आरा धरानले धरानको इतिहास झल्काउदै

धरान । धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले पर्यटकलाई आकर्षित गरेको छ । निर्वाचित भएर आएपछि मेयर हर्क साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कको अवधारणासँगै निर्माण सम्पन्न भएको छ । त्यहाँ दिदीबहिनी पार्क, श्रमसंस्कृति पार्कसँगै धरानको इतिहास झल्काउने ‘आरा धरान’को स्तम्भ बनाइएको छ ।यो निर्माणसँगै धरानको विषयमा बुझ्ने र पार्क घुम्न आउनेको संख्यामा बृद्धि भएको छ । धरान नाम कसरी बन्यो भन्ने विषयमा धरानमै बसोबास गर्ने अधिकांशलाई थाहै छैन । बाहिरबाट आएकाहरुलाई त झन थाहा हुने कुरा पनि भएन । विगतमा भूपू लाहुरेहरूको सहर भनेर चिनिएको धरान सहरको नाम कसरी रहन गयो भन्नेबारे यहीका पछिल्लो पुस्ता पनि अनभिज्ञ छन् । यसैलाई मध्यनजर गरी श्रमसंस्कति पार्क निर्माण गरिएको हो । यो पार्कभित्र दिदीवहिनी पार्कसँगै ‘आरा धरान’को अवधारणा अगाडि सारिएको हो । जुन निर्माण सम्पन्न भइसकेको छ । अझै पनि थोरै संरचना बन्न बाँकी नै छ ।

घना जंगलमा फडानी गरेर काठ चिर्न आरावालाहरुले धराप (धरान) बनाउँथे । त्यही धरापबाट पूर्वको आधुनिक सहर धरान नाम रहन गएको र हालको आधुनिक सहर धरान भएको मानिन्छ । इतिहासलाई झल्काउन पनि यो पार्क निर्माण गरिएको निर्माण समितिका संयोजक दत्त लिम्बुले बताउनुभयो । उनले धरान किन बन्न गयो भन्ने विषयमा धरानको इतिहास ‘आरा काटेर काठ चिरेको’ सँग जोडिएकोले यसको इतिहासलाई जीवन्दता दिन पनि आरा धरानको निर्माण गरिएको बताउनुभयो । विगतमा कुनै पनि जनप्रतिनिधिहरुले धरानको इतिहास झल्किने कुराको ख्याल गरेका थिएनन् । धरानको मुख्य बजार क्षेत्र भानु चोकमा आदिकवि भानुभक्तको अर्धकद प्रतिमा छ भने हङकङको नक्कल गरेर निर्माण गरिएको घण्टाघर निर्माण गरिएका छ । इतिहासमा विजयपुर गढीमा मानव बस्ती भएको र घना जंगल भएकोले जंगलमा फडानी गरेर काठ चिर्न आरावालाहरुले धराप (धरान) बनाउँथे । त्यही धरापबाट पूर्वको आधुनिक सहर धरान नाम रहन गएको र हालको आधुनिक सहर धरान भएको मानिन्छ । धरानको चिनारीलाई जीवन्तता दिनको लागि भएपनि श्रमसंस्कृति पार्कमा ‘आरा धरान’को कन्सेप्ट अनुसार निर्माण गरिएको कलकार रोजन राईले बताउनुभयो । उहाँले आरा धरानमा काठ चिरेको सन्दर्भलाई मध्यनजर गरी आन्तरिक पर्यटक तथा वाह्य पर्यटकका लागि बस्ने फलैचा, घेराबारा लगायतका सम्पूर्ण संरचना समेत काठकै बनाएकोबताउनुभयो । आरा काट्दै गरेको प्रतिविम्वित प्रतिमाको लागि उपमहानगरपालिकाबाट भ्याटसहित ९ लाख ८४ रुपैयाँ रहेको निर्माण समितिले जनाएको छ । श्रमसंस्कृति पार्कमा आरा धरानसहितका पार्क निर्माण गरिएकोप्रति घुम्न आउनेहरुका लागि आकर्षकको केन्द्रविन्दु भएको छ । संखुवासभबाट पार्कमै घुम्न आएका रविन्द्र साम्पाङले पार्कसहित धरानको इतिहास झल्काउने पार्कले जोकोहीलाई मन्त्रमुग्ध बनाउने बताउनुभयो । एउटा काम नलाग्ने बगरमा यस्ता प्रकारका संरचना बनाउँदा पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने उदाहरण यो पार्क रहेको उनको भनाई छ । विगतमा ओसो पार्कको रुपमा चिनिएको र पछि बीपी पार्कले समेत नामाकरण भएको धरान १३ र ३० को संगम स्थल सर्दु जलाधार क्षेत्रमा बनेको श्रमसंस्कृति पार्कले धरान लगायत बाहिरका आन्तरिक पर्यटकलाई तानेको छ । दिदी बहिनीहरुले बनाएको पार्कमा पानीको फोहोरा सहित दुई दिदी बहिनीले ढाकेर बोक्दै गरेको शालिक निर्माण गरिएको छ । त्यसको १ सय मिटर माथि आरा धरानको निर्माण गरिएको जसले धरानको इतिहासलाई झल्काउने गरेको छ । आरा धरानभित्रका सम्पूर्ण संरचना काठबाटै निर्माण गरिएको छ । छेउमा रहेको धारा, बस्ने फलैचा, तार बार सबै काठको प्रयोग गरिएको छ । ऐतिहासिकता झल्काउनलाई पनि सबै काठको प्रयोग गरिएको कलाकार रोजन राईले बताउनुभयो । हेर्दै दुर्घन्धित, खोल्साखोल्सी ठाउँमा बनेको यो पार्कले अहिले भने धरानको सुन्दरतालाई बढाएको पाइन्छ ।

तपाईको प्रतिक्रिया