राजसंस्थाको पक्षमा लाखौ जनता सडकमा

काठमाण्डौ । पछिल्लो समय जनताको नजरमा राजनैतिक दल, त्यसको नेतृत्वप्रति जनताको वितृष्णा चुलिदै गएको छ भने राजसंस्थाप्रतिको विश्वास बढ्दै गएको छ । गणतन्त्रको नाममा विगत २० बर्षदेखि लुटतन्त्र मच्चाएर दण्डहीनताको स्थिति सिर्जना गरेपछि आम नेपाली राजसंस्था पुनर्ववहालीका लागि सडकमा उत्रन बाध्य भएका छन् । आइतबारमात्र काठमाण्डौमा २५ लाख नागरिकले सडकमा उत्रिएर राजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरेका छन् । राजसंस्थाको पक्षमा सत्ताको तर चाट्न पाएका बाहेक हिजो काँग्रेस, एमाले, माओवादीलाई नै मत दिएका कार्यकर्ता, शिक्षक, कर्मचारी, पेशागत संगठनमा आवद्ध आम सर्वसाधारणको उपस्थिति थियो । राजा ज्ञानेन्द्र शाह केही हप्ताको पोखरा बसाइपश्चात राजधानी फर्कने क्रममा उहाँको स्वागतमा एकै पटक त्यतिको संख्यामा नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर गणतन्त्र, राजनैतिक दल र तिनका नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए ।

राजसंस्था समर्थकहरुको भीड नियन्त्रण गर्न प्रहरी, ट्राफिक प्रहरी पूर्ण रुपमा असफल भएको थियो । कोटेश्वरदेखि गौशाला, बत्तीस पुतलीदेखि सिनामंगलसम्म मानव सागरमात्र थियो । उक्त रुटमा चल्ने सवारी साधन पेप्सीकोला भएर चावेलतिर मोडिएका थिए भने कोटेश्वरबाट नयाँ बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएर बत्तीस पुतली पुगेका थिए । राजसंस्थाको समर्थनमा आइतबार राजधानीमा देखिएको मानव सागर पश्चात राजनैतिक दलहरु जसले यो वा त्यो बहानामा आलोपालो सत्तामा बसेका छन् र बसेका थिए उनीहरु आत्तिन थालेका छन् ।

तपाईको प्रतिक्रिया