नेपाली सिने जगतका महानायक भनेर चिनिने राजेश हमालको साथ लागेर जब २१ वर्षका दीपक मलिक
(डोम) बाल्टी बोकेर खानेपानी भर्न इनार तिर लागे गाउाभरीका पुरै महिलाहरुले मानव ढालको रूपमा इनारलाई घेरा हालेर वरीपरीबाट घेरे। बलिया पाखुरा भएका पुरूषहरू ती महिलाहरूका अगाडि आए र गाउाका अलि ठालु भनिनेहरु विवाद गर्न अग्रमोर्चामा उभिए ।
राजेश हमाल र दिपक मलिकले आवाक् भएर त्यो भीडलाई हेरीरहे। दीपक मलिकको लागि त्यो दृष्य नौलो थिएन। तर, हमालले भने जीवनमै पहिलो पटक यस्तो दृष्य देख्दै थिए। सिनेमामा यस्ता समाज विरोधी दर्जनौं खलनायकहरुलाई राम धुलाई गरेर पीडितलाई न्याय दिलाउने क्रान्तिकारी योद्धाको अभिनय गर्ने हमाल भावहिन मुऽामा त्यो भीडलाई नियालीरहेका थिए ।
पाठकहरु, यो कुनै सिनेमाको काल्पनिक कथाको सुटिङको वर्णन होइन। सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा रहेका दुई घर डोमलाई कथित उच्च जातका मानिसहरुले इनार छुन नदिएको थाहा पाएपछि साउन १६ गते शनिबार बिहान हमाल त्यहाा पुगेका थिए ।
डोमलाई इनार छुनबाट रोक्न भेला भएकाहरुले भन्दै थिए,‘हामी डोमलाई कुनै पनि हालतमा इनार छुन दिदैनौं ।’
‘यिनीहरु फोहोरी र तल्ला जातका हुन्। इनार छोए भने हाम्रो कुल देउता बिग्रन्छ ।’
‘सरकारले उनीहरुको लागि छुट्टै इनार बनाईदेओस्। हाम्रो व्यक्तिगत सम्पत्ति छुन दिने कि नदिने भन्ने हाम्रो अधिकार हो।’ आदि आदि।
राजेश हमालले सयौंको संख्यामा उपस्थित भएर यसरी कराईरहेका केहीलाई प्रश्न गरे, ‘उसलाई इनारबाट पानी भर्न दिादा तपाईको के जान्छ?’
दर्जनौं मानिसले एकै स्वरमा जवाफ दिदा कल्याङ मल्याङ सुनियो । तर त्यसको सार थियो–‘हामीले पुर्खाको पालादेखि नै डोमलाई इनार छुन दिएका छैनौं र अब पनि दिदैनौं।’
हमालले निरीह भई उभिरहेका दीपक मलिकलाई सोधे, ‘तपाईलाई पानी भर्न दिादैन रहेछन्। पुस्तौं पुस्तादेखि तपाई यही ठाउामा हुनुहुन्छ । कसरी पानी पिइरहनु भएको छ अहिले सम्म?’
मलिकले जवाफ दिए, ‘बासको ढाकी, पंखा, नाङ्लो बनाउने मेरो पुर्ख्यौली पेशा हो। पानी चाहिएपछि हामी खाली भााडा बोकेर इनार जान्छौं र त्यहाा ठूलो जातको जो नजिकै छ उसैलाई बोलाएर पानी भर्न लाउाछौं। पानी भरीदिए बापत उसलाई ढाकी, पंखा दिनुपर्छ । नत्र हामीले पानी पाउदैनौं ।’
स्थिति तनावपूर्ण बन्दै थियो।
सुरक्षाको लागि प्रहरी बोलाउनु पर्ने अवस्था सिर्जना हुादै थियो। राजेश हमालले कसैलाई दीपक मलिकको भााडामा पानी भरीदिन आग्रह गरे। इनार घेरेर बसेकामध्ये एकजनाले बल्ल पानी झिकेर मलिकको भााडोमा हालिदिए। एक बाल्टी पानी लिएर हमालसागै मलिक आफ्नो घर फर्किए। घरमा मलिकको परिवारले हमाललाई चिया र बिस्कुटले स्वागत गर े।
दीपक मलिक राजेश हमालको ठूला प्रशंसक रहेछन् । उनले हमालका धेरै फिल्म मध्ये पछिल्लो ‘भाइ भाइ’ नामक फिल्म हेरेको बताएपछि हमालले उनलाई कााधमा हात राखेर थपथपाउदै खुसीले हाासे ।
