पर्यटन बर्ष सम्बन्धी स्टिकर

भाण्टाबारी । कोशी प्रदेश भ्रमण बर्ष २०८२ लाई मध्यनजर गरी भारतीय नम्बर प्लेट भएका सवारी साधनमा पर्यटन बर्ष सम्बन्धी स्टिकर टाँस्ने कार्य सुनसरीमा प्रारम्भ भएको छ ।
कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा कोशी व्यारेजको प्रांगरणमा शुक्रबार पर्यटन बर्षलाइ सफल बनाउनका लागि विदेशी पर्यटकहरुलाई सहज आवतजावतको व्यवस्था मिलाउन सुनसरीका विभिन्न नाकाहरुबाट नेपाल भित्रिने भारतीय नम्बर प्लेटका सवारी साधनमा स्टिकर टाँस गरिएको छ ।

आवश्यक चेकजाँच पश्चात त्यस्ता सवारी साधनमा स्टिकर टाँस्ने कार्य शुभारम्भ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले शुरु गर्नुभएको थियो । सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी बल ४ न.ंं गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया