धरान । उदयपुर जिल्लाको बेलकास्थित भारत सरकारको नेरु ३ करोड ७९ लाखको आर्थिक सहयोगमा निर्माण भएको बेलका माध्यामिक विद्यालय भवनको आइतबार संघीय सांसद एवम् पूर्वमन्त्री डा. नारायण खड्का, भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । नेपाल–भारत आर्थिक सहयोग अन्तर्गत भारत सरकारको अनुदानमा विद्यालय भवनसँगै आवश्यक अन्य सुविधायुक्त भौतिक संरचन निर्माण गरिएको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परिायेसजना अन्तर्गतको हो । सो अवसरमा बोेल्दै भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भन्नुभयो नेपालको शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका अन्य पूर्वाधार विकासमा भारत सरकारको निरन्तर सहयोग रहँदै आएको र आगामी दिनमा समेत रहने बताउनुभयो । उदयपुरको वेलका नगरपालिका वडा नं. १ पुरन्दहस्थित निर्माण गरिएको विद्यालय भवनमा तीन तलाको २४ कोठा, शौचालय, पुस्तकालय लगायतका सुविधा रहेको छ । उद्घाटनका अवसरमा नियोग उपप्रमुख श्रीवास्तवले नेपाल र भारत बीच आपसी सद्भाव, जनता–जनताबीचको प्रगढता, सहयोग आदानप्रदानको विशिष्टतता रहेको छ । दुई देश बीचमा आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र भौगोलिक रुपले पनि र दुई देशबीचको खुल्ला सीमाना सहज आवत जावत संसारका अन्य कुनै पनि मुलुकका बीचमा नरहेको समेत प्रष्ट पार्नुभयो । यसैगरी संघीय सांसद एवम् पूर्व पर्यटन मन्त्री नारायण खड्काले नेपालको विकासमा भारतको अद्धित्तीय सहयोग रहँदै आएको बताउनुभयो । भारत सरकारको सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका अन्य आधारभूत आवश्यकता पूरा भएको र हाल मुलुकमा भारत सरकारको सहयोगमा धेरै योजनाहरु सञ्चालनमा रहेको स्मरण गनुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा उदयपुरका राजैतिक पार्टीका नेता, नेपाल सरकारका कर्मचारीहरु, प्रहरी प्रमुख, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक–शिक्षिकाहरु र अभिभावहरुको उपस्थित रहेको थियो ।



बेलका नगरपालिकाद्वारा कार्यान्वय गरिएको जनता बेलका माध्यामिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एकमात्र माध्यामिक विद्यालय हो । उक्त विद्यालय सन् १९६२ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको थियो । पछि सन् १९७६ मा निम्न माध्यामिक विद्यालयका रुपमा स्तरोन्नति गरिएको थियो भने सन् २००८ मा उच्च माध्यामिक विद्यालयको रुपमा स्तरोन्नति गरिएको थियो । उक्त विद्यालयमा हाल ५ सय जना विद्यार्थी रहेका छन् भने ५५ प्रतिशत छात्राहरुको उपस्थिति रहेको छ । भारतीय राजदुतावासद्वारा आइतबार जारी विज्ञप्तीका अनुसार विद्यालयको भवनको निर्माणले विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना हुनुका साथै नेपालको पूर्वी क्षेत्रमा शिक्षा क्षेत्रको समग्र्र विकासमा योगदान पु¥याउन मद्धत पुग्नेछ । विज्ञप्तीमा भनिएको छ नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र वहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानमका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको समेत विज्ञप्तीमा जनाइएको छ ।
