तिब्र छट्टपट्टाहट
विगत पैत्तीस बर्षदेखि सत्ताको धन्दा चलाएर नव खर्बपतिमा दरिएका गणेहरुमा यतिबला तिब्र छटपटाहट देखिएको छ । गणेहरुका विरुद्धमा सम्पूर्ण नेपालीहरु सडकमा ओर्लिएर नाराबाजी गर्न थालेपछि होस हवास गुम भएको छ । जनतालाई सदैव आफ्नो हली गोठाला, खेतला सम्झेर नव खर्बपति बनेकाहरुले सपना पनि नराम्रो देख्न थाल्या छन् रे । हुन त नेपाली नतालाई कहीँ कतै सुध्रि पो हाल्छन् कि भनेर दिएको साथलाई तिनले कमजारेी ठानेछन् । अब अहिले तिनका पिँधमा झोस्न जनता सडकमा आएपछि तिनको होस हवास गुम भएको छ । जनता जाग्दैनन् जाग्दैनन जागेका दिन कहाँ मंगले कहाँ मंगलेकी आमा भइन्छ भन्ने कुरा तिनले बुझ्या भए यस्ता दुर्दिन आउने नै थिएन । झिँझाले मुढो सल्काउँछ भन्ने समान्य ज्ञान पनि तिनमा देखिएन । सडकमा यतिबेला तिनका पितृ बुझाउने नारा लागेका छन् । अझ पनि थिच्न, दबाउन, सकिन्छ कि भनेर गणेहरु षड्यन्त्रको तानावाना बुनिरहेका
छन् । मर्ने बेलामा छिचिमिराको प्वाँख पलाउँछ भन्थे हो रै’छ । सडकको आवाजलाई अझै नसुने बंगलादेशकी आमाको हविगत होला है । घण्टाघरले त सुझाउ मात्र द्या हो, माने मान नमाने घण्टाघरलाई लुतो न कन्याई ।
माकुनेको ताउरमाउर

जुन गोरुको सिङ छैन त्यसैको नाम तीखे भनेझैँ ढेउबा बिना भिषाका सुत्रधार एकिकृत समाजवादीका मुखिया माकुनेको ताउरमाउर यतिबेला हेर्न लायकको छ । जनताको गर्भबाट नभएर अध्यादे्शबाट जन्मिएका, लाउरेस र धनयुद्धको मतियार, झालेमालेको मत चोरेर गाडादशेक सडिया अनुहार सिंहदबार छिर्न भ्याएका माकुनेले राजसस्थाको पक्षमा सडकमा उत्रिएकाहरुका विरुद्धमा प्रतिकार गर्ने रे । कठै विचरा तिनैको टुंगो छैन । के प्रतिकार गर्नु ? राजसस्था पक्षधरले सडकमै भाटे कारबाही गरे भने तिनको हविगत के होला ? त्यसरी छोटा मुह बडी बात त गर्नुभएन नि माकुने । ललिता निवास जग्गा बेचबिखनका मतियार, पर्धानमन्तरी बन्नका लागि दरबारमा टेन्डर हाल्ने, आफ्नै घरमा आगो झोसेर अरुको चुलोचौका पोत्न जाने माकुनेलाई अबचाहिँ साढे सातले फिनफिनी घुमाएजस्तो छ ।
हानेछन् जुत्ता
दश बर्षे धनयुद्धका महानायक प्रचण्डाउमाथि अस्तिका दिन खै के जाति ठाउँमा हो जुत्ता प्रहार भएछ । प्रहार गर्ने भए नि । राजा र राजसंस्थाका पक्षमा सडकमा उत्रिएकाहरुलाई तथानाम गाली गरेपछि कसैले रामायण त भट्याउदैनन् । महाभारत नै पढ्ने हो । १७ हजारको टाउको गिडेको, मन्दिर भत्काएको, पूजारी मारेको, सर्वसाधारणले दुःख गरेर बैंकमा जम्मा गरेको रकम लुटेको, सत्तामा बस्दा हजारौ क्विन्टल सुन ओसार्ने, एनसेलबाट अरबौ लुट्ने प्रचण्डाउले राजालाई मूर्ति चोरको आरोप लगाएपछि कस्को कन्पारो रन्किदैन त ? धन्न जुत्ताले मात्र हानेछन् । अझ जथाभावि थुतुनो चलाउँदै गए भने भोलिका दिन अरु के के हान्छन् । त्यसैले बेलैमा प्रचण्डाउले थुतुनोचाहिँ जोगाउनैपर्छ । बाँकी आफै मिलेर बुझे हुन्छ ।
धोकेबाज र अबसरवादी रे
आशा गरेको मान्छे् जेठाजु प¥यो भनेझैँ लाउरेसमा गनगने थापा आच्या मटनकाजीलाई स्यालबहादुरका भृंगी मोहनबहादुर बस्नेतले अस्तिका दिन धोकेबाज र अवसरवादी भनेछन् । बस्नेत काजीका बारेमा कस्लाई थाहा छैन । मन्त्री डकार्न आरजु मेम र स्यालबहदाुललाई गहु्रंगो ब्रिफकेश बुझाएकै हुन् । अझै पनि तीनै जोइपोइको हनुमानगिरी गरिरा’छन् । मन्त्री हुँदा कुस्त डकारेकै हुन्, सुन ओसारेकै हुन् । बात करता है । अरुमाथि आक्षेप लगाउनु भन्दा अगाडि ऐनामा आफ्नो अनुहार पनि हेर्ने बानी गर्नुप¥यो बस्नेत काजी । आकाशतिर थुक्दा आफ्नै मुखमा छिट्टा पर्छ भन्ने सामान्य ज्ञान पनि ती लठैतमा देखिएन । अरुलाई आक्षेप लगाउँदा आफूलाई दुनियाँले के भन्लान भन्ने सोच्नु पर्दैन ? न विचार छ, न तर्क छ । चाकडी ग¥यो पद भँजायो, क्या वात ।
प्रतिगामी सल्बलाए रे
सत्ताको चरम सुखभोग गरेर बसेका आधा दर्जन कुख्यात गणेहरुले यतिबेला आफ्ना विरुद्धमा सडकमा नाराबाजी गर्नेहरुलाई प्रतिगामी देख्न थाल्या छन् । राजा ल्याउन सडकमा शान्तिपूर्ण रुपमा उत्रिएकाहरु तिनका आँखामा प्रतिगामी भा’छन् । ०४६ सालभन्दा अगाडि पञ्चहरुले यिन्लाई प्रतिगामी भन्थे अहिले यिन्ले अरुलाई प्रतिगामी देख्न थाल्या छन् । राज्यको ढुकुटी दुहेर, विदेशी सहायता चप्काएर रंगरुपै फरिएका गणेहरुलाई ठाम–ठाममा आफ्नैले झटारो हान्न थाल्दा नि यिनको चेत खुल्या छैन । राजा ल्याउन सडकमा आएकाहरुले न १७ हजारको भोग खाएका छन्, न सडकमा टायर बालेका छन्, न चक्काजाम ग¥या छन्, न अर्काका घरमा ढुंगामुढा ग¥या छन्, न सडकका रेलिङ्ग भाँच्या छ्न्, न बैंक लुट्या छन् । तर पनि ह्वारह्वार्ती सडकमा मानव सागर ओइरिएकै छ । न भाले न पोथी भनेझै गणेहरु न अग्रगामी भए न पश्चगामी भए । अब यस्ता बीचका तेस्रो लिंगीबाट न सन्तानोत्पादन हुन्छ न भरणपोषण
हुन्छ । बरु बेलैमा आफ्नो बाटो लागे बुद्धिमानी हुन्छ, कि कसो हौ ?
मति बिग्रेपछि खति हुन्छ
मति बिग्रेपछि खति हुन्छ भनेर हाम्रा बाजे बराजुले त्यसै भन्या होइनन् । जनताले जहाँ भेट्यो त्यही दोक्च्याउन थालेका नेपालका वर्तमान शासकले बडो गज्जबको प्रस्ताव ल्याएछन् । देश हरितन्नाम बनाएपनि पूर्व पदाधिकारीहरुलाई आजीवन सुविधा दिने कानुन ल्याउन लाग्या रै’छन् । हैन ती पूर्व पदाधिकारीलाई ज्वाइँ जसरी पाल्ने कानुन ल्याउने आइडियाचाहिँ कस्ले दिएछ हँ ? त्यो भँडुवालाई चाहिँ मान्नैपर्छ । बडो दिमागवाला रै’छ । अब हेरम न जनताले खाइ नखाई तिरेको करबाट विकासको काम होला भन्ने नसोच्दा हुने भयो । जीवनभरि भ्रष्टाचार, घुसखोरी, लुट मात्र मच्चाएका पूर्व पदाधिकारीहरुको सम्पत्ति छानविन गरी जफत गर्नुपर्नेमा उल्टै थप्ने् कानुन पनिे वर्तमान मैमक्त भएको गणेहरुले ल्याउन लागेछन् । त्यो पशुपति शर्माले गाएको गीत यतिबेला घण्टाघरलाई झल्झल्ती याद आउन थाल्या छ । लुट्न सके लुट कान्छा……।
जलाएछन् फोटो
होसहवास गुम भएसी’ मान्छेहरु आफूले के बोल्दैछु भन्ने कुरा भुल्छन र अन्टेसन्टे बक्न थाल्छन् भन्थे हो रै’छ । अस्तिका दिन आफ्नो कर्तुत लुकाउन आफ्नै छोराको हत्या गरेको गाइँगुई चल्न थालेसी प्रचण्डाउले एउटा कार्जक्रममा राजा ज्ञानेन्द्र शाहलाई तथानाम के भन्या थिए देशैभरि तिनको फोटो जलाउने अभियान नै चल्या छ । राजा ल्याउन सडकमा उत्रिएकाहरुले त्यसरी फोटो जलाउन थालेसी’ यतिबेला प्रचण्डाउको वेहाल भा’छ । आज त फोटोमात्र जलाएका छन्, भोलि थप के के जलाउने हुन् ? बेलैमा थुतुनोमा टेप लगाए वेश । जनता जागेसी’ कसैका बाबुको केही चल्दैन । कुरा बुझ्नुमा छ ।
अन्तेमा
अस्तिका दिन सत्ताधारी एकजना गजधुम्मे गणे भाषण गर्दैथिए पञ्चायतकालमा हामीले कहिल्यै सुटबुट अर्थात राम्रो लगाउन पाएनौं, पाँचतारे होटलमा छिरेर कहिल्यै मीठो खान पाएनौ, आफूले चाहे जस्तो सवारी साधन खरिद गरेर चढ्न पाएनौं । गणतन्त्र आएपछि सबै पाएका छौै । त्यसैले गणतन्त्र मास्न दिनु हुँदैन । क्या बात † तिनले बडो सत्य बोले । राजा हुँदा सुकेको तिनीहरु यतिबेला बेलुन भैm फुकेका छन् । किन नफुकुन त ? राजा हुँदा घुस खान पाएका थिएनन्, लुट्न पाएका थिएनन्, भ्रष्टाचार गर्न पाएका थिएनन्, सार्वजनिक जग्गा आफ्नो या आफन्तको नाममा कायम गराउन पाएका थिएनन् । केही गर्न नपाएपछि विचारले राम्रो लगाउने र मीठो खाने कुरै भएन । सबै कुरा मनपरी गर्न पाइने गणतन्त्र त्यसै मास्न दिनु त हुँदै हुँदैन । ज्यानमा बलबुता छउन्ज्याल गणतन्त्र ढल्न दिनु भएन । नत्र कसरी राम्रो लगाउने, मीठो खाने, आलिशान महल बनाउने, महंगो गाडी खरिद गर्ने ? त्यसैले गणतन्त्र जोगाउनै पर्छ, कि कसो हौ ?
