दिल्लीमा भारतीय जनता पार्टीको शानदार विजय

दिल्ली विधान सभाको गत बुधबार भएको निर्वाचनको शनिवार सार्वजनिक घोषणाले भारतीय जनता पार्टीले शानदार विजय हाँसिल गरेको छ । दिल्ली विधानसभाको कुल ७० सिटमध्ये भारतीय जनता पार्टी एक्लैले ४८ सिट हाँसिल गरी २७ बर्षपछि दिल्लीमा सरकार बनाउने सुनौलो अवसर पाएको छ । विगत १० बर्षदेखि दिल्लीमा राज गर्दै आएको केजरीवालको आम आदमी पार्टीले घोषित चुनावी परिणाम अनुसार २२ सिटमा चित्त बुझाउनु परेको छ । दिल्ली विधान सभाको निर्वाचनमा एक करोड मतादाताले सहभागिता जनाएका थिए भने विभिन्न राजनीतिक दलबाट सातसय उमेद्वारले चुनावमा उमेद्वारी दिएका थिए । वि.सं. २०६४ सालदेखि दिल्लीकोे निर्वाचनमा लगातार हार व्यहोर्दै आएका भारतीय जनता पार्टीले हासिल गरेको एकल वहुमतले दिल्लीका मतदाताहरुले आम आदमी पार्टीको एकल वर्चस्व धुलिसात गरिदिएको छ । स्वयम् दुई कार्यकाल दिल्लीको मुख्यमन्त्री रहिसकेका आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवाल नराम्रोसँग पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका परवेश सिंह वर्मासँग पराजित भएका हुन् । दिल्ली विधानसभाको घोषित मत परिणाम अनुसार भाजपाका बर्माले ३० हजार २४ मत प्राप्त गर्दा कजरीवालले २५ हजार ९२५ मत मात्र प्राप्त गर्नुभएको थियो । भारतीय जनता पार्टीका पुराना नेता सहिवसिंह वर्माका छोरा परवेशसिंह वर्माको चर्चा यतिबेला दिल्लीमा चुलिएको छ । सम्भवत ः आगामी कार्यकालका लागि उहाँ नै दिल्लीको मुख्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको छ । यस पटकको दिल्ली विधानसभाको निर्वाचनमा निवर्तमान मुख्यमन्त्रीले मात्र हार व्यहोेर्नु परेको छैन आम आदमी पार्टीका अन्य दिग्गज नेताहरु समेत नराम्रोसँग पराजित भएका छन् । आम आदमी पार्टीका प्रमुख हस्तीहरु मनिष सिसोदिया, अवध ओझा, विवि त्यागी लगायतले समेत नराम्रो हार व्यहोेरेका छन् । उता दिल्ली विधान सभाको निर्वाचनमा भारतीय काँग्रेस पार्टीले एक सिट समेत जित्न सकेन । सन् १९९८ देखि २०१३ सम्म दिल्लीमा सरकार बनाएको भारतीय काँग्रेस पार्टीको यस पटकको लज्जास्पद हारले भारतको राजनीतिमा एकखाले तरंग पैदा गरेको छ । काँग्रेसँगै अन्य राजनैतिक दलले समेत एक सिटमा पनि कही कतै आफ्नो उपस्थिति देखाउन सकेनन् । जे होस भारतको दिल्ली विधानसभाको निर्वाचनले राजनैतिक संस्कारको भने राम्रो सन्देश दिएको छ । केजरी वालले आफ्नो र आफ्नो दलका पराजयलाई आम सञ्चार माध्यमबाट स्वीकार्दै एकल वहुमत प्राप्त गरेको भारतीय जनता पार्टीलाई बधाई दिएको छ । उनले आफ्नो निरन्तर दुई कार्यकालमा जनताको आधारभूत आवश्यकता, भौतिक निर्माण शिक्षा, स्वास्थ्यमा कामहरु भएपनि त्यो पर्याप्त नभएका मात्र बताएनन् सामाजिक उत्तरदायित्व, रोजगार सिर्जना क्षेत्रमा आफूहर चुकेको बताएका थिए । उनको यो भनाई राजनीतिक संस्कार थियोे । नेपालमा सरकार सम्हालिसकेको राजनीतिक दलका मुख्य व्यक्ति र त्यस दलले केजरीवाल झै लज्जास्पद
पराजय भोगेको भए दैनिक जसो नारा जुलुस, सुनियोजित रुपमा हराइयो भने आरोप, अदालतमा मुद्धा हाल्ने, पुन ः मत गणना हुनुपर्छ भन्दै बन्द हड्ताल गर्ने काम हुन्थ्यो । निर्वाचनमा कसैले कसैलाई सुनियोजित रुपमा हराइदैन । जनताको निर्णय र विवेक मतदात बक्समा कैद भएको हुन्छ । आफू हार्दा बेठीक, जित्दा ठीक भन्ने गलत मान्यता र भास्यबाट नेपालका नेताहरुले कहिले मुक्त हुने ?

तपाईको प्रतिक्रिया