सम्माननीय सुवासचन्द्रर नेम्बाङ,संसद् सभामुख महोदय एवं माननीय सांसद गण
म नेपालमा आउन पाएकोमा हषिर्त छु । धेरै–धेरै वर्षअघि एक पथिक या तीर्थालुको रुपमा म यहाँ आएको थिएँ । यो भनाइ कि एकपटक तपाइँले नेपालको भ्रमण गर्नुभयो भने यो जीवनपर्यन्त सम्बन्धमा बदलिन्छ । प्रथमत : यस सुन्दर देशको साथीको रुपमा म फेरि फर्केर आएको छु ।
प्रधानमन्त्रीको हैसियतमा फर्केर आएको मैले आफूलाई भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो, जुन म प्रधानमन्त्री हुनवित्तिकै गर्न चाहन्थेँ। किनकि हाम्रो नेपालसँंगको सम्बन्ध उच्चतम प्राथमिकतामध्ये हो।
निमन्त्रण गर्नुभएकोमा म नेपाल सरकार र जनतालाई धन्यवाद दिन चाहन्छु । मसँंगै मैले एक सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु ।
तपाइँ कल्पना गर्न सक्नुहुन्छ, यो मेरो लागि कति गर्वको पल हो । किनकि, तपाइँको संसद्मा म पहिलो पाहुना हुँ, जसलाई तपाइँले बोलाउनुभएको छ र सम्बोधन गर्ने अवसर दिनुभएको छ । यो सम्मान मात्र नरेन्द्र मोदी या भारतीय प्रधानमन्त्रीप्रति मात्र होइन, सवा सय करोड भारतीयप्रतिको हो । म यसका लागि आदरणीय सभामुख र तपाइँ सबैलाई धन्यवाद दिन चाहन्छु ।
भारत र नेपालको सम्बन्ध उतिनै पुरानो छ, जति हिमालय र गंगा
पुराना छने । त्यसैले हाम्रो सम्बन्ध कागजको किस्तीबाट अगाडि बढेको होइन । हाम्रो सम्बन्ध हृदयका कथाहरुले भन्ने गर्छन् । जनजनका मनको प्रतिघोषको रुपमा छ । म मूलत : गुजरातको हुँ, जुन सोमनाथको भूमि हो । र सोमनाथको भूमिबाट हिँडेर राष्ट्रिय राजनीतिको अध्याय काशी विश्वनाथको भूमिबाट सुरु गरेको थिएँ । र आज पशुपतिनाथको चरण आएर उभिएको छु ।
यो त्यो भूमि हो, जहाँं (किशोरीजी) बालक कालमा खेल्थिन ्। जहाँ आज पनि जनकको स्मरण गरिन्छ । यो त्यो भूमि हो, जसले विश्वलाई नै अचम्मित गर्ने भगवान् बुद्धलाई जन्म दियो ।त्यस्तो सांस्कृतिक विरासतको धनी हो । जब म काशीको प्रतिनिधि बनें मेरो त, नेपालसँग नाता अरु जोडियो । किनकि काशीमा एक मन्दिर छ, जहाँंका पूजारी नेपालका छन् र नेपालमा पशुपतिनाथको मन्दिर छ, जहाँका पूजारी हिन्दुस्तानका छन् ।
भारतको कुनै व्याक्ति जो ५१ शक्ति पीठ दर्शनको कामना गर्छ भने ती ५१ पीठमध्ये दुइटा नेपालमा छन ्। यस्तो अटुट नाता छ । यतिमात्र होइन, हिन्दुस्तानले त्यस्तो कुनै लडाइँ जितेको छैन्, जहाँ नेपालीको रगत नबगेको होस् । ्कुनै नेपालीको सहादत नभएको होस् । भारतको रक्षाको लागि र भारतको स्वाभिमानका लागि नेपालका बहादुर मरिमेट्न कहिल्यै पछि परेनने । भारतका लागि बाँच्ने र मर्ने ती नेपालीलाई म आज नमन गर्न चाहन्छु ।
भारतीय सेनामा एउटा भनाइ छ । उनीहरु भन्छन्, कोही सेनाको जवान मृत्युबाट डराउँदिन भन्यो भने ठान्नु या त उ झूट बोलिरहेको छ वा ऊ गोर्खा हो । अर्थात् गोर्खाले मृत्युदेखि डराउँदिन भन्यो भने त्यो साँचो हो । यो कुरा फिल्डमार्सल माडिक सा ले भनेका थिए । यो त्यस्ता वीरको भूमि हो । साँस्कृतिक धारा छ ।
र आज म भन्न सक्छु– नेपाली नागरिक मात्र होइन। लोकतन्त्रमा विश्वास राख्ने पूरै विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ, अर्थात् यो संविधानसभामा बसेका तपाइँ सबैमा केन्द्रित भएको छ। लोकतन्त्रमा विश्वास गर्ने पूरा विश्व आज तपाइँतिर हेरिरहेको छ । आशा पूर्ण नजरले हेरिरहेको छ । तपाइँलाई लागेको हुन सक्छ, सदनमा बसेर संविधान निर्माणको चर्चा गरिरहेका छौं, भिन्नभिन्न धाराको चर्चा गरिरहेका छौ ं। समाजका भिन्नभिन्न वर्गका जनताको कल्याणको चर्चा गरिरहेका छौं। तर यति मात्र होइन, संविधान निर्माताको रुपमा तपाइँलाई यो सौभाग्य प्राप्त गर्नुलाई त्यो घटनासँग म जोड्न चाहन्छु। ऋषिमुनिहरुले कसैले वेद बनाए, कसैले उपनिषद् बनाए। कुनै युगमा संहिताको निर्माण भया े। र जसको प्रकाशमा हजारौं वर्षदेखि हामी आफ्नो जीवन निर्वाह तथा आयोजना गर्छौं। त्यही कडीमा आधुनिक जीवनमा
राष्ट्रको संविधान पनि नयाँ संहिताको रुपमा जन्म लिन्छ । नयाँ युगलाई दिशा दर्शन दिने काम संविधानको माध्यमबाट हुन्छ । जुन कुनै समयमा ऋषिमुनिले वेद, पुराण र संहिताबाट गरेका थिए । एक प्रकारले तपाइँ नयाँ संहिता लेखि
रहनुभएको छ । त्यसैले यस्तो सौभाग्य प्राप्त गर्ने तपाइँ सबैलाई म हृदयदेखि नै अभिनन्दन गरी बधाई दिन चाहन्छु ।
तर संविधान निर्माण पूर्वसर्त हुन्छन्, संविधान निर्माणका लागि “ऋषिमन” हुनु जरुरी हुन्छ । त्यो मन जो टाढाको कुरा देख्न सक्छ । त्यो मन समस्याको अन्दाज लगाउन सक्छ । त्यस्तो मनले आज पनि त्यो शब्दमा अंकित गर्नेछ, जुन सय वर्षपछि पनि समाजलाई
सुरक्षित राख्न र समाजको विकास यात्रालाई अगाडि बढाउने कोसिस
गर्नेछ ।
कति पवित्र, कति उम्दा र कति विशाल र कति व्यापक उद्देश्य तपाइँसँग छ । त्यसैले तपाइँहर धेरै भाग्यशाली हुनुहुन्छ म तपाइँलाई नमन गर्न र अभिनन्दन गर्नका लागि आएको छु ।
संविधान एउटा किताब होइन । संविधानले हिजोआज र भोलिलाई जोड्छ । म कहिलेकाहीँ सोच्छु– भारतको संविधानले हिमालयलाई समुन्द्रसँग जोड्छ। भारतको संविधान कचको मरुभूमिलाई नागाल्यान्डको हराभरा पर्वतमालासँग जोड्छ। सवा सय
नागरिकका मनका आशा र अपेक्षालाई पल्लवित गर्छ । तपाइँहरु जुन संविधान निर्माण गर्दै हुनुहुन्छ। त्यो मात्र नेपालका नागरिकका लागि मात्र होइन, दुनियाँको इतिहास एक स्वणर््िम पृष्ठ लेख्न लाग्दै हुनुहुन्छ । तपाइँलाई आश्चर्य होला, कि मोदीजी यो के भनिरहेका छन् । म साँचो भनिरहेको छु, तपाइँको संविधान बन्नेछ, त्यो नेपालका लागि मात्र होइन विश्वका लागि स्वर्णिर्म पृष्ठ बन्नेछ । किनकि इतिहासका धरोहरलाई हेर्यौं भने एकजना अशोक सम्राट् थिए, जो युद्धपछि शान्तिको खोजीमा निस्के र बुद्धको शरण गए । र एउटा नयाँ स्वर्णिर्म इतिहास लेखियो ।
म ती सबैलाई बधाई दिन चाहन्छु, जसले युुद्धको बाटो छोडेर ब्यालेटको बाटोमा हिँड्ने संकल्प गरे । नेपालको धर्तीमा म ती सबैको अभिनन्दन गर्छु, युद्धबाट बुद्धतिर प्रस्थान गर्नुभयो र सदनमा जसको उपस्थितिले युद्धको बुद्धतर्फको तपाइँको यात्रा अनुमोदित गछै । यसका लागि तपाइँलाई बधाई दिन आएको हुँ । तपाइँ जुन संविधान निर्माण गर्नुहुनेछ, त्यो संविधान, मलाई विश्वास छ, शान्ति प्रक्रियाको गर्भबाट एउटा यस्तो उम्दा संविधानले जन्म लिनेछ, जसले कोटीकोटी जनताको आशा पूरा गर्नेछ ।
तर योभन्दा पनि अगाडि, संसारका कैयन् भूभागमा अहिले सानाठूला कैयन् गुट यस्ता जन्मेका छन्, जसलाई हिंसामै विश्वास छ । शस्त्रको माध्यमबाट सुख प्राप्त गर्ने बाटो उनीहरुले देखेका छन् ।
संविधान बनाएपछि नेपाल विश्वका अगाडि यस्तो देश बन्नेछ, जसले संसारलाई शस्त्र छोडेर शास्त्रको सहयोगमा पनि जीवन बदल्न सकिने विश्वास दिलाउनेछ । यस्तो उम्दा काम तपाइँहरु गर्दै हुनुहुन्छ। हिंसामा विश्वास गर्ने संसारका समूहहरुलाई नेपालको सन्देश जानेछ कि बम, बन्दुक र पेस्तोलले भलाइ हुँदैन बरु संविधानको सीमाभित्र लोकतान्त्रिकपद्धतिद्वारा इच्छित परिणाम प्राप्त गर्न सकिन्छ । यस्तो उम्दा काम तपाइँले सुरु गर्नुभएको छ। यसमा त्यस्ता मानिसको सहभागिता छ, जसले कुनै बेला शस्त्रमा भरोसा गरेका थिए। अब युद्ध छोडेर बुद्धतर्फ जाने बाटो अपनाए । यस्तो काम तपाइँबाट भइरहेको छ, जसमा संविधानसभाको माध्यमबाट हिंसामा विश्वास राख्ने मानिसलाई पुनविर्चार गर्न बाध्य पार्नेछ। र तपाइँको प्रयोग सफल भए, विश्वलाई हिंसाबाट मुक्तिका लागि एउटा उदाहरण यो बुद्धको भूमिबाट प्राप्त हुनेछ। म यो संविधानसभामा त्यो शक्ति देखिरहेको छु। त्यसैले म त्यस रुपमा यो संविधानसभालाई त्यो सामथ्र्यको रुपमा देखिरहेको छु।
संविधान कसका लागि भारत सुरुदेखि नै ठान्दै आएको छ, हाम्रो काम तपाइँको काममा दखल गर्ने होइन । भारतको काम तपाइँ जुन संकल्प गर्नुहुन्छ । तपाइँ जुन दिशा चुन्नु हुन्छ, त्यसमा हामी काम आउन सक्छौं भने हाम्रो संकल्प हो । तपाइँलाई दिशा दिनु वा कुनै लक्ष्यतर्फ लिएर जानु हाम्रो काम होइन । नेपाल एक सार्वभौम राष्ट्र हो । हाम्रो इच्छा यति हो कि हिमालयको यो राष्ट्रले हिमालयजस्तो उचाइ प्राप्त गरोस् । र पूरा विश्व नेपाललाई देखेर गौरान्वित होसे । त्यस्तो नेपाल देख्ने हाम्रो इच्छा छ । त्यसैका लागि तपाइँको छिमेकमा बसेर र लोकतन्त्रको अनुभवका आधारमा यो बाटोतर्फ तपाइँ गइरहनु भएको सुन्दा राम्रो लाग्छ।
संविधान सर्व समावेशी होस् । हरेक नेपाली नागरिक जो गरिब होस् वा धनी, पढेको होस् वा अनपढ होस्, गाउँमा वा सहरमा होस् । संविधान आउँदा हर नेपालीलाई लागोस्, यो यस्तो पुष्पगुच्छा हो, जसमा मेरो फूलको पनि सुगन्ध छ। संविधान निर्माता त्यस्तो पुष्प गुच्छा बनाउनेछन् कि हरेक नेपालीले यो सोच्ने छन् कि यस्तो पुष्पगुच्छा आयो, जसमा मेरो पनि फलको “महक”
आइरहेको छ, त्यस्तो काम तपाइँ गर्दै हुनुहुन्छ ।
संविधान सर्वजन हिताय होस् र सर्वजन सुखाय होस् कुनै एक व्याक्तिको भलाइ गर्ने होइन । संविधान, जनजनको आकांक्षाको पूतिर्का लागि हुनुपर्छ । संविधानले जोड्छ संविधानले कहिल्यै पनि तोड्दैन । संविधान विवादको संवादतर्फ लैजाने एउटा माध्यम हुन्छ । त्यसैले चाहे पहाड होस् वा तराई संविधान जोड्ने काम गर्नेछ, थप तागत उत्पन्न गर्ने काम गर्छ । त्यो दिशामा तपाइँ सिद्धि प्राप्त गर्नुहुनेछ, यो मेरो विश्वास हो । संविधान वर्तमानको बोझबाट दबिएको हुँदैन ।
मेरो तात्पर्य हो, जसले वर्तमानबाट मुक्तिको अनुभूति गर्छ र जो आउँदो समयको गहिराइलाई राम्ररी देख्न सक्छ त्यो नै ऋषिमन हुन्छ, जसले आउने पुस्ताका लागि संविधान बनाउँछ, त्यो नै ऋषिमन हुन्छ ।
संविधानमा हजारौं चिज राम्रो भए पनि कतै एउटा कमा वा पूर्णविरामसमेत यस्तो होस्, जो आज थाहा नभए पनि कतै पचास वा सय वर्षपछि विषको वीज नबनोस्, विषवृक्षको रुपमा नझाँगियोस्, जो नेपालीका सपनाहरुमा तुषारुपात
गरोस्, त्यस्तो चिन्ता यो संविधानसभाले गरोस् । मलाई पूरा विश्वास छ ।
म मान्छु, तपाइँले जुन काम गर्नुभएको छ, त्यो आफैंमा गर्वयोग्य छ। शस्त्रलाई छोडेर शास्त्र समाउनु । यही नै बुद्धको भूमिबाट निस्किने उदाहरण हो । र यो अर्थमा भारत चाहनेछ, जुन तपाइँले तय गर्नुभएको छ, जुन मैले सुनें मलाई लाग्छ धेरै उत्तम काम, संघीय लोकतान्त्रिक गणतन्त्र । आज संसारमा भएकोमध्ये उत्तम बाटो तपाइँले चुन्नुभएको छ । भारत सधैं तपाइँको यो संघीय लोकतान्त्रिकगणतन्त्रको कल्पनालाई पूरापूरा आदर र स्वागत गर्छ। प्रतीक्षा यही छ, जतिसक्दो चाँडो होस ।
नेपाल र भारतको नाता यस्तो छ, थोरैमात्र हावा यहाँ चल्दा पनि हामीलाई समेत चिसो लाग्छ। यहाँ घाम चकिर्ए, गर्मी हामीलाई पनि हुन्छ। यस्तो अटुट नाता छ।
हिमालयमा यतिधेरै प्राकृतिक सम्पदा छ, भारतले बजेटमार्फत पनि त्यससम्बन्धी काम सुरु गरेको छ। नेपालमा पनि त्यसमा अगाडी बढ्न सक्छ। हामी मिलेर हिमालयको शक्तिलाई मानव हितमा प्रयोग गर्न सक्छौं। त्यसका लागि साधन वा तरिका के हुन सक्ला? हिमालयको शक्तिलाई चिनौं। विज्ञानले जुन साधन दिएको छ, मानव जातिको कल्याणको दिशामा हामीले काम गर्नुपर्छ।
जब तपाइँ चैनसाथ सुत्नुभएको छैन भने हिन्दुस्तान चयनले सुत्न सक्दैन। नेपालका कोही भाइ भोका छन् भने भारत कसरी आनन्द लिन सक्छ ? जब हिजो कोशीको घटनासम्बन्धी समाचार आयो, मेरो पूरै सरकार लागिपर्यो । यदि ठूलो घटना भएको छ, ठूलो चट्टान खसेको छ । कोशी नदीको पानी रोकिएको छ । कति मान्छे हराए, कति मारिए, जति चिन्ता तपाइँलाई हुन्छ त्यति नै चिन्ता मलाई पनि हुन्छ । किनकि यो दु :ख तपाइँको हो र मेरो पनि । यो आपत तपाइँको हो र मेरो पनि । जसरी हिन्दुस्तानको कुनै कुनामा मद्दत पुया’इन्छ, त्यति नै छिटो मद्दत पुर्याउने काम गरिया े। किनकि तपाइँ हाम्रो हुनुहुन्छ । हामी र तपाइँ अलग हुनै सक्दैनौं। त्यसैले तपाइँको विकास र जति पनि इच्छा–आकांक्षा पूरा गर्न भारत प्रतिवद्ध छ।
नेपाल जहाँबाट जन्मेका बुद्धले विचारको प्रकाश दिएर मनको अँध्यारो हटाएका थिए । र मानव जातिलाई नयाँ चेतना प्राप्त भएको थियो। यो नेपाल पानीमा यति धनी छ, जो बिजुलीको माध्यमबाट हिन्दुस्तानमा जति पनि अँध्यारो छ, त्यसलाई हटाउन सक्छ । र हामी बिजुली सित्तैमा चाहँदैनौं किन्न चाहन्छौं। हामी तपाइँको पानी पनि लैजान चाहँदैनौं ।
त्यसो त म जान्दिन नेपालमा यो कुरालाई कसरी हेरिन्छ, पानी र जवानी कहिल्यै पनि पहाडलाई काम लाग्दैनन ्। पानी पहाडबाट निस्किन्छ र बगेर जान्छ। र जवानी पनि उमेर बढ्नवित्तिकै कतै रोजगार गरेर कमाउनका लागि पहाड छोडेर हिँड्छ।
कुनै युगमा यो भनिएको होला, तर अब यसलाई बदल्नु छ । त्यो पानी पहाडलाई काम लागोस् त्यो जवानीले कसरी पहाडमा रौनक ल्याओस ्। नयाँ दिशा बदलोस ्। यसैले विकास यही एक बाटो हो। भारत र नेपाल दुवै युवा बहुल देश हुन्। यहाँ कति नवजवानको उपस्थिति छ। ती नवजवानको हातमा अवसर दिइए, नेपालका भोलि मात्र होइन आजै बदलिन सक्छ । त्यो अवसर कसरी मिल्ला? हामी प्राकृतिक संशाधनको समुचित उपयोग गरेर । विकासको दिशा तय गर्दैनौं भने कसरी होला? भारत त्यसमा तपाइँको काँधमा काँध मिलाएर चल्न चाहन्छ। निर्णय तपाइँ गर्नुहोस ्। तपाइँ आफ्नो नेतृत्वका परिचय दिनुस् ।
एक्लो हिन्दुस्तानलाई बिजुली बेचेर पनि नेपालसमृद्ध देशको पंक्तिमा आउन सक्छ । त्यो तागत तपाइँसँग छ । हामी यसमा तपाइँको साथमा छौं। हामी यसमा तपाइँसँग जोडिन चाहन्छौं। यहाँ ट्रकमार्फत कोइला आउँछ। युग बदलिसक्यो, पाइपलाइनबाट किन नआओस् । हामी त्यो काम पूरा गर्ने छौं ।
शिक्षा क्षेत्रमा यहाँबाट भारत गएका नवजवानलाई भारतले दिइरहेको छात्रवृत्ति बढाउन चाहन्छु । सम्झिनुस्, मैले आजै घोषण गरिदिएँं यसको फाइदा उठाउनुस ्।
जब लक्ष्मण मुछिर्त भएका थिए । हनुमान जडिबुटीको बिरुवा लिन यहाँ आएका थिए । आज पूरै विश्वमै होलिस्टिक हेल्थ केयरको चर्चा चलिरहेको छ । हिमालयको गर्भमा रहेका जडिबुटीलाई हामीले हर्बल मेडिसिनको रुप दिन सक्यौं भने नेपाल संसारमा जडिबुटीजन्य औषधिको सबैभन्दा ठूलो निर्यातकर्ता देश किन बन्न सक्दैन? के छैन तपाइँहरुको साम म तपाइँको साथ काँधमा काँध मिलाएर हिँड्न तयार छु ।
भारत हुनसक्ने सहयोग गर्नेछ ।
किनकि तपाइँसँग विकासलाई अघि लैजाने चिज छ, म कुनै नयाँ कुरा भनिरहेको छैन । पर्यटन † सवा सय करोड छिमेकीमा यस्ता देशवासी छन्, जो कुनै न कुनै बेला पशुपति नाथ आएर आफ्नो शिर झुकाउन चाहन्छन । भगवान् बुद्धसामु आएर शान्तिको सन्देश लिन चाहन्छन्। नेपालको पर्यटनलाई त्यसरुपमा किन विकसित नगर्ने, जसरी भारतका धेरैभन्दा धेरै पर्यटक नेपाल आऊने । र पर्यटन एउटा यस्तो क्षेत्र हो, जसमा कमभन्दा कम पुँजीबाट फाइदा लिन सकिन्छ।
पर्यटक आएका बेला चना बेच्ने पनि कमाउँछन्, बदाम बेच्ने पनि कमाउँछन्, अटो रिक्सावाला पनि कमाउँछ र ट्याक्सीवाला पनि कमाउँछ । चिया बेच्न पनि कमाउँछ । जब यो चिया बेच्ने कुरा आउँछ मलाई थप आनन्द आउँछ । भन्नुको अर्थ पर्यटन विकासको यति सम्भावना छ । साहसिक पर्यटनका लागि नेपालभन्दा ठूलो अरु ठाउँ कुन हुन सक्छ? विश्वका नवजवानलाई पागल बनाउने क्षमता तपाइँको धर्तीमा छ। म तपाइँलाई आह्वान गर्छु आउनुहोस् अगाडि आउनुहोस ।
पूरै विश्वका जवान जसलाई साहसिक पर्यटन गर्ने मनसाय छ, जो पहाड चढ्ने इच्छा राख्छ, तपाइँ पूरै विश्वका युवालाई लकार्न सक्नुहुन्छ। आउनुहोस्। कति ठूलो अवसर हो यो।
भलै संविधान बनाउनु छ, तर नेपाललाई नयाँ उचाइमा पनि लैजाओस्। त्यसका लागि एक छिमेकीको धर्म पूरा गर्न हामी प्रतिवद्ध छौं।
मेरो मनमा आयो, “नेपाललाई हिट गरौं”। मलाई लाग्यो त्यस्तो शब्द प्रयोग गरेमा तपाइँलाई नराम्रो लाग्ला । यो को हो हिट गर्ने? तर जब म हिट गर्ने कुरा गर्छु मेरो मनमा तीन प्रमुख कुरा आउँछ। एच, आई, टी। एउटा हाइवेज। दोस्रो आइवेज। तेस्रो ट्रान्सवेज।
नेपाललाई भारत जति छिटो यो उपहार देओस्। हाइवेज देओस् । आइवेज अर्थात् सूचना प्रविधि पूरै विश्वमा नेपाल एक्लो हुनु हुँदैन। नेपाल पनि डिजिटल बन्नुपर्छ । ट्रान्सवेज अर्थात् ट्रान्समिसन लाइन। आज जति बिजुली हामी दिइरहेका छौं, त्यसलाई डबल गर्ने चाहना मेरो छ । त्यसैले जतिसक्दो छिटो लाइन बनाउनु हुन्छ, सुरुमा हामी तपाइँको अँध्यारो हटाउने छौं र दशकपछि हिन्दुस्तानको अँध्यारो नेपालले भगाउनेछ । यो हाम्रो काम हो । अघि मैले भनें, एच हाइवे, आई इन्फरमेसन टेक्नोलोजी र टी ट्रान्समिसन लाइन। मैले हिट गर्न खाजेको त्यही हो। र तपाइँ पनि चाहनुहुन्छ यो हिट चाँडै होस् । मलाई लाग्छ छ, जतिसक्दो छिटो नेपाललाई आफू नजिक बोलाउनुपर्छ । अब यसलाई सारेर लैजाने विज्ञान त अहिलेसम्म आएको छैन, तर महाकाली नदीमा पुल बन्यो भने तपाइ ँहाम्रोबीचको दूरी धेरै कम हुन्छ । आज हामीलाई घुम्नुपर्छ भने महाकाली नदीमा पुल बने हाम्रो दूरी कम हुनेछ ।
तपाइँ जुन कुरामा जोड दिएर अघि बढ्न खोज्नु हुन्छ। उही प्रकारले जान्छौं ं।
हाम्रो बीचमा जुन बोर्डर छ, त्यो बोर्डर बाधा बन्नु हुँदैन । हामी चाहन्छौं भारत र नेपालको सीमा यसरी भाइव्रेन्ट होस्, राम्रो कुराको लेनदेन भइरहोस् कि तपाइँको पनि विकास होस् र तपाइँसँग जोडिएका भारतका ससाना राज्यको पनि विकास होस् । हिमालयमा यति धेरै प्राकृतिक सम्पदा छ, भारतले बजेटमार्फत पनि त्यससम्बन्धी काम सुरु गरेको छ । नेपाल पनि त्यसमा अगाडि बढ्न सक्छ । हामी मिलेर हिमालयको शक्तिलाई मानव हितमा प्रयोग गर्न सक्छौं ं। त्यसका लागि साधन वा तरिका के हुन सक्ला ? हिमालयको शक्तिलाई हामी चिनौं । विज्ञानले जुन साधन हामीलाई दिएको छ, मानव जातिको कल्याणको दिशामा हामीले काम गर्नुपर्छ ।
कहिलेकाहीं म छक्क पर्छु–
भारतबाट अमेरिका फोन गर्न सस्तो हुन्छ तर नेपालमा किन महँगो पर्छ ? मैले बुझिनँ, यो के भएको हो ? यस्तो के अवरोध छ यहाँ ? नेपालका लाखौं मानिस जो भारतमा रहन्छन्,
परिवारसँग कुरा गर्न चाहन्छन्, नमस्ते गरेर फोन राखिदिन्छने । म यो स्थितिलाई बदल्न चाहन्छु । दुवै देशका सेवा प्रदायक मिलेर कुरा गरौं, तपाइँ पनि कुरा गर्नुस्। यो कनेक्टिभिटी
आरामसँग र कम खर्चमा कुरा गर्न सकिने हुनुपछै । किनकि प्रत्यक्ष सञ्चार जति बढी हुन्छ, नाता–सम्बन्ध त्यति नै जोडिन्छ ।
संसारको नजर तपाइँप्रति छ । संसार आशाको नजरले तपाइँलाई हेरिरहेको छ । आज शस्त्रको बाटोमा हिँडेका मानिसलाई फिर्ता ल्याउने काम नेपालको सफलतासँग जोडिएको छ। तपाइँ सफल हुनुभयो भने दुनियाँलाई शस्त्रबाट फिर्ता आउने मौका मिल्नेछ । शस्त्र छोड्ने हौसला मिल्नेछ। र लोकतन्त्रप्रति पनि संसारको भरोसा बढ्नेछ । नयाँ विश्वास पैदा गर्नेछ।
तपाइँले सुन्नुभएको होला, म प्रधानमन्त्रीको शपथ लिन जाँदा सार्क देशका प्रमुखहरलाई निम्त्याएको थिए । म छोटो सूचनामा पनि प्रधानमन्त्रीज्यू, आउनुभएकोमा आभारी छु। र मलाई लाग्छ, सात देश मिलेर गरिबीविरुद्ध लड्न किन सकिन्न? सबै सार्क देश एकअर्काको मद्दत त्यस मामिलामा गर्न सक्छन् । भारतको दायित्व हो, उपकार होइन । वरिुपरिका मित्रदेशको विकास यात्रामा हामी सहयोग गर्न चाहन्छौ ं।
यसैका लागि मैले भर्खरै भनेको छु,अन्तरिक्ष प्रविधिको लाभ सार्कका देशले पाउनुपर्छ। त्यसैले भारतको तर्फबाट एउटा सार्क स्याटेलाइट स्थापित गरिनेछ, जसबाट शिक्षा र स्वास्थ्य क्षेत्रका लागि सार्क देश र नेपालले लाभ पाउने गरी कदम चाल्नुपर्छ ।
त्यसैगरी मैले पहिल्यै भनेको थिएँं, हामी यति नजिक छौं, तर आउँदाआउँदै १७ वर्ष लाग्यो । म वाचा गर्छु अब यस्तो हुने छैन। म त केही महिनामै फर्केर आउनेछु । सार्क सम्मेलनको समय मैले निश्चय गरेको छु कि त्यतिबेला राजा जनक र भगवान् बुद्धलाई पनि नमन गर्न जानेछु ।
यो खुसीको कुरा हो कि पञ्चेश्वर परियोजना धेरै अघि तय भयो । कति रुपैयाँको लागत बढ्यो । तर अब दुवै देशमा प्राधिकरण बनेका छन ्। मलाई लाग्छ, केही वर्षभित्र पाँच हजार ६ सय मेगावाटको यो परियोजना काम सुरु हुनेछ । तपाइँ कल्पना गर्न सक्नुहुन्छ, नेपालको कति बढी सेवा हुनेछ । अहिले तपाइँसँग जति बिजुली छ, त्योभन्दा पाँच गुणा बढी बिजुली हुनेछ । यो सानो कुरा होइन हजुर। विकासले ठूलो उचाइ लिनेछ । भारत प्रोएक्टिभ भएर यो दिशामा अघि बढ्नेछ ।
एउटा कुरा थप्न म चाहन्छु, हर्बल मेडिसिनजस्तै अर्गानिक खेतीको पूरै विश्वमा ठूलो बजार छ । जो सामान रुपैयाँमा बिक्छ त्यही सामान अर्गानिक भएमा डलरमा बिक्छ । नेपाल त्यस्तो भूमि हो, जहाँ यो कुरा सम्भव छ । तपाइँकै छिमेकमा रहेको भारतको एक राज्य सिक्किमले आफूलाई त्यस्तो राज्यमा परिणत गरेको छ ।
त्यसका कारण विश्वमा एउटा नयाँ बजार बनेको छ । नेपाल त्यस दिशामा जान चाहन्छ भने म खुसी साथ सहयोग गर्नेछु। त्यस्तै प्रकारले हामीले हिन्दुस्तानमा “सोइल हेल्पकार्ड” को प्रयोग गर्यौं । हामीलाई थाहा छ– दुवै देशका नागरिकसँग त्यस्तो कार्ड छैन । तर त्यो कार्ड प्रयोग गर्न सक्यौं भने हरेक किसानलाई उसको जमिनको अवस्था कस्तो छ, कुनै रोग छ छैन, विशेषता के हो, कुन खालको बाली लगाउने, कुन औषधि हाल्नु हुँदैन र कुन हाल्नैपर्छ । यो सबै वैज्ञानिक तरिकाले अघि बढाउन सकिन्छ । नेपालको रुचि छ भने हामी त्यो कामलाई अघि बढाउन सक्छौ ं। यहाँका किसानलाई पनि त्यसको लाभ हुनेछ। म चाहन्छु आगामी दिनमा यसको लागि केही न केही सोच्नु हुनेछ।
तपाइँसामु आएको म यो पनि घोषण गरेर जान चाहन्छु, “भारतले नेपाललाई १० हजार करोड नेपाली रुपैयाँ कन्सेसनल लाइन अफ क्रेडिटको सहायता दिने निर्णय गरेका छ ।” हामी सुनिश्चित गर्न चाहन्छौं यसको उपयोग नेपालको प्राथमिकता अनुसार हुनेछ। यसबाट जलविद्युत, भौतिक संरचनालगायत सबै क्षेत्रमा लगाउनु हुनेछ। यसअघि दिइएको कुरासँग यो जोडिँदैन । त्यो दिइसकियो ।
तपाइँले मेरो स्वागत र सम्मान गर्नुभयो। त्यसका लागि म तपाइँप्रति आभारी छ ु। म फेरि एउटा कुरा दोहार्ेयाउन चाहन्छु कि संसारको नजर तपाइँप्रति छ । संसार आशाको नजरले तपाइँलाई हेरिरहेको छ। आज शस्त्रको बाटोमा हिँडेका मानिसलाई फिर्ता ल्याउने काम नेपालको सफलतासँग जोडिएको छ । तपाइँ सफल हुनुभयो भने दुनियाँलाई शस्त्रबाट फिर्ता आउने मौका मिल्नेछ। शस्त्र छोड्ने हौसला मिल्नेछ। र लोकतन्त्रप्रति पनि संसारको भरोसा बढ्नेछ । नयाँ विश्वास पैदा गर्नेछ।
त्यसैले म दोहोर्याएर भन्छु, जुन ऋषिमन “सय वर्षपछि नेपाल यस्तो हुनेछ, नेपाली जनता यस्ता हुनेछन्” भन्ने
कुराको निर्णय गर्दैछ। यो बुद्धको भूमिमा विचार, लक्ष्य र संकल्पशक्तिको कमी हुन सक्दैन । यसले एउटा इतिहास रच्न गइरहेको छ। यसलाई त्यत्रो लाभ हुँदैछ।
मलाई पूरा विश्वास छ, म त्यही भन्छु नेपाल–भारतबीच जुन मैत्री सम्बन्ध छ, त्यो अमर रहोस ्। भारत नेपाल मैत्री जुगजुग बाँचोस्। र यो सार्वभौम राष्ट्र नेपाल हिमालयभन्दा पनि नयाँ उचाइमा उठोस्। मलाई तपाइँसामु आउने अवसर मिल्यो धेरै–धेरै धन्यवाद†
