कलिज फर्म खोलेर व्यवसायिक बन्दै

धरान । पछिल्लो समय युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दै गएको छ । नेपालमा रोजगारी छैन भन्ने निराशा पलाएको बेला धरान उपमहानगरपालिका वडा नं. ६ का दुई दाजुभाईले मोरङको केराबारी गाउँपालिका रान्चामा कालिज फर्म खोलेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । मोरङ केराबारी गाउँपालिकास्थित रान्चाका विवेक भट्टराई र उनका भाइको दिनयर्या नै कालिजफर्ममा बित्ने गरेको छ । धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईको परिकल्पना अनुसार उहाँका छोराहरुले गाउँमै स्वरोगार बन्दै गाउँका वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यले कालिजफर्म सञ्चालनमा ल्याएका हुन् । यहा अहिले कालिजका अलावा कुखुरा, लोकल कुखुरा, कडकनाथ (कालो कुखुरा) र खसी पालन समेत रहेको छ । अढाई विगाहमा फैलिएकोको सो फर्मलाई भविष्यमा रिसोर्टको रुपमा सञ्चालन गर्ने योजना छ । चाइनिज कालिज उत्पादन हुने यो फर्ममा विशेष गरी कालिज उत्पादनलाई जोड दिइएकौ सञ्चालक विवेक भट्टराई बताउनुहुन्छ । उहाँले गर्न सके स्वदेशमै पर्याप्त अवसरहरु भएको बताउदै गर्नेका लागि विदेश नपर्ने युवा पुस्तालाई सुझाव दिनुभएको छ ।


अढाई विगाहा क्षेत्रफलमा सञ्चालन भएको सो फर्मलाई यही चैत्र १५ गतेदेखि सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने योजना रहेको भट्टराई बताउनुहुन्छ । उहाँले भविष्यमा दुई अढाइसय अट्ने सेमिनार हल निर्माणसँगै अर्गानिक खानासहितको रेष्टुरेन्ट सञ्चालन गर्ने योजना अगाडि बढाउदै भौतिक संरचना धमाधम निर्माण भइरहेको भट्टराई बताउनुहुन्छ ।
उहाँले आम्दानीको हिसाबले पनि निराशाजनक नभएको बताउदै अण्डबाट निस्केको कालिज ८ महिनादेखि खान मिल्ने बताउदै एउटाको मूल्य २ हजार देखि दुई हजार ५ सय सम्म विक्री हुने जानकारी दिनुभयो । ५ करोडको लगानी लागिसकेको बताउदै सञ्चालक भट्टराईले यही उत्पादन भएको कालिज ग्राहकलाई रमणीय स्थलमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको बताउनुभयो । हाल उनले १ हजार कालिज भन्दा बढी कालिज, ७ सय भन्दा बढी लोकल कुखुरा, २ सय भन्दा बढी कडकनाथ (कालो कुखुरा) रहेको र खसी फर्म भने भविष्यमा नराखिने बताउनुभयो । उहाँले बाहिरबाट हेर्नेलाई फर्म सञ्चालन गर्न सहज देखिए पनि मानिसको संक्रमणबाट बचाउनेमात्र हैन समय समयमा संक्रमणमुक्त औषधिहरु समेत प्रयोग गर्नुपर्ने अवस्थार रहेको बताउनुभयो । हाल उहाहरुकोको फार्ममा चार जनाले रोजगारी पाएका छन् । उत्पादित कालिज, लोकल कुखुरा, कडकनाथ र खसी विराटनगर, धरान, इटहरीसँगै कोशी प्रदेशका विभिन्न स्थानमा बिक्री हुदै आएका छन् । कालिज नेपालको हिमाल, पहाड र तराईमा तीनै क्षेत्रमा पाल्न उपयुक्त भएकोले पछिल्लो समय तराईका जिल्लामा समेत व्यावसायिक कालिज पालन हुन थालेको हो । यस्तै यो फर्ममा कडकनाथ, सिल्की र आय्यम सेमानी जातका कालो जातको कुख्रा पालिएका छन् । व्यवसायिक रुपमा फर्म नै सञ्चालन गरेर भविष्यमा सेमिनार हलसगै रिसोर्टको परिकल्पना सहित सञ्चालनमा आएको सो फर्मबाट भट्टराई दाजुभाईलै त व्यवसायिक कृषि फर्मले मनग्गे आम्दानी गर्छन् युवा पुस्तका लागि स्वरोजागरको अवसर समेत प्राप्त हुने भएकोले युवा पुस्तालाई समेत वैदेशिक रोजगारको विकल्पको रुपमा अनुशरण गर्ने फर्मको रुपमा स्थापत हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया