वीर गोरखा सैनिकहरुको सम्मानमा गोर्खा टङल ब्लेजर दौड प्रतियोगिता

धरान । बीर गोर्खा सैनिकहरुको सम्झना तथा सम्मानमा चैत्र २ गते तेस्रो संंस्करणको गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिताको आयोजना गरिदैछ । आयोजक गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले प्रथम र दोस्रो विश्व युद्धसँगै विभिन्न य्ुद्धहरुमा ज्यान गुमाएका बीर गोर्खाली सैनिकहरुको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । ट्रष्टका अध्यक्ष महेन्द्र राईका अनुसार यो सस्था सन् २००६ मा हङकङमा स्थापना भएको थियो । वीरगति प्राप्त वीर गार्खालीहरुको सम्मान गर्नकै लागि गठन भएको यो संस्था सन् २०१८ सालमा नेपालमा स्थापना भएको हो । अप्रिल ५ लाई पुर्खा दिवसको रुपमा मनाउदै आएको यो ट्रष्टले वीर गोर्खालीको सम्मानमा प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष राईले जानकारी दिनुभयो । सन् २०२३ बाट धरानमा गोर्खा ट्रेल ब्लेजर रनको शुरुवात भएको सो प्रतियोगिता सोही अप्रिल ५ अर्थात सोही दिन पारेर प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागिएको उहाँको भनाई छ ।

सोही अवसरमा ट्रष्टलाई सहयोग गर्नेहरुलाई सम्मान कार्यक्रम समेत राखिएको उहाँले जानकारी दिनुभयो । उहााका अनुसार १० किलोमिटर दौडिनुपर्ने सो प्रतियोगितामा ं धरान १८ स्थित रत्नचोकबाट दौड शुरु हुने र वडा नं २० माछामारास्थित गोर्खा स्मृति पार्कसम्म पुगेर प्रतियोगिता सम्पन्न हुनेछ । दौड प्रतियोगितामा ७ सय जनाको सहभागिता रहने अध्यक्ष राईले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता महिला तथा पुरुषले सन् २०२६ मा हङकङमा हुने प्रतियोगतामा समेत भाग लिन पाउने उहाँको भनाई छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो विजेताले क्रमशः जनही नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र पाउनेछन् । गोर्खा स्मृति पार्कमा हुने समापन समारोहमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुंगाका (हाल उदयपुर बेल्टार निवासी) १०२ बर्षीय भूपू ब्रिटिश सैनिक दलबहादुर राईलाई सम्मान गरिने भएको छ । धरानमा स्थापना भएकै बर्षदेखि १८ नं. वडा कार्यालयले सहयोगीको भूमिका निर्वाह गर्दै सहकार्य गर्दै आइररहेको छ ।

तपाईको प्रतिक्रिया