धरान । देशमा संघीयता कायम भएसँगै स्थानीय सरकारले लक्षित वर्गलाई प्राथमिकतामा राखेर वृत्ति विकासमा जोड दिँदै आएको छ । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएसँगै लक्षित वर्गका लागि बजेट छुट्याएर स्वरोजगारका कार्यक्रमहरु ल्याउन थालेको हो । यसै क्रममा उपमहानगरपालिका १६ वडा नं. समितिले महिला लक्षित स्वरोजगार कार्यक्रम अगाडि बढाएको छ । अहिले स्थानीय सरकारले दलित, आदिवासी जनजाति, अल्पसंख्यक, महिला लगायतका लक्षित वर्गलाई समावेश गरेर विभिन्न प्रकारका स्वरोजगारमूलक तालिमलाई अगाडि बढाउदै आएको छ । यसै क्रममा आफ्ना वडामा रहेका महिलालाई लक्षित गरी १६ नंं. वडा समितिले महिलालाई स्वरोजागर बनाउने उद्धेश्यले विभिन्न प्रकारका अचार बनाउने तालिमको आयोजना गरेको थियो । पाँचदिने तालिममा विभिन्न प्रकारका अचार बनाउन सिकाइएको थियो ।

महिलालाई लक्षित गरी आयोजना गरिएको तालिममा ३० जना सहभगी रहेका थिए । यसमध्ये दुई जना पुरुष पनि रहेको १६ नंं. वडा समितिकी सदस्य सुशिला श्रेष्ठले जानकारी दिनुभयो । वडामा रहेका सबै टिएलओमार्फत महिलालाई सहभागिता गराइएको जानकारी गराउनुभयो । सबै प्रकारका अचार बनाउन सिकाउदा महिलाहरु स्वरोजगार बन्न सजिलो हुने ठानेर भेजका दुई आइटम र मासुका तीन आइटम चार बनाउन सिकाइएको अर्की महिला सदस्य मिरा विश्वकर्माृले जानकारी दिनुभयो । सो अवसरमा तालिम सिकिसकेपछि स्वरोजगार बनिसकेका महिलाहरुले आचार बनाउने तालिमलाई व्यवहारिक रुपमा उतार्न सकेको खण्डमा महिलाहरु आफै आत्मनिर्भर बन्दै समाजमा सक्षम महिला बन्न सक्ने बताएका थिए । अचारको अहिले अचारको व्यवसायिक घरेलु उद्योग सञ्चालन गर्दै अरुलाई पनि सिकाउँदै आउनु भएकी अनुपमा सुनुवारले सिक्दै गरेका महिलाहरुलाई तालिममा सिकेको सीपलाई सदुपयोग गर्दै आत्मनिर्भर बन्नका लागि हौसला प्रदान गर्नुभयो । महिला लक्षित यस्ता स्वरोजगार तालिममले महिलालाई रोजगारी प्रदानमात्र गरेको छैन महिलालाई समाजमा स्थापित गर्ने काम समेत गरेको छ । संघीयता आएसँगै लक्षित वर्गलाई दिँदै आएका यस्ता कार्यक्रमले घर घरमा सिंहदबारको महसुस स्थानीयहरुले गर्न पाएका छन् ।
