बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै निमित्त प्रदे्श प्रहरी प्रमुख दहालले प्रहरीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताउनुभयो । मानव जीवनमा आईपर्ने कठोर् विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफुसंग भएका सिमित स्रोत साधनका साथै स्थानिय औजारहरुको समेत प्रयोग गरी प्रभावकारी रुपमा खोज तथा उद्दार कार्यमा खटिन तालिमले थप सहयोग पु¥याएको बताउनुभयो । हहाँले तालिमबाट सिकेका सिप, ज्ञान र कौसलको उच्चतम प्रयोग गरी कार्य क्षेत्रमा आईपरेको समस्या र चुनौतीलाई सामना गरी उद्दारकार्यमा खटेर नेपाल प्रहरीको गौरवलाई सदैव उच्च स्थानमा राख्न अभिप्रेरित गर्नु भयो । समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न कार्यालयहरुका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
