धरान । अहिले हरेक संघ संस्थाले ‘स्वास्थ्य नै धन हो’ भने कुरालाई आत्मसात गर्दै सामाजिक कामसँगै स्वास्थ्य समबन्धी विविध कार्यक्रमको आयोजना गर्ने क्रम बढ्दै गएको छ । धरानका सामाजिक संघ संस्थामात्र हैन अन्यत्रका संघ संस्थासमेत सामाजिक कार्यसँगै स्वास्थ्य समबन्धी गम्भीर बनेका हुन् । धरानमा रहेका धेरै संघ संस्थाहरु सामाजिक कार्यसँगै स्वास्थ्य सेवालाई समेत जोडेर समय समयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने गछन् । प्राय ः जुन संस्थाले निःशुल्क स्वास्थ्य सेवाको आयोजना गर्दै आफ्नै ठाउँ, गाउँलाई लक्षित गर्ने गर्छन् तर मोरङको एक संस्थाले भने धरान १४ विजयपुरमा रहेको धार्मिक क्षेत्रमा निःशुल्क शिविरको आयोजना गरेको छ । लेटाङ नगरपालिका वडा नं. ९ बुद्ध चौकमा रहेको राष्ट्रिय मगर गुरुकुल संस्कार र संस्कृति नेपालले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर परिषरमा निः शुल्क आँखा शिविरको आयोजना गरेको छ ।


मगर जातिको उत्थानसँगै सामाजिक कार्यमा सलग्न यो संस्थाले आँखा शिविर बाहेक स्वास्थ्य सम्बन्धी विविध रोगका निः शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको संस्थाले जनाएको छ । संस्थामा आवद्ध लेटाङका महागुरु शिवशक्ति बाबाले दैवी शक्तिको आधारमा देश विदेशम रहेका बोल्न नसक्नेहरुलाई आफूले धेरै उपचार गराइसकेको बताउनुभयो । राष्ट्रिय मगर गुरुकुल संस्कार र सँस्कृति नेपालले धरानमा रहेको खुशी आँखा सेवा जनरल हस्पिटलमार्फत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरका आँखाको समस्या भएपनि चेकजाँचका लागि अस्पतालसमम पुग्न नसकेकाहरु लाभान्वित भएको खुशी आँखा अस्पतालका प्रबन्ध निर्देशक बासुदेव सिंजाली मगरले बताउनुभयो । उहाँले निम्न वर्गलाई लँिक्षत गरी विभिन्न सघ संस्थासँग समन्वय गरेर निरन्तर निः शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको बताउनुभयो । सो अवसरमा एक सय भन्दा बढी सर्वसाधारणहरुले सेवा लिएका थिए । मन्दिर परिषरमै आयोजना गरिएकोले मन्दिरम दर्शन गर्न आउनेहरुले समेत आँखा चेकजाँच गराएका थिए ।
