धरानमा खानेपानी : जनसहभागिता

सडकका घर भित्तामा उपभोक्ता मञ्च धरानले टाास गरेको पोष्टरको बारे जब धरान साप्ताहिक (बर्ष १७ अंक ३) मा पढ्ने अवसर पाएा त्यसपछि मलाई पोष्टर हेर्ने चाहना बढ्यो, जसले गर्दा सडक हिड्दा पोष्टरहरुको भीडमा माथि उल्लेखित पोष्टर देख्न थाले , पत्रिका र पोष्टरको कुरा अक्षरांस मिल्यो । दुवैमा ‘पानीको नाममा भ्रष्टाचार गर्न पाइदैन, एडिवीको ऋण बोकाउने पानी चाहिदैन, जनता र सरकारको संयुक्त लगानीमा दीर्घकालीन खानेपानीको व्यवस्था गर्न नेपाली नागरिक तयार छ ।’ लेखिएको छ । कुरा मिलेपछि मन शान्त हुनुपर्नेमा अशान्त भयो किनकि पोष्टरमा सम्पूर्ण उपभोक्ताको हितको लागि चेतनाकरण गर्दै हिड्ने उपभोक्ता मञ्चको सम्पर्क स्थान, व्यक्ति, नम्बर केही थिएन । म केही क्षण रन्नभुल्ल परो अनि सोचे र लाग्यो यो प्रत्येक सचेत उपभोक्ताको कर्तव्य र दायित्व हो अनि आवाज हो । यसलाई आत्मसात गर्नुपर्छ । आफ्नो बनाउनुपर्छ । आफ्नै घरबाट यस विषयमा चर्चा परिचर्चा शुरु गर्दै छिमेकी अनि टोलमा अन्तरक्रिया गरी यस विषयलाई निष्कर्षमा पुर्‍याउनु टोल समिति/वडा समिति गठन गर्ने, एक समितिले अर्को उपभोक्ता समितिसाग समन्वय र एकता गर्दै अघि बढ्ने जसले गर्दा सम्पूर्ण उपभोक्ता ‘उपभोक्ता समिति’ मार्फत एक ढिक्कामा बाधिन सकियोस् ।
उपभोक्ता एक जुट हुनु जरुरी छ , जसले गर्दा कसैले पनि नाजायज कार्य गर्न आाट गर्न नसकोस् तर उपभोक्ता एकजुट नहुादा ठाउा ठाउामा ठगिनु परेको छ । जस्तो कि, नेपाल खानेपानी संस्थानको राष्ट्रिय तथ्याङ्क हेर्दा घाटामा छ तर धरान शाखा नाफामा छ अनि किन फेरि यही शाखालाई वेवास्ता गर्दै आउादो १५ बर्षको लागि पानी आपूर्ति गर्न आवश्यक ३०/३१ करोड व्यवस्था गर्न छोडेर संस्थानको १० औं अरबको सम्पत्ति अरुलाई हस्तान्तरण गर्न चाहिादै छ जसको व्यवस्थापन दायित्वविहीन बोर्डका सदस्यहरुले गर्ने छ, जसमा योग्य, विज्ञ र प्रतिष्ठित भन्दा आसेपासेको ठूलो उपस्थिति छ र जनतामाथि आÏनो व्यक्तिगत निर्णय लाद्ने छ । जसले आफू र आफना समूहको फाइदा होस् । यसरी जनताको सम्पत्तिमाथि सीमित व्यक्तिको हाली मुहाली गर्न, ठूलो
धनराशीको अनावश्यक खर्च गरी जनतालाई ऋणमा डुबाउन, भविष्यमा महंगोमा भएपनि पानी खान नपाउने परिस्थिति सिर्जना गर्न यसमा त्यस्ता व्यक्तिहरु लागि परेका छन् जसले धरानलाई तलतिर जंगलमा ड्रिल गरेर प्राकृतिक दोहन गर्ने र माथितिर सर्दु जलाधार क्षेत्र तहसनहस गरी दुवै तिरबाट समस्या पारी आफूलाई धरानबाट पलायन हुन चाहन्छन् । अझ भन्नुपर्दा नगरपालिकाको योजनाले १५ बर्षको लागि पानी पाउदै छौं भनेर खुशी हुनुभन्दा यो १५ बर्षर्े स्वार्थले त्यसको लागि हामीले के गुमाउदै छौं भन्ने बुझ्नुहोस् । खोज्नुहोस् । तपाईले लामो बुादा पाउनु हुने छ । यसमा खानेपानी संस्थान,
धरान उपमहानगरपालिका साथै सहरी विकास मन्त्रालयका केही उच्च पदाधिकारीको संलग्नता । यसरी समग्र रुपमा हेर्दा जनसहभागिता नभएको कार्य/क्षेत्रमा देश र जनतामाथि खेलवार्ड हुने देखिएकाले यस्तो हुन नदिन सबै सचेत र ऐक्यवद्ध हुनुपर्छ अनि धरानमा खानेपानी समस्या समाधानार्थ राज्य र जनताको संयुक्त लगानी एवम् व्यवस्थापनमा आयोजना सञ्चालन गर्नु सबैको लागि लाभदायक हुनेछ ।
निश्चल शाक्य

तपाईको प्रतिक्रिया