धरानको पिण्डेश्वर मन्दिरबाट रथ उत्सवको शुरुवात

धरान । ऐतिहासिक पौराणिक महत्व बोकेको धरान १४ विजयपुरमा स्कुन्द पुराणमा उल्लेख गरिएको रथयात्रालाइई यसबर्षदेखि शरुवात गरिएको छ । भगवान विष्णुले थालनी शुरुवात गरेको रथयात्राको वर्णन स्कन्द पुराणमा उल्लेख गरिएको भए पनि गरेको भएपनि अहिलेसम्म यो मन्दिरबाट रथयात्रा निकालिएको थिएन । तर यस बर्षदेखि जगतगुरु अनन्त श्री बालसन्त महाराज मोहन शरण देवाचार्यको उपस्थितिमा शुरुवात गरिएको छ । आगामी दिनमा यसलाई अझ वृहत रुपमा अगाडि लैजाने प्रण समेत गरिएको छ । स्कन्द पुरणको हिमादी खण्डमा समेत रुद्राक्षरण्यको वर्णन भएको पाइन्छ । रुदाक्षरण्य क्षेत्रको जस्तो तीर्थस्थल कही पनि नभएको उल्लेख स्कन्द पुराणमा उल्लेख भएको छ । यसै क्षेत्रबाट भगवान विष्णुले रथ यात्राको शुरुवात गरेको समेत उल्लेख छ । धेरै बर्ष अगाडि भगवान विष्णुले पिण्डेश्वर मन्दिरबाट रथयात्रा शुरु गरेर १५ दिन लगाएर शिव गंगामा पुगेर विर्सजन गरेको कुरा स्कन्द पुराणमा उल्लेख भए अनुसार यो रथ उत्सवको आयोजना गरिएको हो । १५ दिन अगाडिदेखि पिण्डेश्वर मन्दिरमा भजनकिर्तन लगायतका धार्मिक अनुष्ठान गर्दै आयोजना गरिएको रथ उत्सव कार्यक्रमले धरानमा रहेका मठमन्दिरका ऐतिहासिकतालाई उजागर गर्दै धार्मिक पर्यटक प्रवद्धृनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । रथ उत्सवको सरक्षकको भूमिका निर्वाह गर्दै आएको धरान उपमहानगरपालिका १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पहिलो पटक रथ उत्सव गर्न सकेकोमा गौरव अनुभव भएको बताउनुभयो । स्थानीय सरकारले यस्ता धैरै धार्मिक उत्सवहरुको संरक्षण गर्दै प्रवद्र्धनमा जुट्नुपर्ने भएपनि यसमा स्थानीय सरकार चुकेको स्पष्ट पार्नुभयो ।


यता जगतगुरु अनन्त श्री बालसन्त महाराज मोहन शरण देवाचार्य रुद्राक्षरण्य क्षेत्र पिण्डेश्वर मन्दिरमा पहिलो पटक पौराणिक ग्रन्थमा समेत उल्लेख भएको कुरालाई मनन गरेर रथ उत्सव शुरुवात गरेकोप्रति आयोजक पिण्डेश्वर बाबाधााम समितिका पदाधिकारी, स्थानीय सरकार तथा रथ उत्सवमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । उहाँले दिनमा यसलाई अझ वृहत बनाउदे यहाँबाट शुरुवात गरेको रथ यात्रालाई चतरामा कुम्भ स्नान गराउने परम्पराको थालनी गरेर यसलाई विशेष बनाउनुपर्नेमा जोड दिनुभयो । उहाले रुद्राक्षरण्य बराबरको तीर्थस्थल कही पनि नभएको पुराहरुमा उल्लेख भएको बताउदै त्रिपुराशुरको बध गर्ने मगवान शंकरको हर्षले खसेका आँशु पृथ्वीमा खसेको कुरालाई वृतान्त बनाउदे भगवान शिवको आँखाबाट झरेको आशुबाट वृक्ष उत्पादन भएको ठाउँ र समुन्द्र मन्थपछि राखिएको अमृतको पिण्ड शिवले राखेको ठाउँ पिण्डेशवर भएकोले यो भन्दा ठूलो तीर्थ स्थल अन्य ठाउँमा नभएको बताउनुभयो । हिन्दु सनातन धर्ममा पुराणमा उल्लेख गरेका कुरालाई सत्यता मान्ने र विश्वास गर्नै प्रचलन रहेको छ । यस मन्दिरमा श्रावण महिनाको प्रत्येक सोमबार सुनसरीको चतरामा रहेको सप्तकोशीको जल चढाउने, महाशिवरात्री भव्य रुपमा मनाउने प्रचलन भए पनि स्कन्द पुराणमा उल्लेख भएको रथ उत्सव भने अहिलेसम्म हुन सकेको थिएन । ढिलै भएपनि पिण्डेश्वर बाबाधामी समितिको आयोजनामा १४ नं. वडा समितिको अगुवाहीमा धार्मिक व्यक्तित्वहरुको सहभागितामा यस बर्षदेखि रथ उत्सवको आयोजना गरिएको छ । यसले धरान १४ मा रहेका मठ मन्दिरको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया