बाफरे ! भाडामा रुने मान्छे
सहकारी ठग घण्टेलाई स्टण्ड गर्नचाहिँ इन्द्रेका बाउ चन्द्रे आएपनि नभ्याउने रै’छन् । घण्टेलाई रुपन्देही जिल्ला अदालतमा पु¥याउँदा अचम्मकै दृश्य देखियो । आफ्ना बाउ आमा परम धाम जाँदा पनि त्यसरी छाती ठोकी बलिन्द्र आँशु बगाएर छोडिदे कि छोडिदे भन्दै ८–१० जना देखा परे । घण्टाघरले यसो वाइनाकुलर सोझ्याएर हे¥या त वाफ रे वाफ † भाडामा रुने मान्छेको व्यवस्था ग¥या रै’छ । त्यस्तो दृश्य त हिन्दी फिल्ममा देखिन्थ्यो । तिनै मान्छे भोलिपल्ट अघिल्लो दिनको पाएको पारिश्रमिकले टन्न घर चुहा धोकेर सडकमा लैवरी गर्दै थिए । हस्पिटल खोल्छु भनेर फाउन्डेशन खोल्यो र ठगेर खायो । टिभी खोल्यो, सहकारी ठगेर खायो । उद्वार गर्छु भन्यो राहत ठगेर खायो । विदेश गयो उतै ठग्ने र स्वास्नी बटुल्ने काम ग¥यो । नेपाल आयो यतै ठग्यो । हुँदा हुँदा चौथो श्रीमतिलाई पनि ठगीखाने भाँडो बनायो । तर अरुको ठगेर सानी–पानी दिइएका भेडाहरु अझै पनि भ्या भ्या गर्न छाड्या छैनन् । अरुले २०–३० बर्ष लुटेर खाए हामीले पाउनुपर्छ भनेर संसदमै डुक्रने घण्टेका ढलान टिमले कुरा बुझ्लान् जस्तो छैन ।
फसादै पर्ने भयो
र्याले काजी आच्या बुढानिलकण्ठे दरबारका मुखिया जुआर राणा भन्या जुआर राणा नै हुन् । ल्याइते, ब्याइते, भ¥याङ, सिढीमुनी जतातिरको भए नि आखिरी हिङ बाँधेकी टालो न हुन् । त्यसमाथि अहिले थप विदेश मन्तरी भा’छिन् । अब जुआर राणाका जतिसुक काण्ड भए नि कसले माने लाउरेका कार्यकर्ताहरुले चाइँचुइँ बोल्न नपाउने भा’छन् । चाहे भुटानी शरणार्थाी काण्ड होस, चाहे सरुवा बढुवा काण्डबाट थैली भरेको काण्ड होस्, चाहे स्थानीय प्रदेश र संघको निर्वाचनमा टिकट वितरण गर्दा नजराना लिएको काण्ड हो् । कुनै पनि काण्डकोे अरुले लेखेका सामाजिक सञ्जालका स्टाटरहरुमा लाइक, शेयर, कमेन्ट गर्न झन पाइँदै पाइँदैन । अख्तियारको स्टिङ्ग अप्रेशन जस्तै त्यसरी लाइक, शेयर, , कमेन्ट्स गर्नेलाई ठामका ठाम कारबाही हुने भा’छ । अब लाउरेसका र्कोकर्ताहरुले सामाजिक सञ्जाल चलाउँदा नि बडो होस् पु¥याउनुपर्ने भा’छ । झुक्केर लाइक, सेयर, कमेन्ट गरे खैरियत छैन ।
आखिरी जुआर राणा भन्या जुआर राणा नै हुन् । अब त्यसो गर्ने कस्को बाउको मजाल छ ? हेरम त ?
क्या गजबको विरोध

हाम्रा गामघरतिर एउटा उखान छ आफ्ना आङको भैसी नदेख्ने अनि अर्काको आङको जुम्रा पनि Ïयाट्टै देख्ने । अब हेरम न माकुन्याउको अराष्ट्रिय पार्टी एकीकृत समाजवादीबाट चार सिट भा’नि दलाली गरेर कोशीका पूर्व मुख्यमन्तरी राजेन्द्र राईसँग आङको जुम्राको उखान यतिबेला ठ्याक्कै मिल्या छ । बात के परेछ भने मुख्येमन्तरी हुँदा राज्येकोषबाट कुनै सेवा सुविधा लिन्न भनेर बडो गुड्डी हाक्थे । पदमा छँदा अक्टोपसले झै कुनै कुरा सोहार्न बाँकी राखेनन् । अहिले नि सरकारी गाडी फिर्ता ग¥या छैनन् । अस्तिका दिन कोशी प्रदेशका पूर्व मुख्यमन्तरी उद्धव थापालाई सुविधा दिन खाज्दा राईले तीन हात माथि उफ्रन्दै हुँदैन कि हुँदैन भने । राईको कुरा सुनेर यतिबेला घण्टाघरको मथिगल नै चक्र्¥याएको छ । आफचाहिँ पूर्व भएर पनि सरकारी गाडी नछोड्ने अनि अरुलाई दिन खोज्दाचाहिँ उफ्रने । क्या बात ?
बहुमत दिनुस् सुध्रन्छौं रे
माउवादीका आजीवन अध्येक्षे प्रचण्डाउले अस्तिका दिन भन्या आगामी २०८४ मा हुने निर्वाचनमा वहुमत दिनु् हामी सुध्रन्छौं भनेछन् । कुकुरो् पुच्छर १२ बर्षसम्म ढुंग्रेमा राख्दा नि बाँगाको बाँगैै हुन्छ । प्रचण्डाउ सुध्रनु र कुकुरका पुच्छर उस्तै उस्तै हुन् । ७४ मा वहुमत दिए कहिल्यै सुध्रिएनन्, गोडा तीनेक पटक लाउरेस र झालेमालेको बुद्धि सिठयाउँदा पर्धामन्तर बने । भारुमा एउटा कहावत छ हम कभी नही सुुध्रेँगे । प्रचण्डा त्यस्तै हुन् । कहिल्यै सुधन्दैनन । ८४ मा काँग्रेस र झालोमालले प्रचण्डाउसँग सहकार्य नगर्ने भनेर उर्दी जारी गरेपछि त विचरा यतिबेला बर्बराउँदै हिड्या छन् । कहिले विराटनगर पुगेर सडकमा ४५ हजारको जुत्ता देखाएर भक्का खाएर बस्छन्, कहिले झापा पुगेर केराको पातमा भात खान पुग्छन् । कहिले लाउरेसका झिना मसिना नेताहरुलाई पार्टी फुटाउन उक्साउछन्, कहिले खप्रओले घोर धोका दिए भन्छन्, कहिले झालेमाले र लाउरेले राष्ट्रपिताका विरुद्धमा महाअभियोग लगाउन खोज्दैछ भनेर भ्रम फैल्याउँछन् । सुध्रने छाँटचाहिँ घण्टारले मरिगए नि देख्या छैन् ।
घण्टेकी छाउरिनीले बहस गर्न मिल्छ ?
अदालतको आदेशमा यतिबेला सहकारी ठग घण्टेलाई प्रहरीले हारावारा खेलाएको छ । कहिले पोखरा पु¥याएका छ, कहिले काठमाण्डौ, कहिले चितौन त कहिले रुपन्देही पु¥याएका छ । घण्टेको पक्ष र विपक्षमा बहस अविरल चल्या छ । घण्टेका विपक्षमा बहस गर्नेलाई घण्टेका छाउरा, छाउरीले बाटो ढुकेर दोक्च्याउने ग¥या छन् । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमै दोक्च्याए । काँग्रेसको वकिल भन्दै दोक्च्याएका रे । त्रिपाठी काँग्रेस निकट वकिल हुन त्यसमा सबैलाई भलिभाँति थाहा छ । तर उनले राज्यकोषबाट तलब, भत्ता खाएका छैनन् । राज्य कोषबाट तलब भत्ता खाने सांसद सुभना पाण्डेलेचाहिँ घण्टेको पक्षमा बहस गर्न मिल्छ ? घण्टेका छाउरासँग, छाउरीसँग त्यसको उत्तर छ ? ठगको पक्षमा बहस गर्ने ती सांसदको संसद पद तुरुन्त निलम्बन हुनुपर्छ कि पर्दैन ? वात करता है ।
अतिक्रमण जग्गा फिर्ता गर्ने रे
सहरी विकास मन्त्री गठ्ठे पासाले अस्तिका दिन भन्या अतिक्रमित सरकारी जग्गा फिर्ता गरेरै छाड्ने रे । पत्याउनै गाह«ो भयो । बालमन्दिरको त्यत्रो जग्गा आफ्नै दिदीले क्वाप्लाक्क खाएको पासालाई जानकारी रै’नछ कि क्या हो । सफाइ त आफ्नै घरबाट गर्नुप¥यो नि । दिदी रीता सिंह अध्यक्ष भएको बाल मन्दिरको जग्गा खानेलाई पहिला पाता कस्नुप¥यो नि । पासाले सक्छन् ? भाषन गर्न पाएँ भन्दैमा थुतुनोमा जे आयो त्यही बक्नु त भएन नि । आफू फिर्ता ल्याउन नसक्ने भए काठमाण्र्डा महानगरपालिकाका मेयर बालेन साहलाई गुहार्नुप¥यो । जिम्मा दिनुप¥यो । हुन त पासाका बानी कस्लाई पो थाहा छैन र ? मञ्च भेट्टायो भने राँगो कराए झै आइ आइ गरेर भाषण छाँट्ने् मात्र हुन् । हुन त घण्टाघरलाई अझै सम्म आशाा चै छ । यिन्ले लाजगालले पनि दिदीबाट थुतेर बाल मन्दिरको जग्ग राज्यको मातहतमा ल्याउनेमा । बाँकी ऐजन ऐजन ।
झर्ला र खाउला
साढेको राजकानी झला र खाउला भनेर सडक छाप भुस्याहरु आँखा चिम्म नगरी पछि पछि दौडिएको हामीले देखेकै हौ । यतिबेला नेपाली राजनीतिमा पनि एकथरि भुस्याहरु त्यसैगरि फलानो विते भने, चिलानो ढले भने भनेर बडो आश गरेर बस्या छन् । सरकार ढल्छ ढल्दैन एकथरिका लागि बेतुकका आशा र निराशा देखिन्छ । सरकार रहे के हुन्छ ? ढले के हुन्छ ? रहे पनि अब आउने सेटिङ्गका र्याले काजी नै हुन्, ढले पनि आउने अन्तमा उनै हुन् । दाहाल, ओली, देउवाको म्युजिकल चेयर आखिरी चलिरहने हो । ८० बर्षे रेयाले काजीलाई छैठौ पटक मुखिनीले हतेर्दै कुर्सीमा राखेको दिन झर्ला र खाउला भन्नेहरु के गर्दा हुन् । आखिरी देश ठीकठाकै छ, जीवनस्तर उकासिएकै छ । राजनीति बिग्रेको हो । बात करता है ।
अन्तमा
हिजोआज सामाजिक सञ्जालमा थुतुनो बझानको सृंखला जोडतोडले चलेको छ । एउटा सरकारमा बस्न नपाएको दलका कार्यकर्ताले सरकारमा बसेका कार्यकर्ताका हुर्मत लिने गरी आमाचकारी गाली गरेको देखिन्छ । विचराहरलाई के थाहा ? नेताहरु त मिलीहाल्छन् । दन्तबझान गर्ने त झोलहरु त हुन् । अझ थुतुनो बझानमा सबैभना अग्रपंक्तिमा देखिएका छन् घण्टका झोलेहरु । ठगलााई देवत्ककरण गर्न तिनलाई राम्रै तालिमको व्यवस्था गरिएकोमा अब कुनै सन्देह रहेन । तिनका घरमा माइवाफ भाइ बहन कोही रहेनछन् । भैदिया भए त त्यसरी थुतुनो बझानमा सामाजिक सञ्जालमा खेति गरेर बस्ने नै थिएनन् । अब त नेपालको राजनीतिमा दलका आदर्श, विचार, मूल्य,मान्यता, उद्देश्य सबै साफ भएछन् । जस्ले बढी थुतुनो बजाउन आफ्ना झोलेहरुलाई तालिम दियो त्यही ठीक । कि कसो हौ ?
