धरान/सत्र बर्ष पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई फलदायी बनाउन नेपाली पक्षले विभिन्न एजेन्डा
राखेको थियो । भेटवार्तामा मुख्यत : नेपालको ऊर्जा , पूर्वाधार विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा केन्द्रित भएको थियो ।
५१ सदस्यीय टोलीले नेतृत्व गर्दे १०.५० बजे काठमाण्डौ आइपुग्नु भएका मोदीलाई विमानस्थलमा प्रधानमन्त्री सुशिल कोइराला, उपप्रधानमन्त्री बामदेव गौतमलगायतले स्वागत गर्नुभएको थियो । मोदीलाई विमान स्थलमा नेपाली सेनाले १९ तोपको सलामी दिएको थियो । विमान स्थलबाट प्रधानमन्त्री मोदी बौद्धस्थित हायात होटलमा पुग्नुभएको थियो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले होटल हायात पुगेर सिष्टाचार भेट गर्नुभएको थियो । सो अवसरमा पाण्डेले कार्यतालिकाबारे जानकारी गराएपछि उहाा केहीबेर आराम गरेपछि दुई बजे प्रधानमन्त्री कोइरालालाई भेट्न सिंहदरबार पुग्नुभएको थियो । सिंहदरबारमा मोदी र कोइरालाबीच छुट्टाछुट्टै भेटवार्ता पछि उहााहरु द्विपक्षीय भएको वार्तामा सहभागी हुनु भएको थियो । भारतीय पक्षबाट प्रधानमन्त्रीसागै आउनु भएका सुरक्षा सल्लाहकार, विदेश सचिव सहित अन्य रहनु भएको थियो । सोही दिन बेलुका हायात हाटलमा भारतीय राजदूत रन्जित रेले आयोजना गरेको रिुप्सेसनमा सहभागी हुनुभएको थियो । उहाा प्रधानमन्त्री सुशिल कोइरालाले आयोजना गरेको सोल्टी होटलमा रात्री भोजमा सहभागी हुनुभयो । प्रधानमन्त्री मोदीले पशुपति नाथको दर्शन र विशेष पूजा गरेपछि उहााले राष्ट्रपति रामवरण यादव र दलका नेताहरुसाग भेटघाट गर्नुभएको थियो ।
