गल्फ प्रतियोगिताको आयोजना

धरान । काठमाण्डौस्थिति भारतीय राजदुतावासको आयोजनामा गल्फ प्रतियोगिता २०२५ सम्पन्न भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित गल्फ प्रतियोगितामा नेपालका ख्यातिप्राप्त गल्फरहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, कुटनीतिक क्षेत्रका विज्ञहरु र गल्फप्रेमीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । सो अवसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले प्रतियोगितामा विजयी गल्फरहरुलाई पुरस्कार वितरण गर्दै भन्नुभयो कार्यक्रममा सबैको उत्साहजनक सहभागिता रहयो ।

यसले हामीलाई थप उत्साहित बनाएको छ । उहाँको कथन थियो यस्ता खेलकुदका कार्यक्रम मार्फत भारत र नेपाल बीचको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउनेछ । उहाँले नेपालका गल्फ समुदायलाई निरन्तर उत्प्रेरित गर्ने इच्छा समेत व्यक्त गर्नुभयो । नेपालको गल्फ समुदायमा युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्नका लागि राजदुत श्रीवास्तवले दुई जना आशातीत गल्फर खेलाडीहरुलाई नेरु एकलाखको चेक समेत प्रदान गर्नुभएको थियो । यसैगरि भारतीय राजदुतावासले गल्फ प्रतियोगिता २०२५ का सबै विजेताहरुलाई बधाई समेत ज्ञापन गरेको थियो ।

तपाईको प्रतिक्रिया