सन्दकपुर गेष्टहाउस वैसाखदेखि सञ्चालनमा आउने

सनदकपुर (इलाम) । भारतको पश्चिम बंगालको दार्जिलिङ्ग जिल्लासँग जोडिएको इलाम जिल्लाको सन्दकपुर गाउँपालिका स्थित निर्माणाधीन सन्दकपुर गेष्ट हाउस आगामी वैसाख सम्ममा निर्माण सम्पन्न हुने भएको छ । पर्यटकहरुको प्रचुर आवागमन हुने सन्दकपुर गेष्ट हाउस प्रदेश (कोशी) सरकारका सहयोगमा ५ बर्ष अगाडि निर्माण शुरु भए पनि ढिलासुस्ती पूर्ण निर्माण कार्यका कारण समयमै सम्पन्न हुन नसक्दा सन्दकपुर पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरुले आवासका लागि कष्ट व्यहोर्दै आएका छन् । पर्यटकीय दृष्टिले मात्र नभएर सुरक्षा एवम् सामरिक दृष्टिले समेत सम्वेदनशील र महत्वपूर्ण रहेको सन्दकपुर स्थित सन्दकपुर गेष्ट हाउस प्रारम्भमै निर्माणको चरणमा विवाद परेको थियो । तत्कालीन तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७७ सालमा नेपाल भारत सीमा दशगजाको सन्दकपुर डाँडामा गेष्ट हाउसको शिलान्यास गरेपश्चात निर्माण शुरु भएको गेष्ट हाउसको निर्माण कार्य भारतीय सीमा सु्रक्षा बल एसएसबीले रोकिदिएको थियो । गेष्ट हासको निर्माण कार्य रोकिएसँगै दार्जिलिङ्गका प्रहरी प्रमुख, एसएवी प्रमुख, इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र स्थानीय जनप्रतिनिधिसहितका पदाधिकारीबीच भएको छलफलपश्चात दुवै तर्फ संरचना निर्माण गर्दा ३० मिटर छोडेर निर्माण गर्ने सहमति भएको थियो । सोही सहमति अनुरुप साविकको स्थानबाट १ सय मिटर तल पर्ने सन्दकपुर गेष्ट हाउस निर्माण शुरु भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङ्गले जानकारी दिनुभयो । उहाँले भन्ुभयो गेष्ट हाउसको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र आउँदो वैसाख भित्रमा रंगरोगन लगायतका सम्पूर्ण कार्य पूरा गरी सञ्चालनमा ल्याउन तयारी रहेको छ । यस सम्बन्धमा सनदकपुर गाउँपालिकाका प्राविधिक राजकुमार यादवसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो कामको गति अत्यन्तै सुस्त छ । कोशी प्रदेश सरकारले भौतिक योजना मन्त्रालयले आफै निर्माण गरेको हो । गाउँपालिकाले सुपर भिजन मात्र गरेको हो । गाउपालिकाको मातहतमा निर्माण भएको भए यतिका बर्ष लाग्ने नै थिएन । अझै पनि धेरै काम बाँकी छ । गेष्ट हाउस कति तलाको छ भन्ने जिज्ञासामा प्राविधिक यादवले भन्नुभयो तीन तलाको रहेको छ भने १२ वटा कोठाहरु छन् । जसमा सेमिनार हल, आगन्तुकहरुका लागि रेष्टुरेन्टको समेत पूर्वाधार बनाइएका छ । यहाँ स्मरणी कुरा के छ भने नेपालले यस भन्दा अगाडि समेत दशगजामा भ्युटारवर निर्माण शुरु गरेको थियो । तर भारतीय सीमा सुरक्षा बलले भ्युटावर निर्माणमा रोक लगाइदिएको थियो ।
सन्दकपुरमा ३० भन्दा बढी गेष्ट हाउस


भारतको सिंहलिला संरक्षित क्षेत्रसँग जोडिएको सन्दकपुरमा हाल ३० वटा भन्दा बढी गेष्ट हाउस सञ्चालन रहेका छन् । यति विधि गेष्ट हाउस र होटलहरु सञ्चालनमा रहे पनि
सरकारी खर्चमा गेष्ट हाउस किन निर्माण गर्नुप¥यो त भन्ने जिज्ञासामा गाविस अध्यक्ष तुलाराम गुरुङ्गले भन्नुभयो विदेशी पाहुना आउँदा, उच्च सरकारी पदाधिकारी आउँदा उनीहरुलाई सुविधायुक्त ढंगले राख्न सकियोस भनेर नै गेष्ट हाउस निर्माण गरिएको हो । सन्दकपुर इलामको बरबोटबाट माइपाखेरी, जमुना हुँदै ३६ किमीको दूरीमा रहेको छ । सन्दकपुरमा नेपालका आन्तरिक पर्यटकसँग पश्चिम बंगाल र चिनियाँ पर्यटकहरु बढी मात्रामा आउने गरेका छन् । सन्दकपुर पुग्न भारत र नेपाल दुवै तर्फबाट साना सवारी साधनको पहुँच रहेको छ ।
इलाममा दशगजा मिचेर दुवैतर्फ संरचना निर्माण
भारतसँग सीमा जोडिएको इलाम जिल्ला दुवैतर्फबाट दगगजा अतिक्रमण भएको छ । नेपाली पक्षले नीजि घर र अन्य भौतिक संरचना निर्माण गरेका छन् भने भारतीय पक्षले सरकारी भवन बनाएर सुरक्षा क्याम्प नै राखेका छन् । इलाम जिल्लाको सन्कदपुर देखि रोङ्ग गाउँपालिकाको निर्मलेसम्म ५२ किमी भारतसँग सीमा जोडिएको छ । दुवै तर्फबाट १९ स्थानमा एक अर्काका भूमि मिचिएको नभएपनि दशगजा भने मिचिएको छ । यही दशगजा अतिक्रमणका कारण बेला बेलामा समस्या उत्पन्न हुने गरेको पशु्पति नगरस्थित विओपीले जनाएको छ । इलामको सनदकपर, कालपोखरी, मेघमा, गौरीबास, तुम्लिङ्ग, मानेभन्ज्याङ्ग, चित्रे गुम्बा, हिले, छब्बिसे, फाटक, पुलखोला, सीमाना, गुफाताल लगायतका स्थानमा दशगजा मिचेर दुवैतर्पmबाट संरचना बनाइएको छ । भारतले दशगजा मिचेर निर्माण गरिएको संरचना पक्की रहेको छ भने नेपालतर्फबाट बनेका संरचना प्राय ः सबै कच्ची रहेको छ । पशुपतिनगर विओपीका अनुसार हिले, छब्बिस, गौरीवास, सन्दकपुरमा भारतीय सीमा सुरक्षा बलले दशगजामा सुरक्षा क्याम्प ने बनाएको छ । पूर्व खोलामा गोल घर बनाइएको छ भने छब्बिसेमा भारतीय जवाहर नवोदय विद्यालयको खैल मैदान दशगजामा रहेको छ । यता माने भन्ज्याङ्ग सीमानको दशगजामा दुवै पक्षबाट दगगजा मिचेर निजी घर बनाइएका छन् । माने भन्ज्याङ्गमा नेपालीले १२ वटा घर दशगजामा बनाएका छन् भने भारतीयले १० वटा घर बनाएका छन् । यसैगरि मानेभन्ज्याङ्गको माने डाँडामा नेपाल तर्फबाट दुईवटा, सीमानामा भारतीयले चारवटा, पशुपति नगरमा दुवैतर्फबाट एक एक घर बनाइएको छ ।
सीमा स्तम्भका कारण समेत समस्या
इलाम जिल्लाको ५२ किमी दूरीमा रहेका सीमा स्तम्भका कारण समेत समय समयमा समस्या आउने गरेको देखिएको छ । साविकको सीमा स्तम्भ हराउनु, भएका सीमा स्तम्भ जीर्ण हुनु जस्ता कारणले पनि दशगजाका दुवैतर्फका स्थानीयबीच समय समयमा विवाद आउने गरेको छ । इलाम जिल्लामा १७ वटा मुख्य सीमा स्तम्भ हुुनुपर्नेमा हालसम्म १६ वटा मात्र फेला परेको छ । रोङ्ग गाउँपालिकाको मेची खोलाको ८१ पीपी १० नम्बरको सीमा स्तम्भ हालसम्म भोटिएको छैन भने भएका १६ वटामध्ये १२ वटाको तत्काल मर्मत गर्नुपर्ने देखिन्छ । ४ वटा मुख्य सीमा स्तम्भहरु दुरुस्त अवस्थामा रहेको छ । यसैगरि ८३ वटा सहायक सीमा स्तम्भमध्ये ७२ वटा मात्र फेला परेको छ । ४६ वटा साना स्तम्भ हुनपर्नेमा २१ वटामात्र भेटिएका छन् । इलाम जिल्लाको सनदकपुर, रोङ्ग, माइजोगमाई र सूर्योदय नगरपालिका भारतको पश्चिम बंगालसँग जोडिएका छन् ।

तपाईको प्रतिक्रिया