स्त्रीलिंग भएको प्रभाणित
माउवादीका अध्येक्षे प्रचण्डाउलाई सबैले स्त्रीलिंग स्वभाव भएको भनेर भन्ने गरेको घण्टाघरका कानाले आजसम्म सुनेको भुलेको छैन । अस्तिका दिन सिराहामा पान चपाउँदै तिन्नले स्वकारे पनि । सराहा मेरो माइती गाउँ हो रे । माइती त स्त्रीको पो हुन्छ त । मर्दका त ससुरलाली पो हुन्छ । अब सिराहालाई माइती गाउँ भनेपछि सिद्धिगयो नि । स्त्रीलिंग र पुलिंग छुट्याउनै परेन । हुन त प्रचण्डाउ स्त्रीलिंङ्ग गभएको कुरा त गितमा सत्ताको खलो फड्कोको बेल धेरैे आशंका ग¥या थिए । कहिले झालमालेसँग सिन्दुरपोते गर्ने अनि हनिमुनचाहिँ काँग्रेस माने लाउरेससँग गर्ने । कहिले लाउरससँग हनिमुन सकेर झालेमालेको दैलो र चुलो पोत्न जाने । कहिले माकुनेसग पनि टाँसिएर वानेश्वरको सडकमा छमछमी नाच्ने । कहिले मधेशवादी दललाई जादु टुना गरेर आफूतिर तान्ने । हुँदा हुँदा सहकारी ठग, दोहोरो नागरिकता, पासपोर्टवाला, गोडाचारेक जोइको पोइलाई पनि साथमा दिएर कुम जोडर हिडने मान्छेले तिन्को रुप देख्दा लख त काटेका थिए । अस्तिका दिन सिराहामा पुगर आफै स्वकारेछन् । झुटो धेरै दिन छोपिदैन भन्थे हो रै’छ ।
नया“ नेपालका दुर्गन्ध

घण्टे पार्टीकी एकजना सांसद सोभिता गौतम भन्ने पनि उपचार गर्न विदेशतिरै धाइफल ठोकिछन् । नयाँ नेपालमा नयाँमा पनि पुरानै दुर्गन्ध देखियो । हुन त ठग सहकारी घण्टेका नृत्यांगनाहरु पनि पुरानामा भन्दा कुनै फरकै देखिएन । पुरानाहरु राज्यको ढुकुटीबाट मनलाग्दो रकम पाको पारेर उपचार गर्न विदेश हानिन्छन् । घण्टे पार्टीकी नृत्यांगनालेचाहिँ सहकारी, बैंकलाई चक्मा दिएर लुँड्याएको रकम लिएर हिडिछन् । गिलो आँची आउनु हुँदैन उपचार गर्न विदेश, हाच्छिउ आउनु हुँदैन विदेश हान्नियो, जिउ दुख्यो उतै हान्नियो । अनि नयाँ र
पुरानामा फरक के भयो ? राजकोटतिर घण्टेले दुनियासँग रकम उठाएर अस्पताल खोल्या छ भन्थे बरु त्यतै मुन्टिएको भए नि तै बरु तै भन्नु ? फेरि नेपालमै यत्तिका हस्पिटलहरु छ् । त्यतै उपचार ग¥या भए नि त हुन्यो । दुर्गन्धितहरुका मुखुण्डे उघ्रन्दै छ ।
हैन हौ कसरी चल्या छ ह“ ?
यो देशमा दलका नेताहरुको उच्च जीवनशैली कसरी चल्या छ हँ ? कुनै सिन्को भाँचेको देखिदैन । न व्यापार छ, न व्यवसाय छ, न कुनै सिप छ , न जागिर छ । दैनिक चौरासी व्यञ्जन डकारेकै छन् । हवाई यात्रा गर्न पुगेकै छ । पाँचतारे र साततारे होटल, रेष्टुराँमा छिर्न पुगेकै छ । नयाँ नयाँ सवारी साधन चढ्न पुगेकै छ । के यिनीहरुसँग पैसा बनाउने जादुको छँडी छ ? हैट गणेहरुले उत्पात मच्चाएकै रै’छन् । त्यसै जनता सडकमा उफ्रन शुरु गरेका होइनन् रै’छन् ? आफ्नो परिवारको व्यवस्थापन गर्न कसैले १७ हजार सिध्याएका छन्, कसैले मुलुक भाँडमा जाने सम्झौता गरेका छन् । जनताबाट भए नि ओइरिनु प¥यो अरु बाल मतलब † कि कसो हौ ?
गरि हिड्न नदिने भयो
नेपालीमा एउटा उखान छ कहीँ नभएको जात्रा हाँडी गाउँमा । अब हेरम न यो गणे सरकारले नागरिकको हितको लागि भुत्लाभाँङ्ग केही लछारपाटो लगाउन नसकेपनि डल्लो पारेर गजधम्बे भुँडी बनाउन चाहि मज्जाले जान्या छ । अस्तिका दिन गजधम्बे भुँडी भर्न नयाँ आइडिया लगाएछ । हुन त लगाउनै प¥यो । डोनाल्ड ट्रम्पले खाइपाइ आएको भीख बन्द गर्दिएसी’ विचराहरु तिल्मिलाएका छन् । भिखलाई जारी राखिदिनुप¥यो हजुर भनेर गणेहरुको सामुहिक बैठक बसेर विन्तीपत्र समेत चढाए । तर पार लागेन । बाहिरबाट पार नलागेसी आफ्नै नागरकहरुलाई डस्नै प¥यो । नत्र गाँडतन्त्रको औचित्क के ? गरेछन् के भन्देखि अब मोटर साइकलमा पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्ने, मोटर साइकलको अगाडि केटाकटी राख्न नपाइने । हल्मेट नलाई बसे, वा नानीहरु राखेर हिडेमा दुई हजार जरिवाना ठोक्ने निर्णय गरछन् । क्या गज्जबको निर्णय गरेछन् ? ट्राफिक प्रहरीहरुको पनि पकेट गरम हुने, गजधम्बेहरुको समेत पेट खाली नहुने । मान्नैपर्छ गणे सरकारको आइडियालाई । यिनका आइडियाका अगाडि बढे बढे मगज भएकाहरु समेत फेल खान्छन् । कि कसो हौ ?
मुलुक बनाउने परिस्थिति नै बनेन रे
झालेमालेका एकजना चतुर ब्राम्हण आच्या महासचिव पनि पो हुन क्या रे लंगट पोख्रेल । बात गर्न तिन्लाई कस्ले पो भ्याउँछ र ? एक त झालेमालेका मासचिव त्यसमाथि पोख्रेल ब्राम्हण अझ त्यसमाथि दंगाली । यति भएपछि अर्थोक परिचय किन चाहियो ? तिनै दंगालीले अस्तिका दिन छुचुन्द्रोका जस्तो थुतुनो बनाएर आफ्नैका बीचमा फलाक्दै थिए । मुलुक बनाउने परिस्थिति नै बनेन भनेर । जे होस् दंगलालीले सत्य कुरा ग¥या हुन् । विगत पैैत्तीस बर्षदेखि आलोपालो गदै सिंहदबार छिरेका गणेहरुलाई मुलुक बनाउने परिस्थिति नै बनेन । सधै सिंहदबार छिर्न लिगलिगे दौडमा मात्र प्रतिष्पर्र्धा गरिरहे । सिंहदरबार छिरिसकेसी’ मुलुक भाँडमे जाओस भन्दै आफूमात्र बन्ने ध्याउन्नमा लागे । मुलुक बनाउने परिस्थिति नबने पनि आफूहरुचाहिँ मजाले बने । यहाँ बन्ने भनकै आफूहरुमात्र हो । वित्थामा मुलुक बनाउनेतिर किन लाग्ने ? दंगालीको कुरा देशका सबै गणेहरुमा लागू भा’छ ।
डलर घिच्ने मिडिया
यतिबेला मुलुकमा डलर घिच्ने मिडियाहरु र तिनका सञ्चालकहरु सर्वाङ्गै नाँगो भएका छन् । नांगो पनि यति साह«ो भएका छन् कि अरु भए परमधाम गैसक्थे । तर ती डलरे मिडियाका मालिकहरु आफ्नो गुप्ताङ्ग हत्केलाले छोपेर हिडिरहेका छन् । त्यस्ता डलरे मिडियाका चर्चित निवस्त्रहरु उज्ययालो मल्टी मिडिया, साउथ एसियन ट्रष्ट, पानस साउथ एसिया, एसियन अफ कम्युनिटी ब्रोडकास्ट, मिर्टिन चौतारी, एन्टेना फाउन्डेशन, शिक्षक मासिक, मिडिया फाउन्डेशन, खोज पत्रकारिता केन्द्र, दि हिमाल एक्सप्रेस, सेतो पाटी, मिडिया एकाडेमी नेपाल, इक्वाल एक्सप्रेस नेपाल, वनिङ उमन जर्नालिस्ट, चन्दनी नेपाल, वातावरण पत्रकार समूह, जागरण मिडिया, सञ्चारिका समूह, एजुकेशन जर्नालिस्ट ग्रुप, नागरिक आवाज, सेन्टर फर मिडिया रिसर्च नेपाल, मिडिया एडभोकेसी ग्रुप, फ्रिडम फोरम, बडी एण्ड डेटा समूह लगायतका रा’न । वाफ रे वाफ यस्ता दोकान खोलेर कोही अम्रिकाबाट माल खाने, कोही चाइनाबाट माल खाने, कोही युरोपियन युनियनबाट माल खाने, कोही बेलायतबातट माल खाने । यिन्को कामचाहिँ धर्मका विरुद्ध, जातजातिका विरुद्ध सामाग्री
पस्कने । क्या वात †
जादवको चेताउनी
कसैलाई के को धन्दा कसैलाई के को धन्दा घर ज्वाईलाईचाहिँ खानकै धन्दा भनेझैँ जसपाका अध्येक्षे उपिन्दर जादवलाई आफ्नो सट्टामा अरुले नै भ्याइदेलान कि भन्ने चिन्ता लाग्या छ । गणे सरकारले अध्यादेश पारित गर्न गोडा सातेक खोका खर्च गरेर भएपनि सांसद किन्ने सोच बनाएको जादवले गाइगुँइ सुइँको पाइहालेछन् । अध्यादे्श पास गराउन गणे सरकारलाई अपर हाउसमा एक जनाका कमी भा’रैछ । जसपाका एकजना खरिद गर्न लागेपछि माल आफ्नो पोल्टामा नआउने थाहा पाएसी सांसद खरिद बिक्री गरेर अध्यादेश पारित गरे जन आन्दोलन गर्ने चेताउनी दिएछन् । अब जादवले जनआन्दोलन गर्नु र पानीमा अपानवायु छोड्नु उस्तै हो । कि कसो हौ ?
अन्त्यमा
निभ्ने बेलाको बत्ती धिप धिप गरेझैँ यतिबेला अराष्ट्रिय पार्टीका स्वघोषित अध्येक्षे माकुने विक्षिप्त भा’छन् । हुने नै भए नि सँगैका दौतरी सत्तामा बसेर रसबरी खाइकेका छन् । आफूचाहिँ सडक छाप भएर हिड्ुनु परेका पीडा माकुनेलाई कति होला ? अचानोको पीडा खुकुरीलाई कहाँ थाहा हुन्छ र ? विचरा यतिबेला कतैतिर निसानमा लागि हाल्छ कि भनेर लाउरेस झालेमालेको पिरती भत्काउन लगि परेका छन् । अस्तिका दिन त तिन्ले लाउरसेसका स्यालकाजीलाई नाम लिएर भने खप्रओको विश्वास नगनुस् नर्कमा पु¥याइ देलान् । जे होस् माकुनेले सबै सशस्त्र अस्त्र छोड्दा नि दुईको पिरती भत्काउन नसकेसी अन्तिम उपाय स्वर्ग र नर्कको निकाल्न थालेछन् । आखिरी माकुने न परे । अबचाहिँ प्रहार गर्न अस्त्र सिद्धिए जस्तो छ ।
