बुढासुब्बा मन्दिरमा आन्तरिक पर्यटकको आवागमनमा बृद्धि

धरान । कोशी प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्र धरानको विजयपुरमा रहेको नेपालकै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरमा धार्मिक पर्यटकहरु आउनै क्रम बढ्दै गएको छ ।
कोशी प्रदेशका अन्य क्षेत्रमा घुम्न आउनेहरु एक पटक विजयपुरमा रहेको बुढासुबबा मन्दिर दर्शन गरेरै जाने गर्छन अर्थात बुढासुब्बा मन्दिर धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रविन्दु बन्दै गएको छ । धरान १४ विजयपुरमा रहेको बुढासुब्बाको महिमा चुलिँदै गएको पाइएको छ । नेपालकै एकमात्र यो मन्दिरमा कोशीका मात्र हैन नेपालका दूरदराजबाट समेत दर्शन गर्न आउन थालैका छन् । बुढासुब्बा मन्दिर एक पटक दर्शन गर्न जाने बर्षौदेखिकौ अभिलाषा राखेर कास्कीको पोखराबाट आउनुभएका कुलबहादुर गुरुङ धरान सुन्दर सहर रहेको र विजयपुरमा रहेको बुढासुब्बा मन्दिरले नेपालको ऐतिहासिकता झल्काउने बताउनुभयो । उहाँले धरान त्यसमापनि विजयपुरमा रहेका मठ मन्दिर नेपालकै सुन्दर ठाउँ रहेको बताउनुभयो ।
उहाँमात्र हैन आफ्नो भाकल पूरा गर्न परिवारसहित आउनु भएका चितवनका राम मोक्तानले समेत धरानको विजयपुर अत्यन्तै सुन्दर रहेको बताउदै विजयपुरमा रहेका मठमन्दिरले यहाँको सुन्दरतालाई अझ थपिदिएको बताउनुभयो । बुढासुब्बाको भाकल धेरै अगाडि भएको भएपनि आउन नपाएको बताउदै उहाँले यहाँ भाकल बुझाउँदा पारिवारिक सुख, ग्रह दशाग्रह शान्ति हुने विश्वासका साथ चितवनबाट धरानको बुढासुब्बा भाकल गर्न आएको बताउनुभयो ।

उहाहरुमात्र हैन बुढासुब्बा मन्दिरमा यस्ता धेरै भक्तजनहरु मनोकांक्षा पूरा हुने विश्वासका साथ दर्शन गर्न तथा भाकल बुझाउन आउने गरेका छन् । बृद्धबृद्धामात्र हेन युवा पुस्तासमेत बुढासुब्बा मन्दिरप्रति प्रगााढ विश्वास राख्छन् । आफूले भगवानसँग मागेको कुरा बाहिर सुनाउन हुदैन भन्ने मान्यता राख्ने अस्मिता श्रेष्ठले पारिवारिक सुख शान्तिको कामनासहित बुढासुब्बा भगवानको दर्शन गर्न आएको बताउनुभयो । कोशी प्रदेशका रमणीय स्थल घुम्न आएका सर्वसाधारणहरु एक पटक विजयपुरमा रहेका मठमन्दिर दर्शन गरेरै जाने गर्छन् । त्यसमा पनि नेपालमै धरानमामात्र रहेको बुढासुब्बा मन्दिरमा आउने भक्तजनहरु त झन धेरै हुने गरेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भक्तजनहरु सवारी साधन लिएर हुलका हुल आउने गरेका छन् । उहाँ आउने अधिकांशले बुढासुब्बाले मनोकांक्षा पूरा गरिदिने विश्वासका साथ आउने गरेको बताउँछन् । धरानको विजयपुरमा रहेका अन्य मठमन्दिरसँगै बुढासुब्बा मन्दिरले पछिल्लो समय आन्तरिक पर्यटक तान्ने गरेको छ । पूर्वको जुनसुकै स्थानको भ्रमण गरे पनि एक पटक यस क्षेत्रमा आएर बुढासुब्बा मन्दिरको दर्शन गरेरमात्र फर्किने गरेका छन् । पश्चिमको पोखरा, लम्जुङ, पाल्पा, काठमाण्डौ, चितवन लगायतका ठाउँबाट यो मन्दिरको महिमा सुनेर दर्शन गर्न र हेर्न विजयपुर धार्मिक पर्यटकीय क्षेत्रमा आउनेको संख्यामा बृद्धि हुँदै गएको छ । यसले धार्मिक पर्यटनमा टप टेवा पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया