२५ औं संस्करणको बुढासुब्बा गोल्डकपको आय व्यय सार्वजनिक

धरान । धरान फुटबल क्लबले २५ औ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । क्लबले धरानको पूर्वी स्टार होटलमा पत्रकार सम्मेलनको आयोजना गरी गत माघ १९ देखि २६ गतेसम्म सञ्चालन भएको २५ औं संस्करणको आय व्यवय सार्वजनिक गरेको हो । सो अवसरमा क्लबका अध्यक्ष धनबहादुर राईले ६ लाख ५९ हजार ५० रुपैया बराबरको नाफा हिसाबकिताब सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरेको आय व्यय अनुसार क्लबले आयतर्फ ६६ लाख ९९ हजार १५० रुपैया भएको सार्वजनिक गरेको छ भने व्ययतर्फ ६० लाख ४० हजार १ सय रुपैया भएको जनाएको छ ।


स्थानीय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदे्श खेलकुद विकास बोर्ड लगायत अन्य संघ संस्था, टिकटवापत उठेको रकम वापतको आय प्रस्तुत गरेको थियो भने व्ययतर्फ नगद पुरस्कार, टिम व्यवस्थापन खर्च, प्रचारप्रसार खर्च, मैदान व्यवस्थापन खर्च, यातायात व्यवस्थापन खर्च, अथिति सत्कार, स्वयम्सेवक तथा सुरक्षा खर्च, उद्घाटन खर्च र विविध खर्चवापत खर्च भएको सार्वजनिक गरेको हो । अध्यक्ष राईका अनुसार सहयोगबाट उठ्ने रकम अझै उठ्न बाकी रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ३ लाख र धरान उपमहानगरपालिकाका सबै वडाबाट ७ लाख गरी १५ लाख रुपैया उठ्न बाकी रहेको सार्वजनिक गरिएको आयव्ययमा प्रस्तुत गरिएको छ ।
सो अवसरमा बोल्दै क्लबका अध्यक्ष प्रताप तामाङले् क्लबले सधै सहयोग मागेरै प्रतियो्गिताको आयोजना गर्नुपर्ने बाध्यता भएकोले भविष्यमा व्यवसायिक बन्ने प्रयासमा क्लब अगाडि बढेको बताउनुभयो । सहयोगी हातहरु बढेको भए पनि क्लबबले अक्षय कोष निर्माण गरी रकम संकलन गर्ने कामलाई समेत तिब्रता दिएको छ । भविष्यमा मोफसलकै सबैभन्दा पुराना गोल्डकपलाई जीवन्त राख्न र यस प्रतियोगितामार्फत खेलाडीलाई व्यवसायीकरण गर्न खेलसम्बन्धी संघ संस्था, खेलप्रति रुचि राख्ने व्यक्तिलगायतसँग छलफल गरेर अगाडि बढ्ने क्लबको भावी उद्धेश्य रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया