अष्ट्रेलियाको क्यानभेरामा नेपाल महोत्सवको आयोजना

धरान । अष्टे«लियामा बसोबास गर्ने गैह आवासीय नेपाली संघले विगत १६ बर्र्ष अर्थात सन् २००९ देखि आयोजना गर्दै आएको नेपाल महोत्सव यस बर्ष समेत भव्यताका साथ सम्पन्न गरेको छ । अष्ट्रेलियाको सिड्नीस्थित कमनवेल्थ पार्कमा आयोजित महोत्सवमा नेपाली खानाका परिकार, नेपाली कला सँस्कृति, नेपाली पहिरहनहरु राखिएकोे सिड्नीस्थित विगत १० बर्षदेखि बस्दै आउनु भएका दिपक थापाले जानकारी दिनुभएको छ । थापाले दिनुभएको जानकारी अनुसार महोत्सव शुरु हुनुभन्दा अगाडि कमनवेल्थमा पञ्चेबाजा, लाखे नाच र कुमारी नाच सहित प्रभातफेरिको आयोजना गरिएको थियो । प्रभातफेरिले नगर परिक्रममा गरेर पार्कको स्टेज ८८ मा पुगेर टुंगिएको थियो ।

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा भएको महोत्सव चैत्र ११ गते सम्पन्न भएको थापाले जानकारी दिनुभयो । सो अवसरमा अष्ट्रेलियास्थित नेपाली राजदुत एवम् नेपालकी पूर्व उपसभामुख चित्रलेखा यादव, अष्ट्रेलियामा रहेका नेपालीहरुको विभिन्न संघ संस्था र अष्ट्रेलियन नागरिकसँगै अष्ट्रेलियाका अर्थमन्त्री केटी गालागार, सांसद डेभिट स्मिथ, यातायात मन्त्री क्रिस स्टिल, अष्ट्रेलियन क्यापिटल टेरीटोरी राज्य सरकारका वहुसाँस्कृतिक मन्त्री माइकल पेटरसन लगायतको समेत सहभागिता रहेको थियो । नेपालमा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगोस् भन्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष अनिल पोख्रेलले जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया