विर्तामोड । रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सवमा सहभागीहरुले उत्सवको दोस्रो दिन खाना र नाफामा बहस गरेका थिए । सहभागीहरुले मुलुकमा उत्पादकत्व र उत्पादनको दृष्टिले कृषि क्षेत्र निराशा जनक रहेको औँल्याएका थिए । कृषि क्षेत्र ओरालो लाग्नुमा बिना श्रम ज्यादा मुनाफा खोज्ने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको औल्याएका थिए । उनीहरुले पढेलेकाहरुले कृषि क्षेत्रमा ध्यान नदिनु, जागिरकै लागि प्रयत्न गर्नुले कृषि क्षेत्र ओरालो लागेको खाना कस्तो र नाफा कति भन्ने विमर्शमा कृषि विज्ञ डा. कृष्ण पौडेलले बताउनु भयो । उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो युवाहरु सहज आर्जनका लागि हिड्न थालेपछि कृषि क्षेत्र ओरालो लागेको निष्कर्ष छ ।

विमर्श कार्यक्रममा सहजकर्ता केदार शर्माले पढेका युवाहरु समेत जागिरकै लागि हिडेको हो भन्ने जिासामा कृषि बैज्ञानिक पौड्यालले दोहो¥याउनुभयो कृषि पेशामा लाग्दा पढेलेखेकालाई हिनताबोध हुने गरेको छ । आफूलाई आधुनिक देखाउन पनि उनीहरु आफूले आर्जन गरेको सीप र दक्षता कृषि क्षेत्रमा पोख्न चाहेको देखिदैन । उहाँको तर्क थियो यो सबै वैश्चिक व्यवस्थाका कारण भएको हो । हामीले आफ्नो सीप र अनुभवलाई कृषि क्षेत्रमा लगाउनैपर्छ । यसैगरि पोषणविद् डा. अरुणा उप्रेतिले नेपालमा मौलिक किसिमका रैथाने औषधिहरुको प्रयोग गरेर कृषि कर्म गर्ने हो भने त्यसले मानिसको शारीरिक, मानसिक स्वास्थ्यमा ठूलो लाभ मिल्ने तर्क गर्नुभएको थियो । पूर्खाका ज्ञानलाई पनि हामीले उपयोग गर्नुपर्छ । पुर्खाले देखाएको ज्ञान र सीपलाई आत्मसात गर्नैपछ । उहाँले भन्नुभयो जीवनको ४० बर्ष पार गरेपछि आफूले पूर्खाले देखाएको परम्परागत ज्ञानलाई आत्मसात गरेको समेत सुनाउनुभयो ।
सो अवसरमा भारतबाट आउनु भएका कृषि वैज्ञानिक डा. देवलले जीवनको आधार नै कृषि भएको विषयमा सम्भाषण दिनु भएको थियो । सो अवसरमा कविता वाचन, चित्रकला प्रदर्शनी समेत गरिएको थियो ।
