत्याचारले अबचाहिँ सीमा नाघेजस्तो छ । अति गरेसी’ खति हुन्छ भन्ने कुरा गणेहरुलाई कस्ले सम्झाइदिने ?
लुरे बाजेको बर्बराहट
काम काज बिना ढुलीमली हसुदै आएका तनहुँ बाहुन डाँडाका लुरे बाहुन पनि केही दिन यता ताइ न तुइले निक्कै बर्बराउन थाल्या छन् । शितल निवासमा मडिया मारेर राजसी खानपान सित्तिमा गर्दै आएका लुरे बाजे किन बर्बराएका होलान् ? पक्कै पनि तिनले अब आÏनो शितल निवासे दानापानी हरिने संकेत पाएको हुनुपर्छ । अस्तिका दिन त ती लुरे बाजले भन्या संविधान संसोधन हुन्छ, गणतन्त्र विरोधीलाई कडा प्रतिकार गरिने छ रे । बाजेले संविधान संसोधन गर्दा गणतन्त्र जोगिने बुझ्या रै’छन् । जनता नै गणतन्त्रका विरुद्धमा सडकमा आएपछि कस्ले प्रतिकार गर्ने ? बाजेले खै कुरा बुझेको ? बुझेका दिन गुहार भन्दै धाइफल तोड्दा थाहा हुन्छ ।
करप्सन पिताको प्रश्न
करप्सनका पिता माने केपी ओलीले अस्तिका दिन आफ्ना झोले झ्याम्टेको बीचमा बसेर प्रश्न गरेछन् । अहिले त प्रहरीलाई किच्न जान्छन् सत्तामा पुगेपछि के गर्लान् ? करप्सनका पिताले क्या गज्जबको प्रश्न गरेछन् । विचरामा निक्कै ठूलो त्रास पैदा भा’रैछ । अर्काको घरमा लुकेर गोली हान्न निर्देशन दिने, अश्रुग्याँस प्रहार गर्न निर्दशन दिने, पत्रकारलाई जलाएर मार्न निर्देशन दिने, आफ्ना झोलेहरु पठाएर पसलबाट फलफूल चोर्न लगाउने, रक्सी चोर्न लगाउने, जडिबुटीमा आगो लगाउन निर्देशन दिने, राष्ट्रिय गीतको अपमान गर्ने, राष्ट्रिय गीत बज्दा अश्रुग्याँस हान्न निर्देशन दिने, निहत्थालाई अँठ्याएर मुद्धा लगाएर हत्कडी लगाउने निर्देशक दिने कामचाहिँ राजसस्थावादीले गर्दैनन् । वात करता है ।
८ +१० पूरै देश सखाप
नेपालमा सत्तासीन गणेहरु साह«ै दक्षका छन् । वाल्वाटारे करप्सन पिता र भर्खरै मात्र जस्केलाबाट छिरेर साँसद भा’का गुजी पन्तको शैक्षिक योग्यताको सर्वत्र चर्चा हुन थाल्या छ ।
करप्सनका पिता माने केपीको शैक्षिक योग्यता ८ कक्षा अनि शिक्षामन्त्री फाउमा पाएका गुजी पन्तको कक्षा १० । माने अबचाहिँ ८+१० पास पुरै देश सखाप । ८र १० पास भा’काले मुलुक चलाएसी’ विचरा शिक्षकहरु एक महिना काठमाण्डौमा हल्लिएर आधा झोला आश्वासन बोकेर फर्किएका छन् । देशै चलाउन शैक्षिक योग्यता नचाहिने भएसी’ वित्थाँ किन उच्च शिक्षा आर्जन गर्नुप¥यो ? बात बुझ्नुमा छ ।
अन्तेमा
खाने मामलामा गणेहरुले केही नछोड्न् भए । अब त हुँदा हुँदा मठमन्दिरको भेटीपातिमा समेत भागबण्डा गर्न थालेछन् । देशलाई धर्म निरपेक्ष बनाउने, मठ मन्दिरको जग्गा बेचेर खाने, दान दक्षिण भाबण्डा गर्ने, हैन हौ यी दलालहरुलाई अब सरम लाग्न पुरै छाडेको हो ? अब हेरम न कोशी प्रदेशमा रहेको खोटाङको खलेसी महादेवको मन्दिरको दान दक्षिणा झालेमालेले उठाएर हसुर्ने अनि सुनसरीको बराहक्षेत्रमा रहेको बराह क्षेत्र मन्दिरको दक्षिणा लाउरेसले उठाएर खाने सहमति भएछ । माने भागबण्डा गरेछन् । हैन हँे लाउरेस र झालेमालेले ती मन्दिरहरुको संरक्षण गर्न के ग¥या थिए हँ ? अब मुलुकभरिका मठ मन्दिरका भेटीमा विस्तारै भागबण्डाको श्रृंखला शुरु होला जस्तो छ ।

तपाईको प्रतिक्रिया