धरान । जनहित विपरीतका गतिविधि, झुटा प्रचार, झुटा आश्वासन, कुशासन, भ्रष्टाचार गरी विगत २० बर्षेदेखि सिण्डिकेट सरकार सञ्चालन गर्दै आएका र राज्य सत्ताको आडमा निरकुंशताले परकाष्ठ नाघेपछि गणतन्त्रको विरुद्ध राजसंस्था पुनस्र्थापनाको आन्दोलन देशव्यापी भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहले देश बचाउन मलाई साथ दिनुस् भन्दै भावुक सन्देश जारी गरेपछि वर्तमान राज्य सत्ताको चरम दुरुपयोग गरी नव सम्भ्रान्त बनेका दलका विरुद्ध मात्र नभएर व्यवस्थाकै विरुद्धमा नागरिकहरु देशैभरि आन्दोलित भएका हुन् । अझ फागुन २५ गते केही दिनको पोखरा बसाई पश्चात राजधानी फर्किएका राजाको स्वागतका लागि स्वस्फूर्त रुपमा लाखौ नागरिकको मानव सागर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेपछि सिण्डिकेट सरकार विचलित हुन र अत्तालिन शुरु भएको थियो । नागरिकको स्वस्फूर्त राजसंस्था पुनस्र्थापनाको आन्दोलन निर्णायक मोडमा पुग्ने आंकलन गरेर चैत्र १५ गते काठमाण्डौको तीनकुनेस्थित आम सभा बिथोल्न निरकुंशताको सीमा नै पार गरेको थियो । राजसंस्था पक्षधरका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तीनकुने क्षेत्रमा प्रदर्शनका लागि स्वीकृति दिएको थियो । तर सहर र ग्रामीण क्षेत्रबाट आउँदै गरेका नारा सहितका विशाल जुलुस बीच बीचै रोकेर तितरवितर बनाउने, तीनकुने क्षेत्रमा भेला भएका निहत्था प्रदर्शनकारी नागरिकमाथि व्यक्तिको नीजि घरबाट अश्रुग्याँस, गोली प्रहार गर्ने, शान्तिपूर्ण प्रदर्शनलाई रोक्नका लागि आÏना भिजिलान्तेहरु परिचालन गराउनुले अन्तर्राष्ट्रिय जगतमै सरकार नांगिन पुगेको छ ।
राजाको लोकप्रियताबाट हतास मानसिकतामा दलहरु

नेपालमा वर्तमान राज्य व्यवस्था सञ्चालकका मतियार दलहरु जनताका नजरमा पूर्ण रुपमा असफल भएका छन् भने राजा ज्ञानेन्द्र शाहको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।
नेपालमा गणतन्त्र स्थापना पश्चात जन्मिएका युवा युवती गणतन्त्र स्थापनाका लागि विगतमा आन्दोलन गर्ने सर्वसाधारणमात्र नभएर मुख्य राजनैतिक दलका कार्यकर्ता, बृद्धबृद्धा, शिक्षक, प्राध्यापक, पेशाकर्मी, विद्यार्थीहरु सबै यतिखेर राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा सडकमा उत्रिएका छन् । उनीहरुले गणतन्त्र भन्दा राम्रो राजसंस्था भन्दै आफ्ना धारणा सामाजिक सञ्जालहरुमा पोखिरहेका छन् । चैत्र १५ गते कोटेश्वरमा राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राजेन्द्र लिंगदेन नेतृत्वको), धर्म सँस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट, नेवार एकता समूह, दुई दर्जन भन्दा बढी धार्मिक संघ संस्थाहरुको सहभागितामा शान्तिपूर्ण आन्दोलनको तयारी हुँदै थियो । राज्यबाट घुसपैठ भएका भिजिलान्ते, प्रहरी, सशस्त्र प्रहरीले ताण्डव नृत्य देखाए । प्रहरीको गोली लागेर किर्तिपुरका सविन महर्जन र एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको दुःखद् मृत्यु हुन पुग्यो । क्यामेरा पर्सन रजकलाई प्रहरीले नै पहिला गोली हानी मारेर बन्द कोठामा थुनेर आगो लगाएर मारेको सार्वजनिक भएको छ । क्यामेरा पर्सन रजकले प्रहरीले अर्काको नीजि घर प्रयोग गरी शान्तिपूर्ण आन्दोलनमा कुन हदसम्मको ज्यादति गरेको थियो भन्ने कुरा आफ्नो क्यामरामा कैद गरेका थिए । सोही प्रमाण नष्ट गर्न प्रहरीले रजकलाई गोली हानी हत्या गरेपश्चात जलाइएको घट्ना सार्वजनिक भइसकेको छ ।
स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन

ेपाल प्रहरी, सशस्त्र प्रहरी र दलीय भिजिलान्तेहरुको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन जस्तो षड्यन्त्रको तानावाना बुनिए पनि नियन्त्रणमा लिन असफल भएपछि सत्ताको चरम दुरुपयोग गर्दै सरकारले नेपाली सेनालाई सडकमा उतारेको थियो । नेपाली सेना सडकमा आउनु भन्दा अगाडि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ४.२५ बजे कÏर्यु आदेश जारी गरिसकेको थियो । नेपाली सेनाले सडकमा आउनु भन्दा अगाडि विज्ञप्ती प्रकाशित गरी नेपाली सेना राष्ट्रिय सेना हो, जनताले जे निर्णय गर्छन् नेपाली सेनाले त्यसलाइ स्वीकार्छ भनेर विज्ञप्ती प्रकाशित गरेको थियो । सेनाले आफ्नो विज्ञप्तीको मर्म विपरीत परिचालन हुनुलाई स्वतन्त्र बृद्धिजीविहरुले अनाँैठो मानेका छन् । यतिबेला नेपाली सेनाले एमालेको मुख्यालयको सुरक्षा दिइरहेका छ । नेपाली काँग्रेसका पार्टी कार्यालयको सुरक्षा दिइरहेको छ । सेना परिचालन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय उडानहरुलाई भारतको दिल्ली डाइभर्ट गरिएको थियो । सामाजिक सञ्जालमा Big Tensionrise in Nepal. Kathmandu Airport Closd. Flights, diverted to Indian. King all set to takevover Nepal again. Hindu Rastra again जस्ता स्टाटसहरु लेखिएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गौशाला एयरपोर्ट, गौरी धारा, तीनकुने, कोटेश्वर, जडिबुटी, बालकुमारी, नयाँ बानेश्वर, पुरानो बानेश्वरमा कÏर्यु लगाएको थियो । उसले ती क्षेत्रमा पाँच जना भन्दा बढीलाई भेला हुन, आवातजावत गर्न मात्र बन्देज लगाएको थिएन दलका झण्डा बोकेर हिड्नेलाई छुट दिएको थियो भने राष्ट्रिय झण्डा बोकेर हिड्नेलाई बन्देज लगाइएको थियो ।
शान्तिपूर्ण आन्दोलनमा नेताहरुलाई गिराफ्तारी


राजसंस्था पुनस्थापनाको आन्दोलनबाट आफ्नो वर्चस्व गुम्ने भयले सरकारले आन्दोलनका नेतृत्वकर्ताहरुलाई गिराÏतार गर्न, नजर बन्द गर्ने, झुटा मुद्धा चलाउने कामलाई हालसम्म तिब्रता दिएको छ । चैत्र १५ गते नै राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रविन्द्र मिश्र, सांसद एवम् महामन्त्री धवल शमशेरलाई राज्यले गिराफ्तार गरेको छ र झुटा मुद्धा लगाएको छ भने आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरेको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई कार्यक्रम स्थलमा आइपुग्दा हत्या गर्ने नियतले गोली चलाएको थियो । संयोगबस प्रसाईलाई हानिएको गोली उनलाई लागेन । यस पश्चात आफैे गाडी चलाएर प्रसाई भूमिगत हुन बाध्य भएका थिए । हाल सत्ताको निर्देशनमा प्रहरीले प्रसाईको व्यापक खोजी गरिरहेको छ । उता प्रसाईले भूमिगत स्थानबाटै आफूलाई मार्ने योजना रहेको गोप्य सूचनाको आधारमा आफू भूमिगत हुनु्परेको भन्दै आन्दोलनलाई थप शशक्त बनाउन सबैमा सामाजिक सञ्जालमार्फत अपिल गर्नुभएको छ ।
आन्दोलन सशक्त अगाडि बढाउने सहमति
चैत्र १५ गतेको राज्य आतंकपश्चात विथोलिएको आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउने सम्बन्धमा आन्दोलनरत पक्षले चैत्र १६ गते ललितपुरमा वृहत छलफल गरेका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सत्ता पक्षका भिजिलान्ते, प्रहरी प्रशासनबाट ज्यादित भएकोले आन्दोलनलाई थप शशक्त बनाउनुको विकल्प नरहेको उनीहरुले ठहर गरेका थिए । यसैबीच अर्थात चैत्र १५ गते पश्चात काठमाण्डौमा स्थानीय नेवार समुदायले आन्दोलनलाई अगाडि बढाएका छन् । चैत्र १८ गते माइतीघरमा प्रदर्शन पश्चात प्रहरीको घेरा तोडेर आन्दोलनरत पक्ष नयाँ बानेश्वर पुगेको थियो । त्यसभन्दा अगाडि अर्थात चैत्र १७ गते सुन्धाराबाट शान्तिपूर्ण आन्दोलन अगाडि बढेको थियो । आन्दोलन परिचालन समितिले चैत्र २१ गतेदेखि सशक्त आन्दोलन अगाडि बढाउने निर्णय गरिसकेको छ । यसैबीच आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीलाई राज्यले घरमै नजरबन्दमा राखेपछि आन्दोलनलाई अगाडि बढाउन राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत्र १७ गते आन्दोलनको नेतृत्व गर्न नेपाल ऋषि डा. जगमान गुरुङ्गलाई जिम्मेवारी दिएको छ । समितिले एक विज्ञप्ती प्रकाशित गरी उक्त जिम्मेवारी दिएको र आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघ संस्थाहरुलाई सहयोग गर्न आवहन गरिएको छ ।




