फुटबल मैदानमा गुरुङको निधन

धरान । धरान उमहानगरपालिका वडा नं. १६ पुण्यमार्गका अनुपम गुरुङको शनिवार फुटबल मैदानमा दुःखद् निधन भएको छ । उनी जोर सखुवा नजिक रहेको खेल मैदानमा नियमित अभ्यास गर्न जाने गरेका थिए । सोही क्रममा शनिवार समेत झोलामा घरबाटै पानी बोकेर खेल मैदानमा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शारीरिक तन्दुस्तीका लागि गुरुङ विगत केही बर्षदेखि नियमित यस्तै अभ्यास गरिरहेका थिए । साथीहरुबीचमा फुटबल खेलिरहेका उनी एक्कासी रिंगटा लाग्यो भन्दै मैदानबाट बाहिरिएर नजिकैको ढुंगामा गएर बसेका थिए । सोही समय उनले घरबाट ल्याएको पानी पिएको र ढलेको देखेपछि अन्य साथीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र साथीहरुको सहयोगमा उनलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए तापनि चिकित्सकले उनलाई मृत घोषित गरेको थियो । वि.सं. २०४५ सालमा जन्मेका ३७ बर्र्षीय गुरुङ अत्यन्तै मिलनसार र अनुशासित रहेका थिए ।

तपाईको प्रतिक्रिया