धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले ल्याएको अधिकांश योजना विवादित हुने गरेका छन् । सहकार्य, समन्वय नगरी कामलाई अगाडि बढाउने मेयरको प्रवृत्तिका कारण उहाँले ल्याएको योजनामा विवादित हुने गरेको हो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई पटक पटक विवादमा तानिनु भएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षबाट राष्ट्रपति र प्रधानमन्त्री हटाएको विषय होस् वा खानेपानीको महसुल बृद्धिको विषय होस या त धरान १४ विजयपुरमा बनाइएको चर्चको विषय होस् यस्ता दर्जनौ विषयमा उहाँले चालेका कदम विवास्पद रुपमा अगाडि बढ्ने गरेको छ । पछिल्लो समय मेयर राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चर्चेको जग्गामा मेयर भिजन कोषबाट निर्र्माण हुन लागेको तरकारी सेड निर्माण कार्यमा समन्वय विना नै काम थालेपछि अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय बासिन्दाहरुले समन्वय नै नगरी निर्माण कार्य शुरु गरेको भन्दै आपत्ति जनाएका छन् । ६५ लाख, ७० हजार ८ सय १० रुपैयाको लागतमा निर्माण हुन लागेको सो धरान १८ को न्यु थापा निर्माण सेवालाई निर्माणको जिम्मा दिएको छ । विहीबार शिलान्यास कार्यक्रममै प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा सूर्य संगौलासँगै शिलान्यास स्थलमै विवाद बढेको थियो । प्रतिष्ठानको मूलगेट पश्चिम तर्फ सडक छेउ प्रतिष्ठानको ग्रिन बेल्ट क्षेत्रमा बन्न लागेको तरकारी सेड शिलान्यास कार्यक्रममा रजिष्ट्रार प्रा.डा. संग्रौलाले मेयर राईलाई प्रतिष्ठानले चर्चेको जग्गामा समन्वय गरेर मात्र बनाउन आग्रह गर्नुभएको थियो । प्रतिषठनका रजिष्ट्रार प्रा.डा संग्रौलाले गरेको अनुरोधलाई मेयर राईले तपाईसँग जनप्रतिनिधिको हैसियत नमिल्ने यो कुरा स्वास्थ्यमन्त्रालयलाई गएर भन्नु भन्ने अमर्यादित ढगबाट जवाफ दिनुभएको थियो । यही विषयमा प्रतिष्ठानले स्पष्ट पार्दै शुक्रबार एक विज्ञप्ती समेत प्रकाशित गरेको छ । प्रा.डा. संग्रौलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिष्ठानले चर्चेको जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्न जायज नभएको जनाएको छ । तर धरान उपमहानगरपालिकाभित्र रहेका खाली जग्गा उपमहानगरपालिका मातहत नै रहने भन्दै विगतमा पनि केही राजनीतिक दलका नेताहरुले पहुचको भरमा बीपी बजारमा टहरा निर्माण गरेर सञ्चालन गरेको तर्क राख्दै आउनु भएको छ । उहाँको निर्देशनमा शुक्रबार निर्माण स्थलमा रहेका धुपी सल्लाहका रुख काट्न थालेपछि प्रहरीले काट्न रोकेको थियो ।

यस सम्बन्धमा नरेन्द्र कुमार राईले केही बोल्न चाहनु भएन । प्रतिष्ठानले चर्चैको जग्गामा तरकारी सेड बनाउने विषयमा स्थानीयहरुसँग समन्वय नगरी बनाइएको प्रति स्थानीयहरुले समेत रुष्ट व्यक्त गरेका छन् । स्थानीय मिलन राईले स्थानीयसँग समन्वय नगरी मेयर राईले आफ्नो तरिकाले निर्माण कार्य शुरु गरेको भन्दै आपत्ति जनाउनु भएको थियो । उहाँले विकास निर्माणको आफूहरु विरोधी नभएको भन्दै स्थानीयसँगको समन्वय र सहकार्य बिना बनाउनुचाहिँ जायज नभएको बताउनु भयो । यता हर्कराज राईका तर्फबाट निर्मण स्थल हेरिरहनु भएका समिर तामाङले भने स्थानीयहरुले नरोकेको तर बीपी नै बाधक बनेको बताउनुभयो । उहाँलै विकासका काममा केही अवरोध भएपनि सहज भएर जाने बताउनुभयो । तरकारी बजार बनाउने विषयमा धरान उपमहानगरपालिकाको कार्यापालका बैठकबाट धेरै अगाडि निर्णय भए कहाँ बनाउने जिम्मा १८ नं. वडा समितिलाई जिम्मा दिने भनिएको थियो । तर यस विषयमा १८ नं. वडा समिति मौन बसेको छ । विकास निर्माणको काम गर्नु जायज भएपनि नियमसंगत सम्बन्धित पक्षसँग छलफल गरेर सबैको समन्वयमा बनाउन खोजिएको थियो भने अहिले यसको विवाद चुलिने थिएन तर स्थानीय सरकार प्रमुख भएकै दम्भ पालेर कसैको कुरा नसुनी निर्माण कार्य नै थालेपछि विवाद चुलिएको छ । अझै पनि केही बिग्रिएको छैन, बनाउनुपर्ने हो वा होइन, कसरी बनाउने भन्ने विषयमा बीपी प्रतिष्ठान, स्थानयि बासिन्दाहरुसँग छफलल गरेर निर्णयमा पुगेर निर्माण कार्य शुरु गर्नु उचित हुनेछ यसतर्फ स्थानीय सरकार गम्भीर हुनुपर्छ ।
