चार तीर्थयात्रीको जलेर मृत्यु

ताप्लेजुङ । नेपालको प्रसिद्ध धार्मिक स्थल पाथीभरा माताको दर्शन गर्न गएका चार तीर्थयात्रीको सोमबार जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारी अनुसार ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका वडा नंं १० स्थित काÏले पार्टी सडक खण्डको गुन्द्रे र तेस्रे सडक छेउमा विद्युत तारबाट करेन्ट लागेर चारजना तीर्थयात्रीको मृत्यु भएको हो । सोमबार विहान ४ बजे काफ्ले पार्टीका लागि हिडेको मे १ ज ३०११ नं. को बोलेरो पोलबाट झरेको विद्युतीय तारमा परेको थियो ।

एक्कासी बोलेरोमा आगलागी हुँदा मृत्यु हुनेमा बोलेरो चालक ४२ बर्षीय दुर्गा भट्टराई, ललितपुर महानगरपालिका वडा नं. १६ की आध्या आचार्य, झापाकी ६९ बर्षीया सरिता पौड्याल र झापाकै ७० बर्षीय विनोद पौड्याल रहेका छन् । बालेरो गाडीमा जम्मा ६ जना रहेकोमा ललितपुरकी ४५ बर्षीया रविना आचार्य र उनको छोरा अभिमय आचार्य जलेर गम्भीर घाइते भएको र उनीहरुलाई उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल पु¥याएको थियो । ताप्लेजुङमा वर्थिङ सेन्टर नभएकोले उनीरुलाई थप उपचारका लागि सोमबारै काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया