कुल पूजा (देवाली) को पूर्व सन्ध्यामा धरानको कृषि बजारमा बोकाको कारोबार बढ्यौ

धरान । दशै तथा तिहारको समयजस्तै ब्राम्हण क्षेत्रीहरुको कुल पूजा नजिकिदै जाँदा खसी बोकाको कारोबार बढेको छ भने विगतमा भन्दा खसी बोकाको मूल्यमा समेत बृद्धि भएको पाइएको छ । खसी बोकाको कारोबार हुने धरान १३ स्थित कृषि बजारमा अहिले खसी भन्दा पनि एक रंगको कालो वा सेतो बोकाको विक्री ह्वात्तै बढेको छ । नेपालीहरुले विभिन्न चाडपर्वमा मासुका परिकारलाई विशेष जोड दिन्छन् । दशै, तिहार जस्ता चाडपर्वमा खसी बोका लगायत अन्य चौपाया बली दिने प्रचलन छ जसले गर्दा यस समयमा यो बजारमा खसी बोकाको विक्री बढ्ने गर्छ । त्यस्तै ब्राम्हण तथा खस क्षेत्रीहरुको कूल पूजा अर्थात देवालीको समयमा एक रंगको बोकाको अत्याधिक कारोबार हुने गरेको छ । बार्षिक रुपमा यो बजारबाट ३ करोड बराबरको खसीको कारोबार हुने यो बजारबाट दशै, तिहार तथा कुलपूजा लगायतका चाडपर्वमा विशेष खसी बोकाकाको कारोबार हुने गर्छ । व्यापारी तथा कृषकहरुले यस बजारमा साताको दुई पटक विहीबार र शुक्रबार दुई दिन खसी बोका विक्रीका लागि ल्याउने गर्छन् । दिवाली अर्थात कुल पूजाको समयमा एक रंगको बोका पूजामा प्रयोग गर्ने भएकोले यतिखेरको समयमा अन्य बेला भन्दा महंगो पर्ने व्यवसायी मदन कार्की बताउनुहुन्छ ।


यो बजारमा पूर्वको ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर लगायत सुनसरी र मोरङका विभिन्न ठाउँबाट व्याष्पारीहरुले कृषकले पालेको खसी बोका खोरबाटै खरिद गर्ने र कतिपय कृषकले कृषि बजारमा आफे ल्याएर विक्री गर्ने गर्छन् । अन्य दिनमा जिउसो खसी प्रतिकेजी ६ सय सम्म पर्ने भएपनि चाडपवर्कका समयमा प्रतिकेजी ८ सय सम्म पर्नै व्यवसाीहरु बताउँछन् । कुल पूजाको लागि कालो तथा सेतो एक रगको बोका चलाउने भएको यस्ता एक रंगका बोकाहरुको मूल्य अहिले धेरै बढेको अर्का व्यवसायी नविन श्रेष्ठ बताउनुहुन्छ ।
कृषि बजार अहिले पशुपालक कृषक तथा व्यापारीहरुका लागि व्यवसायिक बजारको रुपमा स्थापत भएको छ । कृषक तथा व्यवसायीहरुलाई खसी बोका बाँध्ने स्थानसँगै सर्वसुलभ ढंगबाट होटलको व्यवस्था गरिदिएका कारण पनि शुक्रबार लाग्ने हटिया भन्दा तीन दिन अगाडि नै यो बजारमा खसी बोका ल्याउने गरेको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरी बताउनुहुन्छ । उहाँले पशु बजारले कृषक तथा व्यवसायीहरुलाई रोजगार दिएको बताउनुभयो । कृषि जन्य सामाग्रीहरु हरियो सागसब्जी, आलु टमाटर, लसुन, वेसार, अदुवा लगायतका व्यापारसँगै अहिले कृषि बजारमा खसी बोकाको व्यापार पनि बढ्दै गएको पाइएको छ । यो बजारका कारण खसी बोका व्यापार गर्ने कृषक तथा व्यपारीमात्र हैन खरिद गर्ने उपभोक्ताहरुलाई समेत सहज भएको छ । पूर्वी पहाडी जिल्लाबाट आएका कृषिजन्य सामाग्री नेपालका विभिन्न स्थान र भारतसम्म पुग्ने गरेको छ । यो बजारले रोजगारी सिर्जना गरेको छ ।

तपाईको प्रतिक्रिया