भारतीय ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री चौहानको तीनदिने नेपाल भ्रमण

धरान । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तीनदिने नेपाल भ्रमण गरी विदेश फर्कनु भएको छ । नेपालद्वारा चैत्र २७ गते काठमाण्डौमा आयोजना गरिएको तेस्रो वहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाँडीको प्रयास (विम्स्टेक) कृषि मन्त्रीस्तरीय तेस्रो बैठकमा (विएएमएम) मा सहभागी जनाउन चैत्र २६ गते मन्त्री चौहान नेपालको औपचारिक भ्रमणमा आउनु भएको थियो । भारतीय राजदुतावासद्वारा एक विज्ञप्ती प्रकाशित गरी मन्त्री चौहानले विम्स्टेक कृषिमन्त्री स्तरीय बैठकमा सहभागिता जनाउनु भएको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ विगत एक दशमा वंगालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, कनेन्टिभिटी र आर्थिक समुन्नतिलाई प्रवद्र्धन गर्न विम्स्टेक एक महत्वपूर्ण मञ्चको रुपमा स्थापित भएको छ । ‘कृषि र खाद्य सुरक्षा’ विम्स्टेक सहयोगका मुख्य क्षेत्रहरुमध्ये एक हो । विएएमएमको पहिलो वैठक २०७६ असार २७ गते म्यानमारमा भएको र र दोस्रो वैठक २०७९ कार्तिक २४ गते भारतमा सम्पन्न भएको थियो । तेस्रो विएएमएमको समयमा कृषि मन्त्रीहरुले मत्स्यपालन र पशुपंक्षी सहयोग सहित विस्म्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरुमा छलफल गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा चैत्र २७ गते मन्त्री चौहानले आÏना समकक्षी नेपालका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय वैठक समेत गर्नुभएको थियो । उहाँले तेस्रो विएएमएमको वैठक सफलतापूर्वक अयोजना गरेकोमा आफ्ना समकक्षी अधिकारीलाई बधाई दिनु भएको थियो । दुवै मन्त्रीहरुले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय प्रयास र विकास परियोजनाहरुमा भएको प्रगतिको समक्षा गर्दै थप सहकार्यका लागि हुन सक्ने अवसरहरुका बारेमा समेत छलफल गर्नुभएको थियो ।


भारत सरकारको कृषि तथा विज्ञान कल्याण मन्त्रालय र नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बीच कृषि क्षेत्रमा सहयोग सम्बन्धी समझदारी पत्रमा दुवै मन्त्रीहरुले चैत्र २७ गते बुधबार हस्ताक्षर समेत गर्नुभएको थियो । उक्त सम्झौताले दुई देश बीच कृषि, विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, विरुवा संरक्षण र बजारको पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाई, प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु उत्पादनशीलता, जैविक खेति, जैविक मल र जैविक विषादी, पोष्ट हार्भेस्टको व्यवस्थापन र दीगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । उक्त सम्झौताले २०४८ साल मंसिर २० गते कृषि सहयोगको लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री चौहानले बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले भारतको नेतृत्वको तर्फबाट अभिवादन व्यक्त गर्दै भारत र नेपालको घनिष्ट र मैत्रीपूर्ण सम्बन्धको बारेमा छलफल गर्नुभएको थियो । दुवै देशबीचमा ऐतिहासिक, साँस्कृतिक, सभ्यतागत र जनता–जनताबीचको प्रगाढ सम्बन्धको दुवैले चर्चा गरेका थिए । यसैगरि उहाँहरु बीचमा कृषिका विभिन्न क्षेत्रहरुमा भारत–नेपाल सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरुका बारेमा समेत गहन छलफल भएको थियो । तेस्रो विएएमएममा सहभागिता जनाउन तथा अन्य द्विपक्षीय भेटघाटहरु गर्न कृषिमन्त्री चौहानको नेपाल भ्रमणले दुई देशबीच हुने नियमित उच्च स्तरीय आदान प्रदानको परम्परालाई निरन्तता दिएको भन्दै दुतावासद्वारा जारी विज्ञप्तीमा विशेष गरी कृषि र सम्बीन्धत क्षेत्रहरुमा हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप बढावा दिन मद्धत गरेको जनाइएको छ । यहाँ स्मरणीय कुरा के छ भने मन्त्री चौहातले २०८२ वैसाखमा भारतले आयोजना गर्ने Waves शिखर सम्मेलनका बारेमा समेत चर्चा गर्नुभएको थियो । उहाँले विम्स्टेक सदस्यहरुलाई त्यसमा सहभागि हुन निमन्त्रणा गर्दै Waves भारत सरकारको एउटा महत्वपूर्ण पक्ष रहेको समेत बताउनु भएको थियो । जसले डिजिट युगसँग जोडिदै हाम्रो साँस्कृतिक सम्पदाको संरक्षण गर्छ । विम्स्टेक राष्ट्रहरुसँगै मिलेर क्षेत्रीय विकास र साझा समृद्धिलाई बढावा दिनका लागि नव प्रवद्र्धकले लाभ लिन सक्छन् ।

तपाईको प्रतिक्रिया