जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै जे आर चिकित्सकहरु आन्दोलित

धरान/ कर्मचारी , शिक्षक तथा अन्य चिकित्सकहरुको तलव समान आफूहरुको पनि जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरु पुन: आन्दोलनमा उत्रिएका छन् ।
तवल वृद्धिको माग गर्दै बारम्बार आन्दोलित हुदै आएका आवासिय चिकित्सकहरुले प्रतिष्ठानले केही दिन अगाडी कर्मचारी र शिक्षकहरुको १७ प्रतिशत तलव वृद्धि गरेको तर आफुहरुको भने ८ प्रतिशतमात्र जीवन निर्वाह भत्तामा वृद्धि गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानका पुर्व उपकुलपति डाक्टर शेखर कोईराला नेतृत्वको तलबमान आयोगको प्रतिवेदन नाममा आवासीय चिकित्सकको जीवन निर्वाह भत्तामा विभेद गरिएको भन्दै उनीहरु सोमबारदेखि रिले अनसन र धर्नामा वसेको छन् । गत वर्ष चिकित्सक र प्रतिष्ठानबीच सम्झौता भए बमोजिम आईओएमको आवासीय चिकित्सकहरुको जीवन निर्वाह भत्ता अनुसारको जीवन निर्वाह भत्ता कायम गर्नु पर्ने माग उनिहरुको छ । आइओएममा आवासिय चिकित्सकहरुले जिवन निर्वाह भक्ता मासिक ३६ हजार पाउदै आएको तर प्रतिष्ठानमा भने विगत १० वर्ष देखी २७ हजार मात्र पाउदै आएको आवासिय चिकित्सकहरुको दुखेसो छ ।
गत वर्ष तवल वृद्धिको माग गर्दै कर्मचारी , चिकित्सक र शिक्षक समेत तलव वृद्धिको माग गर्दै आन्दोलित भए पछि समस्या समाधानका लागी प्रतिष्ठानले पुर्व उपकुलपति कोइरालाको संयोजकत्वमा तलवमान आयोग गठन गरेको थियो आयोगको प्रतिवेदन अनुसार कर्मचारी तथा शिक्षकहरुको वृद्धि भएको तलब ०७१ साल साउन देखिको रकम निकासा गरिए पनि आवासीय चिकित्सकहरुलाई पुष देखीको मात्रै निकाशा गरेर प्रतिष्ठान आफुहरुलाई सौतेनी व्यवहार गरेको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. सूर्य प्रसाद रिमालले भनाई छ । प्रतिष्ठानले यस अघि भएका सम्भौता समेत कार्यन्वयन नगरी आयोगको नाममा आफुहरुमाथि अन्याय गरेको उनको जिकिर छ ।
धरान आयोगको प्रतिवेदन अनुसार कर्मचारी तथा शिक्षकहरुको १७ प्रतिशत तलब वृद्धि र ५ प्रतिशत महंगी भत्ता वृद्धि भएको थियो । तर आवासीय चिकित्सकहरुको ८ प्रतिशत मात्रै वृद्धि गरेको उनीहरुको गुनासो छ । आवासीय चिकित्सहरुले रिले अनसनसागै प्रत्येक दिन २ घण्टा उपकुलपतिको कार्यालय अघि धर्ना र विहिबार देखि ईमरजेन्सी र आईसीयु बाहेक अन्य सेवाहरुमा सहभागी नहुने चेतावनी दिएका छन् । उनीहरुले वृद्धि गरिएको तलब सबैको सरह साउन देखिनै पाउनुपर्ने र कर्मचारी तथा शिक्षकहरुको अनुपातमा नै आवासीय चिकित्सकको तबल वृद्धि गर्नुपर्ने माग
राखेका छन् । त्यो स्रोत प्रतिष्ठानमा १० वर्षको अविधिमा आवासिय चिकित्सक वाहेकाका चिकित्सक तथा कर्मचारी र पदाधिकारीको समेत १ सय ५० प्रतिशत सम्म तलव वृद्धि भएको छ । तर आवासिय चिकित्सकहरुको भने १० वर्षको अवधिमा जम्मा ४० प्रतिशत मात्र जिवन निर्वाह भक्ता वृद्धि भएको छ । आवासिय चिकित्सकहरुलाई तवल दिदा जिवन निर्वाह भक्ताको नाममा दिइने गरिएको छ ।

तपाईको प्रतिक्रिया